Friday, December 18, 2015

लाइसेन्स अब पढाउने विषयअनुसार वितरण गरिने


पुष ४।  शिक्षक सेवा आयोगले शिक्षक बन्न चाहनेलाई प्रदान गर्दै आएको शिक्षण अनुमतिपत्र (लाइसेन्स) शिक्षकले पढाउने विषयअनुसार वितरण गर्ने तयारी गरेको छ।
आयोगका अध्यक्ष ताना गौतमका अनुसार आयोगका सदस्यबीच यस विषयमा सैद्धान्तिक सहमति भइसकेको छ। उनका अनुसार एक साताभित्रमा यस विषयमा निर्णय गरेर शिक्षामन्त्रीसमक्ष पेस गरिनेछ। आयोगले अहिले जुन विषय पढाउने शिक्षकलाई पनि लाइसेन्सको परीक्षामा एकै प्रकारको प्रश्न सोध्ने गरेको  छ।
विषगत रूपमा फरकफरक रुचि भएका व्यक्तिलाई एकै प्रकारको प्रश्न सोधेर लाइसेन्स वितरण गरिँदा गुणस्तरीय शिक्षण गर्न नसकिएको निक्र्योलसहित आयोगले नयाँ व्यवस्था गर्न लागेको हो । अध्यक्ष गौतमले भने, ‘बढ्दो प्रतिस्पर्धाको जमानामा एकैथरी प्रश्न सोधेर लाइसेन्स वितरण गरिनु वैज्ञानिक देखिएन। पुरानो प्रणाली सुधार गर्न नयाँ व्यवस्था गर्न लागेका हौं।’
पहिलो चरणमा विषयगत रूपमा विज्ञान, अंग्रेजी र गणित विषयमा लाइसेन्स वितरण गरिनेछ । शिक्षक बनेर यी तीनबाहेक अन्य विषय पढाउन चाहने व्यक्तिका लागि भने एकै प्रकारको परीक्षा सञ्चालन गरिनेछ।


from SHYANE http://ift.tt/1Mmyhhm
via IFTTT

No comments:

Post a Comment