Monday, September 26, 2016

म्युजिक भिडियो मार्फत हट अवतारमा आए सुरज सिंह ठकुरी र मरिस्का पोख्रेल (भिडियो सहित)

असोज १० (सुवास संकल्प) इटहरी,
समय अनुकुल परिवर्तित सांगीतिक बजार मा नया नया गायक तथा गायिका, कलाकार तथा म्युजिक भिडियो हरु को उत्पादन निकै नै हुने गरेको छ l 
यसै क्रम मा नव गायक दीपक गुरुङ को आवाज मा रहेको गीत लाई भिडियो को रुप दिएर Multi Matte कम्पनि ले बजार मा ल्याएको छ l "म हराए" बोल को उक्त गीत रोमान्टिक रहेको छ भने भिडियो लाई पनि त्यहि अनुरुप प्रस्तुत गरिएको छ l 
मोडलिङ्ग दुनिया मा चलेको नाम सुरज सिंह ठकुरी र मरिस्का पोख्रेल लाइ निकै हट अवतार मा प्रस्तुत गरिएको छ l लभ र रोमान्स ले भरपुर भिडियो को सुरु देखि अन्त्य सम्मै पोख्रेल र ठकुरी लाई हट अवतार मा देख्न सकिन्छ l 
 उक्त गीत को लिरिक्स र म्युजिक चर्चित पप गायक कमल खत्री को रहेको छ भने शैलेन्द्र मान प्रधान "बाबु" ले सो गीत को एरेन्ज गरेका हुन् l 
यता भिडियो निर्माण को क्रम मा भिडियो लाई निर्देशन तथा एडिट गरेका हुन् जीवन थापा ले l त्यस्तै सो भिडियो का हरेक दृश्यलाई कैद गरेका छन् धिरज जंग साह, ड्रेस डिजाईनर इशु मगर हुन् भने मेकअप हापु ले गरेका छन् l 
भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2dmudoP
via IFTTT

No comments:

Post a Comment