Thursday, December 15, 2016

गायिका मेलिना राई एकसाथ चर्चित दुई अवार्डबाट सम्मानित (भिडियो सहित)

मङ्सिर ३०, (सुवास संकल्प), इटहरी,
अहिलेकी चर्चित अनि  देशबिदेशमा आफ्नो प्रस्तुति दिन ब्यस्त गायिका मेलिना राई एक साथ चर्चित दुई अवार्ड बाट सम्मानित भएकी छिन । 
उनले एल्बम अनुपममा समाबेश "तिम्रो मायामा" गीत मार्फत कान्तिपुर एफ एमले आयोजना गर्दै आएको "रेडियो कान्तिपुर होनर अवार्ड" मा आधुनिक तर्फ बाट उत्कृष्ट गायिकाको उपाधी हाशिल गर्न सफल भएकी हुन । उक्त गीतलाई चर्चित गीतकार भुपेन्द्र खड्काले लेखेका हुन भने मनोज सङ्सोङ राईले कम्पोज गरेका हुन ।
त्यस्तै उनी द्वारा स्वरबद्द अर्को चर्चित गीत "सुनौलो हर दिन" बाट उत्कृष्ट प्लेब्याक महिला गायिकाको उपाधी जितेकी हुन । उक्त गीत चर्चित नेपाली फिल्म क्लासिकमा समाबेश छ । गीतलाई दिनेश राउतले लेखेका छन भने संगीत तरा प्रकाश लिम्बुको रहेको छ ।
हेर्नुस उनको जिवनी सहितको भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2hSmbFD
via IFTTT

No comments:

Post a Comment