Saturday, December 26, 2015

आज नेपालले भारतको सामना गर्ने

पुष १२।  भारतको केरलामा जारी एघारौं साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बलियो प्रतिद्धन्दी भारतको सामना गर्ने, यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुँदै,  समूह ए को अन्तिम खेलमा नेपाल र भारत खेलेसंगै सेमिफाइनल पुग्ने चारै टिमको टुङ्गो लाग्ने । माल्दिभ्स भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्न सफल, समूह ‘बी’को खेलमा लगातार दुई खेल जितेसँगै माल्दिभ्स सेमिफाइनलमा पुग्न सफल, पहिलो खेलमा भुटानलाई ३–१ ले हराएको माल्दिभ्सले दोस्रो खेलमा शनिबार बंगलादेशलाई ३–१ ले हरायो । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलहरुमा शिर्ष स्थानका क्लवहरु लेष्टर सिटी र आर्सनल पराजित, अंक तालिकाको पहिलो स्थानमा रहेको लेष्टर सिटी लिभरपुलद्वारा १–० ले हराउ“दा दोस्रो स्थानको आर्सनललाई साउथह्याम्पटनद्वारा ४–० ले पराजित, म्यान्चेस्टर युनाईटेड स्टोक सिटीद्वारा २–० ले पराजित ।


from SHYANE http://ift.tt/1OmzGWC
via IFTTT

No comments:

Post a Comment