Wednesday, March 18, 2015

बाल गृह मा अस्थायी साधनहरु भेटिएपछि

चैत ५,गौशालास्थीत संरक्षणको लागि मानव वातावरण संघ (हाम्रो घर) नामक बाल गृहमा महिला तथा पुरुषले प्रयोग गर्ने परिवार नियोजनका अस्थायी साधनहरु भेटिएपछि त्यहाँ रहेका १६ जना बालबालिकालाई अन्यत्र सारिएको छ।
गौशाला र एअरपोर्ट बीचमा बाग्मती नदी छेउमा सञ्चालन गरिएको उक्त बालगृह ९० हजार भाडा तिरेर राखिएको थियो। दुई ओटा घर लिइए पनि बालबालिकालाई भने तीनकोठाको एउटा फ्ल्याटमा राखिएको केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बाल गृहको भुइँतल्लामा महिला कन्डम, पुरुष कन्डम, यौनांगमा लगाउने विभिन्न औषधि लगायत सामग्री भेटिएपछि ८ बालक तथा ८ बालिकाको आकस्मिक उद्दार गरि कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला स्तरीय बालगृह अनुगमन समिति काठमाडौंका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौड्यालले जानकारी दिए।
बालकल्याण समितिले पटक पटक अनुगमनमा जाँदा समेत संस्थाका जिम्मेवार व्यक्तिसँग भेट गर्न नसकिएको जनाएको छ। ‘राति बाबालिका सुत्ने घरमा कोही पनि जिम्मेवार व्यक्ति बस्ने नगरेको, बालबालिकाका लागि खाना पकाउने/सरसफाइ गर्ने व्यक्ति नभएको तथा बालबालिका मानसिक र शारीरिक रुपमा असहज अवस्थामा पाइएको’ विज्ञप्तीमा उल्लेख छ।

No comments:

Post a Comment