Tuesday, August 16, 2016

नायक अनमोल ले पनि पछ्याउछन सुन्दरी : को हुन् ति सुन्दरी ?

शायद तपाईहरुलाई यो कुरा थाहाँ न हुन सक्छ । अनमोल के.सीले पनि कोही युवतीलाई राम्रौ संग फलो गर्छन् भनेर । हो अनमोलले जसलाई ईन्ष्टाग्राममा फलो गर्थे उनै युवती आज अनमोलको नयाँ फिल्म कृको हिरोइन हुने पक्का भएको छ । 
प्राप्त जानकारी अनुसार अडिसन कल मार्फत आएका ३० मध्ये १० जना युवती छनौट भएका थिए र १० उत्कृष्ट  बाट अदिति बुढाथोकीलाई निर्माण पक्षले कृका लागि फाईनल गरेको हो । अनमोलले यो फिल्ममा काम गरेवापत्त २० लाख पारिश्रमिक लिएका छन् भने अदितिलाई पनि राम्रै रकम दिईएर अनुबन्ध गरिएको छ । बुझिए अनुसार अदितिलाई २ लाख ५० हजार रकम दिईएको छ । 
२ लाख ५० हजार रकम नेपाली फिल्म उद्योगमा चलिरहेका हिरोइनहरुले लिने रकम हो त्यसकारण डेब्यू फिल्ममै उनले यति ठूलो अमाउन्ट पाउनु भनेको उनको क्रेज अहिले देखिनै बढाउँने रणनीति निर्माण पक्षले बुनेको हो भन्दा फरक नपर्ला ।
 यस्तै केही लुकेको कुरो लेख्ने हो भने अदितिलाई ड्रीम्स  फिल्म खेल्न पनि अफर आएको तर त्यतिबेला अदितिले विभिन्न कारण जनाउँदै ड्रीम्स  खेल्न नमानेको बताईन्छ  र सोही समय देखि अदितीलाई अनमोलले ईन्ष्टाग्राममा फलो गर्न थालेका हुन । 
क्लासिक फिल्मका निर्माता सुवास गिरीको सुवास ईन्टरटेन्मेन्ट र भुवन केसीको सुपर काजोल फिल्मस्को संयूक्त ब्यानरमा बन्न लागेको कृ को छायाँकन आउँने माघ महिना देखि हुँदैछ जसलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । यो समय अनमोल केसी चाँहि अन्डरग्राउन्ड जस्तै भएर जिम, डान्स र फाईटको स्पेशल क्लाश गरिरहेका छन् ।
                                                                                                                                       नमस्ते फिल्मी बाट 



via IFTTT

from SHYANE http://ift.tt/2aXlTzN
via IFTTT

No comments:

Post a Comment