Tuesday, February 28, 2017

रोनाल्डो स्पेनिस ला लिगामा पेनाल्टीमार्फत सर्वाधिक गोल गर्ने खेलाडी बने

क्रिस्टियानो रोनाल्डो स्पेनिस ला लिगामा पेनाल्टीमार्फत सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
भिल्लेरियालविरुद्धको खेलमा १२ यार्डबाट ५७ औँ पटक गोल गर्दै रियल म्याड्रिडका स्टार रोनाल्डोले उक्त किर्तिमान बनाएका हुन् ।
गत जनवरी १५ मा सेभियाविरुद्ध २–१ को पराजयमा पेनाल्टीमार्फत गोल गर्दै म्याड्रिडका लिजेन्ड ह्युगो सान्चेजको ५६ गोलको किर्तिमानलाई बराबरी गरेका थिए ।

तर, आइतबार भएको खेलमा टोनी क्रुसले प्रहार गरेको बललाई विपक्षी खेलाडीले हातले छोएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै रोनाल्डोले उक्त किर्तिमान आफ्नो नाममा पारेका हुन् ।
उनको पेनाल्टीको मद्दतले रियलले खेल २–२ को स्थितिमा पुर्याएको थियो ।
बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी ४३ गोलसहित पाँचौँ स्थानमा रहेका छन् । उनीअघि लुबोस्लाभ पेनेभ (४४) र रोनाल्ड कोमान (४५) रहेका छन् ।
रोनाल्डोले यस सिजन ला लिगामा १६ गोल गरिसकेका छन् ।


from ARENA http://ift.tt/2mr7xvB
via IFTTT

युभेन्टसले नापोलीलाई हरायो

फागुन १८ । इटालीयन कप फुटबल अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा युभेन्टसले नापोलीलाई हराएको छ ।  

आफ्नै मैदानमा भएको खेलमा युभेन्टसले नापोलीलाई ३-१ ले हराएको हो । खेलमा युभेन्टसलाई विजयी गराउन पाउलो डिबालाले पेनाल्टीमार्फत दुई गोल गर्दा गोन्जालो हिगुवानले एक गोल थपे ।
पराजित टोली नापोलीका लागि होजे कालेयोनले एक गोल फर्काए । जीतसँगै युभेन्टसले ईटालीयन कप फुटबलको फाइनल प्रवेशको संभावना बलियो बनाउँदा नापोलीको यात्रा कठिन बनेको छ ।
इटालियन कप फुटबलको दोस्रो सेमीफाईनल खेलमा लाजियो र रोमा भिड्नेछन् ।


from ARENA http://ift.tt/2mIl2Tx
via IFTTT

उत्कृष्ट फुटबलर नवयुग श्रेष्ठ घोषित

फागुन १८  । गत वर्षको सबैभन्दा उत्कृष्ट फुटबलर घोषित हुँदै नवयुग श्रेष्ठले ‘बेस्ट प्लेयर अफ द इअर’ अवार्ड हात पारेका छन् ।


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले हरेक वर्ष आयोजना गर्दै आएको अवार्डबाट फुटबलतर्फ नवयुग श्रेष्ठ उत्कृष्ट चुनिँदा सरस्वती चौधरी भलिबलकी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
यस्तै, आर्चरीमा प्रेमप्रसाद पुन, एथ्लेटिक्समा हरिकुमार रिमाल, बक्सिङमा सरस्वती राना, साइक्लिङमा अजय पण्डित क्षत्री, ह्यान्डबलमा रञ्जना राई, हक्कीमा पुष्पा रानामगर, जुडोमा फुपूल्हामु खत्री, कबड्डीमा सान्ती मगर तथा खोखोमा अर्पणाकुमारी महर्जन उत्कृष्ट खेलाडी घोषित भए ।
गत वर्ष भारतमा सम्पन्न १२औं ‘साग’को प्रदर्शनलाइ आधार मान्दै प्रदान गरिउको अवार्ड कार्यक्रममा लनटेनिसमा अभिषेक बास्तोला, सुटिङमा स्नेहा राज्यलक्ष्मी राणा, स्क्वासमा अर्‍हान्तकेशर सिंह, स्विमिङमा गौरिका सिंह, टेबलटेनिसमा दीप साउद, तेक्वान्दोमा दिलबहादुर महरा, ट्रायथ्लनमा रोजा केसी, भारात्तोलनमा विकाश थापा, कुस्तीमा सरोज यादव र उसुमा नीमा घर्तीमगर उत्कृष्ट खेलाडी घोषित भए ।
मंगलबार राजधानीमा आयोजित समारोहमा उत्कृष्ट घोषित भएका सबै खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
१२औ सागमा नेपालले प्रतिस्पर्धा गरेको २२ खेलहरुलाईमात्र समावेश गरिएका कारण क्रिकेट, कराँतेलगायतका केही चर्चित खेलका खेलाडीहरुलाई भने पुरस्कृत गर्न नसकिएको आयोजकको भनाइ छ ।
यस्तै, अवार्ड समारोहमा हरेक वर्ष प्रदान गरिँदै आएको गजराज स्मृति आदर्श खेल व्यत्तित्व सम्मानबाट यो वर्ष एथ्लेटिक्सका कीर्तिमानी खेलाडी हरिबहादुर रोकाया सम्मानित भएका छन् ।
रोकायालाइ स्व. गजराज जोशी स्मृति ट्रष्टले २५ हजार रुपैयाँ प्रदान गरेको छ ।


