Wednesday, December 21, 2016

‘दर्पण छायाँ २’ बाट डेब्यु नायक पुष्पल अब शिल्पाको ‘मंगलम’मा पनि नायक

पौष ६, इटहरी,
चलचित्र ‘दर्पण छायाँ २’ बाट डेब्यु गरेका नायक तथा मोडल पुष्पल खड्का चलचित्र ‘मंगलम’मा देखिने भएका छन् । छबिराज प्रोडक्सनको ब्यानरमा नायीका शिल्पा पोखरेलले अभिनय संगै निर्माण गर्न लागेको चलचित्र ‘मंगलम’ मा उनि मुख्य भूमीकामा देखिन् लागेका हुन् । 
पुष्पलले नायीका शिल्पा संग थुप्रै म्युजीक भिडीयोमा समेत काम गरिसकेका छन् । चलचित्रमा पुष्पल र शिल्पा संगै मिथीला शर्मा मुख्य भूमीकामा रहनेछन् । माघको पहिलो साताबाट छायाँकनमा जाने ‘मंगलम’ लाई नवल नेपालले निर्देशन गर्दैछन् । 
प्रेमकथामा निर्माण हुने चलचित्रमा आफु रोमान्टीक नायकको रुपमा प्रस्तुत हुन लागेको नायक खड्काले बताए । सुदूरपश्चिममा जन्मिएका नायक खड्काले हालसम्म २०० बढी म्युजीक भिडीयोमा काम गरिसकेका छन् ।
                                                                                                                     समाचार : FilmyBazar



via IFTTT

from SHYANE http://ift.tt/2ifDXml
via IFTTT

No comments:

Post a Comment