Thursday, December 15, 2016

हिन्दी चलचित्रमा तक्मे बुढाले बलिउड नायिका आयषा टाकियासँग ढाका टोपीमा गरे रोमान्स

मङ्सिर ३०, इटहरी,
पछिल्लो समयका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई अर्थात तक्मे बुढाले हिन्दी चलचित्रमा अभिनय गरेका छन् । निर्माण समूहको आग्रहमा तक्मेले हिन्दी चलचित्रमा काम गरेको बताइएको छ । उनले नाम सार्वजनिक नगरिएको उक्त चलचित्रमा बलिउड नायिका आयषा टाकियासँग अभिनय गरेका छन् ।आयषाको जोडी बनेका विल्सनले हरेक दृष्यमा ढाका टोपी लगाएर अभिनय गरेका छन् ।
१५ सिनका लागि उक्त चलचित्रमा अनुबन्धित विल्सन सबै दृष्यमा आयषासँग प्रस्तुत हुनेछन् भने सुटिङ १० दिन मात्र गर्ने बताइएको छ । आशुतोष वारङको निर्देशनमा बनेको उक्त चलचित्रमा मिल्ली सिन्नको लगानी रहेको छ भने आयशा र विल्सनसँगै मराठी नायिका सुप्रिया पिलजंकर, नील भुपालान, राजश्री देशपाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । तक्मेलाई नेपालमा कन्सर्ट गर्न आएका सांगीतिक समूहका सदस्यले चर्चा सुनेपछि तक्मेको सिफारिस गरेको बताइएको छ ।



via IFTTT

from SHYANE http://ift.tt/2gEDtFc
via IFTTT

No comments:

Post a Comment