from ARENA http://ift.tt/2m5BY9n
via IFTTT

Saturday, February 25, 2017

पुलिसले हात पार्यो १९औं बुढासुब्बा गोल्डकप उपादी

फागुन १४ । १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।


शनिबार भएको फाइनलमा संकटा क्लबलाई ‘सडनडेथ’मा हराउँदै पुलिसले उपाधि जितेको हो ।
निधारित् ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि ३–३ को बराबरी भएपछि सडनडेथमा पुलिस भाग्यशाली सावित भएको हो ।
यसअघि, खेलको २८औं मिनेटमा राज पौडेलको गोलबाट संकटाले अग्रता लिएपनि ८०औं मिनेटमा जुमनु राईले पेनाल्टीमार्फत् गोल गर्दै बराबरी गरेका थिए ।
जारी सिजनमा ‘मेडन’ उपाधि जितेको पुलिसले पाँच लाख रुपैयाँ हासिल गरेको छ । उपविजेता संकटाको भागमा दुई लाख ५० हजार रुपैयाँमात्र हात परेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी संकटाका गोलरक्षक विनय श्रेष्ठ घोषित भए । उनले एकथान यामाहा मोटरसाइकल प्राप्त गरे ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ पुलिसका गोलरक्षक रोशन खड्का घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर पुलिसका जुमनु राई, उत्कृष्ट डिफेन्डर पुलिसकै विक्रम धिमाल र उत्कृष्ट प्रशिक्षक पुलिसका कुमार कट्वाल घोषित भए । तीनैजनाले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता पुलिसका जुमनु राई र संकटाका अनिल गुरुङ घोषित भए । उनीहरुले १२ हजार ५०० रुपैयाँ पाए ।


from ARENA http://ift.tt/2lHVsyL
via IFTTT

"धरान रन" को उपाधि तिर्थ पुनलाई : हेर्नुस प्रतियोगिताको केहि रमाईलो दृश्यहरु (भिडियो सहित)

फागुन १४, धरान,
पाँचौं नेवा च्यारिटी ८ किमि धरान रन प्रतियोगिताको उपाधि भारतीय सेनामा कार्यरत् बाग्लुङका तीर्थ पुनले जितेका छन् । सुनसरीको धरानमा शनिबार सम्पन्न प्रतियोगितामा पुनले निर्धा्रित् दुरी २६ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । 
उपाधिसँगै उनले ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने सेनाकै टिकाराज कटुवाल तेस्रो भए । महिला खुलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले निर्धा्रित् दुरी ३४ मिनेट ३ मिनेटमा पार गर्दै पहिलो भइन् भने बाग्लुङकी सन्तोषी श्रेष्ठ दोस्रो र जुम्लाकी सीता न्यौपाने तेस्रो भइन् । पुरुष, महिला दुबैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ४० वर्षमाथिको पुरुष भेट्रानमा भने निर्मल राई प्रथम भए । 
हेर्नुस प्रतियोगिताको केहि रमाईलो दृश्यहरु :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2lkYo3v
via IFTTT

