Photo of Milford Sound in New Zealand

आंगीक क्याम्पसको यस्तो गल्ती
पाटन क्याम्पसद्वारा विद्यार्थीलाई उपलब्ध गराइने चारित्रिक प्रमाणपत्रहरुमा उल्लेखित कुनै पनि नम्वर हाल क्याम्पसको प्रयोगमा रहेको पाइँदैन । रातोपाटीलाई प्राप्त विभिन्न कागजपत्रमा उल्लेखित फोन नम्बरमा हामीले पटक–पटक फोन गर्दा क्याम्पसको साटो निजी घरधनी हरुले फोन उठाए ।
उल्लेखीत टेलिफोन नम्बर ५२६०३१० नम्बरमा सम्पर्क गर्दा ललितपुरको चाकुपाटस्थित ममता श्रेष्ठले उठाईन् । उनले आफूलाई पाटन क्याम्पसको विद्यार्थी भन्दै फोन गर्नेले हैरान पारेको रातोपाटीसँग गुनासो गरिन् । ५२६०३३०, ५२६०२९४, ५२२०७६, ५५३९१३३,५२६०३९४ यी सबै फोन पाटन क्याम्पसको होइन तर क्याम्पसद्वारा यहि टेलिफोन नम्बर उपलब्ध गराइने गरेको छ ।
पाटन क्याम्पसले प्रयोग गर्ने क्याम्पसको छाप नै गलत भएको समेत भेटिएको छ । छापमा क्याम्पसको ठेगाना पाटनढोका नै गलत भेटिएपछि कैयौं विद्यार्थी समस्यामा पर्दै आएका छन् । लेटरप्याडमा नेपालीमा ‘पाटन ढोका’ छुट्टाछुट्टै छ तर अंग्रेजीमा पाटनढोका जोडेर लेखिएको छ । ‘सामान्य गल्ति भै हाल्छन् ।’ पाटन क्याम्पस प्रमुख अमन श्रेष्ठले भने ‘क्याम्पसको नाम म आफैले चाहेर पनि सच्याउन सक्दीन ।’ उनले टेलिकमको कमजोरीको कारण नम्बर गलत हुन गएको आरोप लगाए ।

महेन्द्ररत्नको चारवटा छाप

क्याम्पसले दिने आधिकारीक प्रमाणपत्रमा एउटा छापमात्र छाप प्रयोगमा आउनुपर्ने भएपनि महेन्द्ररत्न क्याम्पस ताहाचलले भने चारवटा छाप प्रयोगमा ल्याउने गरेको छ । त्रिवीका अन्य आंगीक क्याम्पसले भने एउटै मात्र छाप प्रयोग गर्ने गरेका छन् । ताहाचलको छाप प्रयोग पछि क्याम्पसको आधिकारीक हो वा होइन भनेर फेरी अर्को प्रमाणीत पत्र लेख्नु पर्ने प्रावधान छ । ‘हाम्रो क्याम्पसको चारवटा छाप छन् ।’ सहायक क्याम्पस प्रमुख उत्तमलाल श्रेष्ठले रातोपाटीसंग भने ‘तपाईंलाई चाहियो भने पनि त्यहि विधिबाट बनाईदिउँला ।’
शंकरदेबको अस्पष्ट ठेगानाले विद्यार्थी हैरान

शंकरदेब क्याम्पसका विद्यार्थी एन्जल लामाले क्याम्पसको ठेगानाको अक्षर विग्रिएपछि लामो समय हैरानी पाए । उनी जपान अध्ययनको लागि प्रक्रियामा थिए । तर क्याम्पसले दिएको उनको प्रमाणपत्रमा क्याम्पसले गलत अंग्रेजी ठेगाना उल्लेख गरेपछि एञ्जल त्यसलाई सच्याउन चार पटकसम्म शंकरदेव धाए । ‘चार पटक सम्म क्याम्पस गएँ,’ उनले भने ‘तर क्याम्पस प्रमुखले यति कुरामा पनि किन आएको भनेर उल्टै गाली गलौज गर्नुभयो ।
- See more at: http://kpcatn.blogspot.com/#sthash.gDu4X35X.dpuf

0 comments:

Post a Comment

add

 
Top