Wednesday, December 21, 2016

प्रचण्डको 'लभ सासा'मा यस्तो देखियो कर्मा र केकी रोमान्स (भिडियो)

पुस ६, काठमाडौं, 
प्रचण्डमान श्रेष्ठ निर्देशित 'लभ सासा'को ट्रेलर रिलिज भएको छ। बुधबार राजधानीको 'क्यूज सिनेमाज'मा एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर रिलिज गरिएको हो। ट्रेलरसँगै फिल्मको गीत पनि सार्वजनिक गरिएको थियो।
फिल्मलाई माधव वाग्लले निर्माण गरेका हुन्। निर्माण टिमले फिल्मलाई पौष २८ गते, बिहिबार नै रिलिज गरिने जानकारी कार्यक्रममा दियो। बिहिबार 'लभ सासा' रिलिज हुँदा शुक्रबार भने निखिल उप्रेती स्टारर 'किङ' रिलिज हुनेछ।
निर्देशक श्रेष्ठकै लेखन रहेको ‘लभ सासा’ मा केकी र कर्मसँगै शिवानी चालिसे, रश्मी भट्ट, विकास जोशी र असिफ शाहको अभिनय रहेको छ। 
                                                                                                                           समाचार : सेतोपाटी
भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2ib4THV
via IFTTT

No comments:

Post a Comment