Friday, February 24, 2017

नेपालले इमर्जिङ कप खेल्ने

फागुन १३  । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट देशको यू-२३ वा ए टिमसहित ८ देशले भाग लिनेछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको तालिका नजिक पर्ने भन्दै यूएईले नाम फिर्ता लिएपछि एसीसीले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय लिएको थियो । एसीसी बोर्ड बैठकको यो निर्णयले नेपालले इमर्जिङ कप गुमाउने अवस्था आएको थियो ।
तर, हङकङले प्रतियोगिता खेल्ने बचन दिएको छ । साथै नेपालले पनि निर्णयमा पुनर्विचार गर्न अपील गरेका थियो । क्रिकेट संघकी पूर्व सीईओ एवं आईसीसी स्थानीय प्रतिनिधि भावना घिमिरेले भनिन्, हामीले खेलाडीहरुको तर्फबाट अपील गरेका थियौं । अब खेल्न पाउने भएका छौं ।’
यूएईको सट्टा मलेसियाले खेल्नेछ । मलेसिया क्रिकेट संघका अध्यक्ष महिन्दा भालिपुरमले आफ्नो देशले इमर्जिङ कप खेल्ने पक्का भएको बताएका छन् ।


from ARENA http://ift.tt/2lEP2C8
via IFTTT

मनाङ–मर्स्याङ्दी यसरी पुग्यो सेमिफाइनलमा


फागुन १३ । मनाङ–मर्स्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एक खेलमा जित, एकमा बराबरी तथा एकमा हार व्यहोरेको मनाङ समूह ‘बी’को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
२–० ले अग्रता लिएको अवस्थामा पनि मनाङले बराबरीको सामना गर्नुपरेको हो । मनाङका लागि दुबै गोल अलावालेले गरे ।
त्यस्तै, मनाङसँग बराबरी गरेको अवाहनी समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
मनाङले यसअघि बंगलादेशी मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले हराएको थियो भने अफगानिस्तानको शाहिन अस्मायीसँग ३–१ को हार व्यहोरेको थियो ।
तर, शुक्रबारै भएको अन्तिम खेलमा मोहमोदेनले अस्मायीलाई २–० ले हराएपछि ‘हेड टु हेड’मा मनाङले सेमिफाइनलमा ठाउँ बनाएको हो ।
त्यस्तै, समूह ‘ए’बाट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङको टोली माल्दिभ्सको टीसी स्पोर्टस् क्लब समूह विजेता र दक्षिण कोरियाको पोइचेन सीटीजन एफसी समूह उपविजेताकोरुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
सेमिफाइनल खेल सोमबारबाट सुरु हुनेछ । अब मनाङले फाइनल प्रवेशका लागि सोमबार किरण सम्मिलित टोलीसँग खेल्नेछ ।
यस्तै, दोस्रो सेमिफाइनलमा मंगलबार अवाहनीले पोइचेनसँग खेल्नेछ ।


from ARENA http://ift.tt/2muOOLB
via IFTTT

बाबाजी भेषमा "ठमेल बजार" कि एलिशाको यस्तो तस्बिर : साप्ताहिक मोडेल (फोटो फिचर)

फागुन १३, काठमाण्डौ,
एलिशा राईले युवापुस्तामा विशेष गरी टिनएजरमा योर स्टाइल युट्युब च्यानलमा अपलोड भएका सर्ट फिल्मबाट पहिल्यै आफ्नो पहिचान बनाइसकेकी थिइन् । भर्खरै १९ पार गरेर २० मा टेकेकी एलिशालाई अहिले चलचित्र ‘लुट–टु’को ठमेल बजार गीतकी डान्सरका रूपमा चिनिन्छ । सर्टफिल्मबाट म्युजिक भिडियो र त्यसपछि ‘लुट–टु’, एलिशाले सानै उमेरमा सफलताको लामो यात्रा तय गरिसकेकी छिन् । ‘लुट–टु’को गीत ‘ठमेल बजार’ले युट्युबमा १ करोड भ्युज पाउँदा–नपाउँदै एलिशा राई पछिल्लो पुस्ताको ‘फेभरेट’ भैसकेकी छिन् । 
७० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी एलिशा अहिले म्युजिक भिडियो निर्देशकहरूको पहिलो रोजाईमा परिरहेकी छिन् । जन्मथलो खोटाङ भए पनि उनी काठमाडौंको कपनमा हुर्किइन् । पढाइमा अब्बल एलिशाले प्लस टुसम्म बाइलोजी पढे पनि आफ्नो रुचि कलामा भएकाले उनी अहिले ग्राफिक डिजाइनिङमा स्नातक तह अध्ययनरत छिन् । ‘लुट–टु’मा दर्शकले रुचाए मात्र चलचित्र करियरलाई अघि बढाउने सोच बनाएकी एलिशाले प्रेमसम्बन्धका बारेमा भनिन्– ‘केटी भएर जन्मिएकी छु, प्रेमप्रस्तावहरू आउनु स्वभाविक हो । अझ चर्चामा आएपछि यसै पनि धेरैको नजरमा परिने रहेछ, तर मलाई तत्काल त्यस्तो चक्करमा परेर समय बिताउनु छैन ।’
Monetize your website traffic with yX Media
तस्बिर : महेश प्रधान
हेयर एन्ड मेकअप : अम्बु रुचाल, मिरर ब्युटी स्टुडियो, मैतीदेवी 
पहिरन : पिजेज कलेक्सन, मायालु सेन्टर, दरबारमार्ग
एसेसरिज : दीपेन्द्र श्रेष्ठ, शंकर रुद्राक्ष भण्डार, पशुपति, देवपाटन
लोकेसन : श्लेषमान्तक वन, पशुपति
                                                                                                                        कान्तिपुर साप्ताहिक बाट !
Monetize your website traffic with yX Media
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2mkMKX0
via IFTTT

