Saturday, August 27, 2016

उमेर पुग्यो बैश चढ्यो कति बसौ माईतमा भन्दै छिन सुनिता (हेर्नुस भिडियो)

भदौ ११, इटहरी 
पूर्वेली गायीका सुनिता कटवालले यस बर्ष पनि तीज गीतको म्यूजिक भिडियो बजारमा ल्याउनु भएको छ । इटहरीलाई कर्मथलो बनाउदै आउनु भएकी गायीका सुनिताले यो बर्षको तीजलाई लक्षित गरी आफनै शब्द र स्वरमा ‘उमेर पुग्यो बैश चढ्यो कति बसौ माईत यो शाल त शिवजी जुराईदेउन साईत’ बोलको तीज गीतको म्यूजीक भिडियो हालै बजारमा ल्याउनु भएको हो । 
बलराम समालको सङ्गीत रहेको उक्त तीज गीत लोक भाकामा भएको गायीका कटवालले बताउनु भयो । गत बर्ष देखी तीजका गीत बजारमा ल्याउन थाल्नु भएकी गायीका गत बर्ष आफ्नो गीत मनपराउने दर्शक र श्रोताको चाहाना अनुसार यस बर्ष पनि तीज गीत बजारमा ल्याएको बताउनु हुन्छ । 
न्यू बज क्रिएसनको छायाकङ्न र सम्पादनमा बजारमा आएको भिडियोमा सबिता परियारले कोरीयोग्राफर गर्नु भएको छ भने उक्त गीत इटहरीको पाथिभरा रेकडिङ स्टुडियोमा रेकर्ड गरीएको हो । स्टुडियोका प्रमुख सङ्गीत प्रशिक्षक समेत रहनु भएका संगीतकार बलराम समाल सुनिताको तीज गीत श्रोता र दर्शकको मन छुने गीत भएको बताउनु हुन्छ । 
भिडियोको मुख्य भुमीकामा कोरीयोग्राफर परियार र अस्मिता कोईराला रहेका छन । पप आधुनिक बिधाका गीत गाउदै आउनु भएकी गायीका कटवाल एकै ब्यक्तिले मेहनत गर्दा सबै किसिमका गीत गाउन सकिन्छ भन्ने प्रमाणीत गर्न यस बर्ष लोक गीतमा बल गरेको बताउनु हुन्छ ।
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2bIfxPH
via IFTTT

No comments:

Post a Comment