Saturday, August 27, 2016

सपनीमा तिमि भन्दै आए गायक स्वरुपराज आचार्य (भिडियो सहित)

नेपालि आधुनिक सुगम संगीत मा गायक हरु को नाम लिने हो भने अग्रपंक्ति मा आउने एउटा नाम हो, स्वरुप राज आचार्य l यिनै नेपाल का चर्चित अनि सुमधुर स्वरका धनी स्वरुपराज आचार्यको स्वरमा सजिएको नया गीत सपनीमा तिमि सार्बजनिक भएको छ ।
सेन्टिमेन्टल शैलिमा बनेको गीत सानुबाबु "सबित" बज्राचार्यले लेखेका हुन भने संगीत गोपाल रसाइलीले भरेका छन् । सबित बज्राचार्य र अप्सरा सुवेदीको मुख्य भुमिका रहेको यस भिडियो अपांगता भएका ब्यक्तीहरुलाइ प्रेरणाको उर्जा मिल्ने बज्राचार्य बताउछन । 
द मोन्टाज ग्रुपले निर्माण गरेको उक्त भिडियोलाई खासिङ राईले निर्देशन गरेका हुन भने बिबेक श्रेष्ठले निर्देशन मा उनलाई सघाएका छन । रोशिकको छायांकन रहेको उक्त भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका छन ।
अपाङ्ग व्यक्ति लाई नै भावनात्मक शैली ले प्रस्तुत गरिएको उक्त गीतलाई युटुब बाट साबर्जनिक भई सकेको छ l
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2bYsxBt
via IFTTT

No comments:

Post a Comment