१४ दिनमा ५२ लाख ८१ हजार बढीको प्यारी बनिन् "साईली" : हेर्नुस प्रतिक्रिया यस्तो छ (भिडियो सहित)

फागुन १३,(सुवास संकल्प), इटहरी,
छोटो समयमा नेपालि माझ निकै नै लोकप्रिय बनेको गीत "साईली" लाई युटुबमा हेर्नेको घुईचो अझै दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ l युटुबबाट अफिसियल भिडियो सार्बजनिक हुनु भन्दा पहिले नै लिरिकल भिडियो ले नै साईली लाई लोकप्रियताको बाटो तिर लम्काई सकेको थियो भने भिडियो सार्बजनिक भए पछि सबैको आफ्नै कथा बन्न सफल भयो l 
यो समाचार तयार पर्दा सम्म साईलिलाई हेर्ने को संख्या ५२ लाख ८१ हजार २ सय ५७ जना भई सकेको छ भने १ लाख ११ हजार ३ सय ७२ जनाले लाईक पाएको छ l त्यस्तै २ हजार ५ सय ३३ ले डिस्लाईक गरेका छन् भने १० हजार ३ सय ६६ जनाले कमेन्ट गरेका छन् l अधिकांश कमेन्ट मा गायक, लेखक देखि लिएर पुरा साईली टीमको तारिफ गरिएको छ भने डिस्काईक गर्नेहरु प्रति खरो प्रहार गरेका छन् l 
Monetize your website traffic with yX Media
हेमन्त रानाको आवाज रहेको "साईली" गीतमा कलि प्रसाद बास्कोटाको संगीत रहेको छ भने हिमाल साउदलाई कलि प्रसाद बास्कोटाले सब्द लेखनमा साथ् दिएका छन् l त्यस्तै रिकेश गुरुङको एरेन्ज रहेको गीतको भिडियोलाई गायक राना आफैले निर्देशन गरेका छन् भने गौरभ पहारी र मेनुका प्रधानको जिवन्त अभिनय सो भिडियोमा देख्न सकिन्छ l काठमाडौँ र दुबईमा छायांकन गरिएको उक्त गीतलाई उज्वल जोशीले खिचेका छन् भने उनैले भिडियोलाई सम्पादन पनि गरेका छन् l साईलिको अफिसियल भिडियो संगै हेर्नुस तलको भिडियोमा साईलीलाई हेरिसकेपछि कसले कस्ता कमेन्टहरु गरेका छन् :
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2lzIX9X
via IFTTT

Thursday, February 23, 2017

संकल्पको अभिनयमा "संगै जिउने कसम" सार्बजनिक (भिडियो सहित)

