Friday, September 23, 2016

गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ सार्वजनिक ( हेर्नुहोस् भीडियो )

असोज ६, इटहरी,
गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भीडियो सार्वजनिक भएको छ । जसमा शब्द तथा संगित उदय सोतांगको रहेको छ ।
गायिका प्रसाईंको ‘मेलोडी’ एल्बममा समावेश यस गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । जसमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले भिडियो निर्देशन गरेका हुन् ।


‘सेल्फी को जमाना’ गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको ‘तिमी भन्छौ भने’, ‘नतोडन ती बाचाहरु’ लगाएत अरु धेरै चर्चित गीतहरु यस अघि नै सार्वजनिक भइसकेका छन् भने एक सय बढी गीतहरु रेकर्ड भइ सकेका छन् ।
जसमध्ये केहि हफ्ता अघि मात्रै सार्वजनिक गीत ‘तिमी मलाई मन पर्छ’ले अत्यधिक सफलता पाएको छ। नेपाली गीत-संगीतमा गायिका प्रसाईं एक उदियमान कलाकार हुन्।
हेर्नुहोस् भीडियो




via IFTTT

from SHYANE http://ift.tt/2cX4uFM
via IFTTT

No comments:

Post a Comment