Thursday, August 25, 2016

साउदीमा आर्थिक बन्दि लागेर भारतीय कामदार अलपत्र (भिडियो सहित)

दिपेन्द्र खड्का 
साउदी अरबमा आर्थिक बन्दि को कारण सबै देशका जस्तै नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, फिलिपिन्स देशका नागरिक आर्थिक बन्दीका कारण अलपत्र परेका छन् l 
अहिले भारत सरकार र साउदीको सरकारको ध्यान कामदार हरु प्रति मोडिएको छ l भिडियो मा देखिएको दृश्य साउदीमा कार्यरत भारतीय नागरिकहरुको हो l उनीहरुको माग भने घर फिर्ता जानु र केहीको माग भने बाकी रहेको तलब पाउनु रहेको छ l 
यस्ता कयौ नागरिक ६ / ७ महिना देखि तलब बिहिन भएर अलपत्र परेका छन् l यस्तै अरु देशका राजदुताबास हरुले पनि आफ्ना आफ्ना देशका नागरिक हरुलाई फिर्ता लाग्ने तयारी गरि रहेका छन् l कयौ कामदारहरु कम्पनी छोडेर अर्को कम्पनीमा गएका छन् भने त्यस कम्पनीमा पनि तलब नपाएको कारण भोक भोकै रहेको अबस्था छ l एक त साउदीमा आर्थिक बन्दीको कारणले यो हुन गएको हो l
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2brdC33
via IFTTT

No comments:

Post a Comment