फागुन १२,(सुवास संकल्प), इटहरी,
नेपालि रंगिन दुनियामा पछिल्लो समय अभिनयमा व्यस्त रहेका मोडेल संकल्प श्रेष्ठको एक पछि गर्दै अर्को भिडियो बजारमा आउने क्रम संगै मोडलिङ्ग यात्राको अर्को एक आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ l मोडलिङ्ग यात्राको छोटो समयमै व्यस्त बन्दै गएका संकल्पको पछिल्लो समय "संगै जिउने कसम" बोलको म्युजिक भिडियो सार्बजनिक भएको हो । 
बहु प्रतिभाको धनीको रुपमा आफुलाई स्थापित गराउन लागि परेका उनले पछिल्लो समय आफ्नै आवाजमा गीत समेत रेकर्ड गराएर आफुलाई गायकको परिचय पनि बनाउन खोजिरहेका छन् । सार्बजनिक भिडियोमा गायक यमन माझीको स्वर तथा संगीत रहेको छ भने अर्जुन खड्काले निर्देशन गरेका हुन l त्यस्तै गायक माझी आफैले नै यस भिडियोलाई छायांकन गरेका छन । यस बि  क्रियटिभ मोडल एजेन्सीको प्रस्तुती रहेको भिडियो प्रेम कथामा हुने मिलन बिछोडलाई देखाउन खोजिएको छ भने भिडियो राम्रो बनेको र सकारात्मक प्रतिक्रियाहरु आईरहेकोले आफु खुशी रहेको र आगामी दिनहरुमा अझै राम्रो काम गर्दै जाने संकल्प बताउछन ।
हेर्नुस भिडियो :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2lzG4ED
via IFTTT

Wednesday, February 22, 2017

१० लाखले बिबादमा "मिस कोशी" : हारेका प्रतियोगीले बद्नाम गर्न खोज्यो-आयोजक (भिडियो सहित)

फागुन १२, बिराटनगर,
बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर सकिएको ब्यूटि कन्टेन्टस् मिस कोशी नेपालको पहिलो ताज लगाउनका लागी प्रतियोगी ले १० लाख रुपैया आयोजकलाई बुझाएको रहस्य खुलेको हो ।
बिराटनगरमा एक महिना अघि देखि जय मिडिया इन्टरटेनमेन्टले  मिस कोशीको प्रतिष्पर्धा गराई , बिजेता हुन पहिलो ताजका लागी लागी प्रत्येक प्रतिष्पर्धी हरुलाई फोन बाट र फेसबुक बाट ४ लाख देखि १० लाख सम्म मागेको कल रेकर्ड बाहिरीएपछि आयोजक बिवादमा तानिएको छ l  समाचार : सप्तकोशी अनलाईन !
 हेर्नुस विस्तृतमा यो भिडियो :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2lrDx0M
via IFTTT

राप्रपाको केन्द्रिय सदस्यमा निर्वाचित अभिनेत्री रेखा थापा यस्ती छिन, हेर्नुस भिडियो

फागुन ११, काठमाडौँ,
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको निर्वाचनमा अभिनेत्री रेखा थापा भारी मतले विजयी भएका छन् ।
उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ६ सय ३ मत ल्याउँदै केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन् । हेर्नुस यस्ती छिन रेखा थापा :
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2l7BfkV
via IFTTT

Tuesday, February 21, 2017

पुलिस सेमिफाइनलमा

फागुन ११  । नेपाल पुलिस क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा सिलिगुडीको कन्चनजंघा फुटबल क्लबलाई ३–२ ले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।
यो जितसँगै पुलिसले सेमीफाइनलमा आयोजक धरान ‘नीलो’सँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनलमा बुधबार रुपेन्देही–११ र संकटा क्लब खेल्नेछन् ।


from ARENA http://ift.tt/2l5RE9h
via IFTTT

राष्ट्रिय आमन्त्रण कराँते हुने

फागुन १० । सातदोबादो कराँते डोजो ललितपुरले आगामी वैशाख २१ देखि २३ गतेसम्म राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालमा हुने आसन्न १३औैं दक्षिण एसियाली खेलकुद (साग), इन्डोनेसियामा हुने १८औं एसियन गेम्स तथा सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदको तयारीका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दीपक श्रेष्ठले दिएको जानकारीअनुसार प्रतियोगितामा १७ ओटा तौल समूह समावेश गरिनेछ ।
प्रतियोगितामा तीन विभागीय टोली र पाँच विकास क्षेत्रका खेलाडीले भाग लिनेछन् ।
पुरुषतर्फ अधिकतम् ८८ जना तथा महिलातर्फ ८० जना खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराइनेछ ।
१७ स्वर्ण, १७ रजत तथा १७ कास्यपदकका लागि हुने प्रतियोगिता सन्चालन गर्न अनुमानित २५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको दाबी छ ।


from ARENA http://ift.tt/2lE7qM0
via IFTTT

Monday, February 20, 2017

आर्सनल क्वाटरफाईनलमा

फागुन १० । सटन युनाईटेडलाई हराँउदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।सोमबार राती भएको खेलमा आर्सनलले सटनलाई २-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो वाल्कोटले एक एक गोल गरे ।

