Saturday, August 27, 2016

हास्य शृंखला "जोकर" मा निर्देशकीय क्षमता प्रस्तुत गर्दै भोला तिमिल्सिना


दिपेन्द्र खड्का, साउदी 
नेपालि हास्य शृंखला "जोकर" यहि अगस्ट १४ को दिन औपचारिक रुपमा सार्बजनिक गरिएको छ । गत आईतबार एउटा कार्यक्रम बीच हास्य शृंखला "जोकर" सर्बसहमत सुचारु गरिएको हो । 
जोकरका निर्माता रत्न बानियाले युवा जन शक्ति उतार चाढाब लाई आधार बनाएर निर्माण सुरु गरिएको बताउनु भयो । त्यस्तै जोकरका निर्देशक भोला तिमिल्सिना ले दर्शकको मन जित्ने आत्माबिस्वास का साथ् दर्शकको सल्लाह र सुझाब लाई लिएर अघि बढ्ने कुरा बताउनु भयो । तिमिल्सिना म्युजिक भिडियो को अब्बल तथा अनुभबी निर्देशकमा गनिनु हुन्छ र अर्का निर्देशक चन्द्रमणि मुडभरीले जोकरले सबैको मन जित्ने र भरपूर मनोरंजन दिने बताउनु भयो । 
जोकरमा कलाकारहरु भोला तिमिल्सिना, चन्द्र मणि मुडभरी, रत्न बानियाँ, धनश्याम मुडभरी, सुमित्रा भण्डारी, बाबु राजा एस.के., लोकेश मुडभरी, राजेश आचार्य, सबिता श्रेष्ठ, रोस्मित अधिकारी, इमी मगर, शिव कुमारी अर्याल लगायत कलाकारको सशक्त अभिनय देख्न सकिन्छ । बिकाश गन्धर्बको छायाङ्कन र संगीत बानियाको सम्पादन रहने हास्य शृंखला जोकरलाई झरना फिल्मसले निर्माण गर्ने छ । 
शृंखलाका निर्देशक द्वय भोला र चन्द्र मणिले आउदा दिनहरुमा नया नया चाख लाग्दा कथाहरु लिएर दर्शक सामु आउने बताउनु भयो । अहिले सम्म २ भाग सकिएको छ त्यो २ भाग सम्म आईपुग्दा भोला दीप यात्री र सबै कलाकारहरुको उत्क्रिष्ठ अभिनय रहेको छ l 



via IFTTT

from SHYANE http://ift.tt/2boYGUw
via IFTTT

No comments:

Post a Comment