Saturday, March 3, 2018

आमा श्रीदेवीको मृत्यु भएको केहि दिन पश्चात जाह्नवीले लेखिन् सबैको आखा रसाउने यस्तो भावुक पत्र!

श्रीदेवीकी छोरी जाह्नवी कपूर यही ७ मार्चबाट २१ वर्षमा लाग्दैछिन्। जाह्नवीको लागि यो पहिलो पटक हुनेछ आफ्नो बर्थडेको दिन आमा श्रीदेवी उनको साथमा हुदिनन्। यसको साथै जाह्नवीले यसै वर्षबाट बलिउडमा कदम राख्दै छिन्। अहिले उनि आफ्नो आमालाई गुमाएको पिडाबाट बाहिर निस्कन सकेकी छैन।

पहिलो पटक जाह्नवी कपूरले आमाको निधनपछि आफ्नो मौन तोडेकी छिन्। उनले सोसल मिडिया इन्स्टग्राममा एक पोस्ट सार्वजनिक गरेकी छिन्। जुन पढेर सायद जो कोहीको आखा रसाउने छ। जाह्नवीले यस खुल्ला पत्रमा उनकी आमालाई सपर्पित गरेर लेखेकी छिन्, ‘आफ्नो जन्मदिनमा म तपाईहरुलाई यो भन्न चाहन्छु कि आफ्नो अभिभावकलाई माया गर्नुहोस। उहाहरुलाई यस्तो महसुस गराउनुहोस् कि तपाई उनीहरुलाई कति माया गर्नुहुन्छ। उहाहरुले तपाइलाई बनाउनु भएको हो । यो पनि भन्छु कि मेरी ममीको आत्माको शान्तिको लागि प्राथना गर्नुहोस। तपाइको माया उनीमाथि वर्षीरहोस। ममीको मायाको ठुलो हिस्सा मेरो बुवाको लागि पनि थियो।

जाह्नवीले अगाडी लेखिन्, ‘उहाको माया अमर छ , उहा जस्तो दुनियामा अरु कोही हुन सक्दैन। उहाहरुको जस्तो आनन्दित जोडी र एक-अर्काको लागि समर्पित कोहि हुन सक्दैन। कृपया उहाको मायाको इज्जत गर्नुहोस। किनकि जब कसैले उहालाई तोड्न कोसिस गर्छ तब दिल दुख्छ। बुवाको सबै माया ममीको वरिपरी घुम्छ। यसलाई पवित्र बनाई राख्नुहोस। मैले र खुशीले ममीलाई गुमाएका छौ तर बुवाले आफ्नो जीवनलाई गुमाउनु भएको छ। बुवाको उहा लागि एक आमा, श्रीमती र अभिनेत्रीभन्दा माथी हुनुहुन्थ्यो । ममी यी सबै भूमिकामा सर्वोत्तम हुनुहुन्थ्यो।

यस पत्रबाट स्पष्ट हुन्छ कि जाह्नवी आफ्नी आमालाई धेरै माया गर्छिन र पिताको बारेमा पनि निकै चिन्ता लिन्छिन् । साथै उनि अहिले आफुलाई सम्हाल्न कोसिस गरिरहेकी छिन्।

The post आमा श्रीदेवीको मृत्यु भएको केहि दिन पश्चात जाह्नवीले लेखिन् सबैको आखा रसाउने यस्तो भावुक पत्र! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FlR7gQ
via IFTTT

No comments:

Post a Comment