जितसँगै आर्सनलले लिंकन सिटी विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ । प्रिमियर क्लव बर्न्लेलाई पाखा लगाँउदै लिंकन सिटी क्वाटरफाईनलमा प्रवेश गरेको हो ।


from ARENA http://ift.tt/2l25n13
via IFTTT

नेपाली क्रिकेटको विवाद मिलाउन आइसिसी सहमत

फागुन १० । अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) विधान संशोधन गरेर नेपाल क्रिकेट संघ (क्यान) मा देखिएको विवाद सल्टाउन सहमत भएको छ ।काठमाडौंमा गत शनिबार र आइतबार बसेको आइसिसीको प्रतिनिधिसँगको बैठकपछि आइसिसीले पहिलो पटक आफ्नो धारणा स्पष्ट पारेको हो ।

आइसिसीको दुबाईस्थित कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा भनिए अनुसार नेपाली क्रिकेटको विवाद मिलाउन गठन गरिएको सुझाव समूहले संशोधित विधान अनुसार क्यानको निर्वाचन गराउन सुझाव दिएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्याविरूद्ध मार्च ११ र १३ मा हुने खेलका क्रममा आइसिसीका पदाधिकारी काठमाडौं आउने र विधान संशोधनलगायत निर्वाचनको समय तय गर्ने आईसिसीले स्पष्ट पारेको छ ।
आइसिसीले सार्वजनिक गरेको विज्ञप्तिमा नेपालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा आउँदो जुनमा आयोजना हुने आइसिसीको वार्षिक साधारण सभाले तय गर्ने स्पष्ट पारिएको छ ।
आइसिसीले राजनीतिक हस्तक्षेपलाई मूख्य आधार र स्वच्छ निर्वाचन हुन नसकेको भन्दै १० महिनाअघि गत अप्रिलमा नेपाललाई प्रतिबन्ध लगाएको थियो ।


from ARENA http://ift.tt/2lgJX2N
via IFTTT

सशस्त्र प्रहरीलाई हराउँदै संकटा सेमिफाइनलमा

फागुन १० । संकटा क्लब धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार क्वार्टरफाइनलमा सशस्त्र प्रहरीको टिमलाई १–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा ठाउँ पक्का गरेको हो । संकटालाई जिताउन राज पौडेलले निर्णायक गोल गरे ।
संकटाले अब सेमिफाइलमा रुपन्देही–११ सँग बुधबार खेल्नेछ । रुपन्देहीले क्वार्टरफाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गरेको थियो ।
प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र भारतको सिक्किम युनाइटेड फुटबल क्लब भिड्नेछन् ।
पुलिसले प्रिक्वार्टरफाइनलमा धरान ‘पहेंलो’लाई हराएको थियो भने सिक्किमले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।


from ARENA http://ift.tt/2lFONYi
via IFTTT

Sunday, February 19, 2017

आज एपिएफ क्लव र संकटा क्लव भिड्दै : बुढासुब्बा गोल्डकप

फागुन९  । धरान फुटवल क्लव नीलो धरानमा जारी १९औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रबेश गरेको छ ।

धरान– १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आइतबार भएको खेलमा कास्की–११ पोखरालाई ३–० गोलले पराजित गर्दै धरानले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
धरानको जितमा खेलको १४ औं मिनेटमा रजिन सुब्बा, २८ मिनेट प्रकाश बुढाथोकी र ६९ मिनेटमा बुद्ध चेम्जोङले एक एक गोल गरे ।
धरान विरुद्ध सुरुवात देखि नै आक्रमक रुपमा प्रस्तुत भएको पोखराले भने गोल गर्ने चारवटा अवसर पाउँदा समेत गोल गर्न सकेन् ।
खेलको म्यान अफ दि म्याच धरानका रजिन सुब्बा घोषित भए । उनले नगद ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । आज को क्वाटरफाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लव र संकटा क्लवबीच हुने छ ।


