Thursday, March 1, 2018

करिश्मासँग रंग खेल्न पुगेका पूर्व प्रधानमन्त्री डा. भट्टराई !हेर्नुहोस १० तस्विर करिश्मा निवासमा भएको होलीको रौनक

अभिनेत्री करिश्मा र कलाकार तथा निर्देशक विनोद मानन्धर दम्पतिले वर्षौंदेखि ललितपुरस्थित आफ्नै निवासमा मनाउँदै आएको होली पर्वको निरन्तरता यस वर्ष पनि उल्लासमय बन्यो। पति विनोदको जन्मदिन पनि होलीकै दिन परेकाले करिश्माका लागि यस वर्षको होली अझ विशेष बन्ने गर्दछ । पहिलेका वर्षका तुलनामा निवासको होलीको रौनकता झन्झन् बढ्दै गएको उनले बताइन् । ‘फिल्मक्षेत्र पनि बढ्दैछ र कलाकार पनि बढ्दैछन्।’ उनले भनिन्,‘ सुरुसुरुमा फिल्मको सुटिङ धेरै पर्ने भएकाले होली मेरा लागि छुट्टि मनाउने र साथीहरुसँग भेट्ने मौकाजस्तो हुन्थ्यो। अहिले धेरै जनासँग जमघट हुन्छ। कति त वर्षको एकपटक यही होलीमै भेटिँदा झन् रमाइलो लाग्छ। अरु चाडमा धेरैजना काठमाडौंबाहिर जानुहुन्छ । होलीमा सबैसँग भेट्ने मौका पाइन्छ।’

करिश्मा निवासमा होली मनाउन फिल्मक्षेत्र सम्बद्ध कलाकार, प्राविधिक तथा निर्देशकहरुको उल्लेख्य उपस्थिति थियो। बिहानै जमघट र नाचगान सुरु भएको छ । साँझसम्म चलेको यो क्रम चल्नेछ ।

अचम्म त के छ भने होली मनाउन करिश्मा निवासमा कलाकार मात्र हैन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि पुगेका थिए। कम्युनिष्ट नेता होलीको रंगमा रमाउनु त्यो पनि कलाकारको घरैमा पुगेर अलिक अनौठो देखिएको थियो ।

The post करिश्मासँग रंग खेल्न पुगेका पूर्व प्रधानमन्त्री डा. भट्टराई !हेर्नुहोस १० तस्विर करिश्मा निवासमा भएको होलीको रौनक appeared first on Taja nepali news.

http://ift.tt/2GQwE0X

from SHYANE http://ift.tt/2ozkSBh
via IFTTT

No comments:

Post a Comment