Monday, February 5, 2018

ट्रेलरमा राखेर ल्याइयो साझाको नयाँ बस, पाटनदेखि बाँसबारीसम्म चलाइने

काठमाडौं, माघ २२ – साझा यातायातले ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त भएका नागरिकलाई लक्षित गरि नयाँ बस ल्याएको छ । सेमी लो फ्लोर को यो बस भारतको राजस्थानमा रहेको अशोक ले ल्याण्डको प्लान्टबाट ललितपुरको पुल्चोकसम्म ट्रेलरमा राखेर ल्याइएको हो ।

यो बस साना खाल्डाखुल्डी परेको बाटोमा पनि गुड्न नसक्ने भएकाले ट्रेलरमा चढाएर ल्याइएको साझा यातायातका कार्यकारी महेन्द्रराज पाण्डेले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । ट्रेलर निकै लामो भएकाले नौविसेबाट पुल्चोक ल्याउन मात्रै ८ घन्टा भन्दा धेरै समय लागेको थियो ।

सेमी लो फ्लोर बसको लागि साझा यातायातले ग्लोबल टेन्डर आव्हान गरेको थियो । तर बस निर्माता कम्पनी अशोक ले ल्याण्डले सहुलियतमा बस दिने गरी टेन्डर पाएको थियो । ‘बसको खास मूल्य १ करोड हो, तर निर्माता कम्पनीले नै हामीलाई छुट दिएकोले ललितपुरको पल्चोक आउँदासम्म हाम्रो जम्मा खर्च ३५ लाख मात्रै भएको छ’ पाण्डेले भन्नुभयो, ‘महंगो भएकाले अहिलेलाई नमुनाका रुपमा हामीले एउटा मात्रै बस ल्याएका छौं, नेपाल सरकार र स्थानीय तहको सहयोग भएमा यस्ता बस अरु पनि ल्याउनेछौं ।’

४१ सिट भएको गाडीमा अपाङ्गता भएका नागरिक पनि सजिलै चढ्न सक्नेछन् । भित्र जाने र ओर्लने ढोकामा जम्मा एउटा मात्रै सिँढी भएको र ह्वीलचेयर पनि सजिलै चढाउन र ओराल्न सकिने खालको छ ।
पाटनदेखि बाँसबारीसम्म चलाउन सकिने

सडकदेखि बसको ‘बडी’ को उचाइ निकै कम हुने भएकाले सानातिना खाल्डामा पनि यो बस जमिनमा ठोकिने भएकाले अहिलेलाई काठमाडौंको सबैभन्दा सजिलो बाटोमा यसलाई चलाउने तयारी भैरहेको छ । अब बसको प्राविधिक जाँच गरिने र यातायात कार्यालयमा दर्ता गरिनेछ ।

त्यसपछि यो प्रकारको बस गुड्न सक्ने सडकको अध्ययन गरेर रुट परमिट लिइने कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिनुभयो । ‘अहिले नै यहाँबाट यहाँसम्म चलाउन सकिन्छ त भनेका छैनौं तर बाटोको अवस्था र विरामीको चाप हेर्दा पाटन अस्पतालदेखि बाँसबारीको गंगालाल अस्पताल सम्म यो बस चलाउने सोँच बनाएका छौं ।’ अहिले साझाले काठमाडौं भित्र र बाहिर गरि विभिन्न रुटमा ४६ वटा बस चलाइरहेको छ । ujyaaloonline

The post ट्रेलरमा राखेर ल्याइयो साझाको नयाँ बस, पाटनदेखि बाँसबारीसम्म चलाइने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EhKxHZ
via IFTTT

No comments:

Post a Comment