Tuesday, May 24, 2016

फाइनलअघि रोनाल्डो घाइते, रियललाइ लिगको चिन्ता

जेस्ठ १२।  रियल म्याड्रिडको उपाधिको आशा गरेको युरोपियन च्याम्पियन्स लिगको फाइनल आउन चार दिन बाँकी छँदा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो घाइते भएका छन् । स्टार खेलाडी प्रशिक्षणमा उपस्थित हुन नसकेपछि रियलका खेलाडी र अफिसियलमा चिन्ता बढेको छ ।
टेन एसाइड प्रणालीमा खेलाइएको प्रशिक्षण खेलका दौरान बल नियन्त्रणमा लिने क्रममा रोनाल्डो टोलीका ‘रिजर्भ’ गोलकिपर काइक क्यासिलासँग ठोक्किएर भुईंमा लड्न पुगेका थिए ।
लगत्तै ट्रेनिङ सेसनमा उपस्थित रियलको मेडिकल टोलीले उनको उपचार गरेको थियो । त्यसबीचमा करिब १० मिनेट खेल स्थगित भएको थियो । उपचारपछि पनि उनी मैदानमा फर्केनन् ।
Ronaldo1
इन्ज्यूरी त्यति खतरनाक नभएको बताइएपनि मैदानबाट बाहिरिदै गर्दा निक्कै निराश र रिसाएका जस्ता देखिने रोनाल्डोले पानीका बोत्तलमा खुट्टाले प्रहार गरेका गर्दै ड्रेसिङ रुमतर्फ लागेका थिए ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि रोनाल्डो फिट नरहेको स्वीकार गर्दै भनेका छन् कि आगामी शनिबारसम्म उनी पूर्ण फिट भइसक्नेछन् ।
रियलले आगामी शनिबार राति युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागी शहरी प्रतिद्धन्दी एथ्लेटिको म्याड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । रियलले यो सिजन उपाधिको आशा गर्को प्रतियोगिता यही हो । यसअघि ला लिगा र कोपा डेल रेको उपाधि रियलले गुमाइसकेको छ । दुवै प्रतियोगिताको उपाधि बार्सिलोनाले रक्षा गर्न सफल भयो ।


from ARENA http://ift.tt/1OV4GUv
via IFTTT

No comments:

Post a Comment