from ARENA http://ift.tt/2lYVp4A
via IFTTT

म्यान्चेस्टर र टोटनह्याम क्वाटरफाईनलमा

फागुन ९ । शिर्ष क्लवहरु म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफ.ए कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार राती भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २-१ ले हराउँदै म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा पुगेको हो ।
खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र ज्लातन ईब्राहिमोभिचले १-१ गोल गरे ।
ब्ल्याकबर्नका ड्यानी ग्राहमले एक गोल गरेका थिए । जीतसँगै म्यान्चेस्टर युनाईटेडले अर्को दावेदार टोली चेल्सीसँग क्वाटरफाईनल भिडन्त तय गरेको छ ।
एफए कप अन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई ३-० ले हरायो ।
खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ह्याट्रिक गरेका थिए । टोटनह्यामले अब क्वाटरफाइनलमा मिलवालसँग खेल्नेछ ।


from ARENA http://ift.tt/2mcZluO
via IFTTT

Saturday, February 18, 2017

एरिना म्युजिक भिडियो अवार्ड सम्पन्न : पल साह संगै उत्कृष्ट बने रामकृष्ण ढकाल, फोटो फिचर (भिडियो सहित)

फागुन–७,(सुवास संकल्प), इटहरी,
पुर्वाञ्चलमा पहिलो पटक आयोजित ‘‘रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३” शुक्रबार इटहरी स्थित ओसियन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । 
विशिष्ट व्यक्तित्व र अतिथिको उपस्थितिमा एरिना टेलिजिनद्वारा आयोजित अवार्ड कार्यक्रममा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट एल पी. जोशीलाई सम्मान गरिएको थियो । एरिना टेलिभिजनका प्रबन्ध निर्देशक तथा कार्यक्रमका अध्यक्ष समिर कार्कीको संयोजकत्वमा आयोजना गरिएको सो अवार्ड कार्यक्रममा उत्कृष्ट छायाकारको अवार्ड "नभेटी नभेटी" गीतबाट हरि हुमागाईलाई प्रदान गरिएको थियो । त्यसैगरि उत्कृष्ट पुरुष गायन आधुनिक विधातर्फको पाच जना प्रतिस्पर्धिलाई पछि पार्दै गायक रामकृष्ण ढकालले "धारिलो रहेछ माया" गीतबाट अवार्ड जितेका छन् । उता उत्कृष्ट पप गायक महिला तर्फ भने प्राश्ना शाक्यले हासिल गरिन भने उत्कृष्ट निर्देशक अवार्ड बिभोर पोख्रेलले जितेका छन् । त्यसैगरि बसन्त सापकोटाले उत्कृष्ट संगीतकार आधुनिक विधाबाट अवार्ड हासिल गरिरहदा नव गायकको अवार्ड रबि मल्लले हासिल गरेका छन् ।
Monetize your website traffic with yX Media
यसैगरि  टेकेन्द्र शाहले उत्कृष्ट सम्पादक र अन्जु गौतमले पुर्वेली लोक गीतबाट अवार्ड हासिल गरेकि छन् । उत्कृष्ट पुरुष मोडलको अवार्ड भने पल शाहले आफनो पोल्टामा पार्न सफल भए भने महिला मोडल तर्फ सुप्रिय कटुवालले अवार्ड उचालेकि छन् । आधुनिक पप महिला गायन तर्फको अवार्ड मिलन अमात्यले, पप गायकतर्फ विजय लामाले "रिन काटी रुमाल" गीतबाट अवार्ड जितेका छन् । यसैगरि उत्कृष्ट म्युजिक भिडियो तर्फको विधामा नितिन थापाले र उत्कृष्ट गीतकारको अवार्ड भरत बाबु के.सीले हासिल गरेका छन् । कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष रहेका समिर कार्किले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको घोषण गरेका छन् । पुर्वाञ्चलमै पहिलो पटक  रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३ गर्न सफल भएको भन्दै उनले अगामि दिनमा यस्ता कार्यक्रमहरु आयोजन गर्दै जाने पनि बताएका छन् । 
हेर्नुस भिडियो :
















कार्यक्रमा विभिन्न आकर्षक नृत्यहरु समेत राखिएको थियो । हेर्नुस कार्यक्रम का तस्बिरहरु :
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2kJLqep
via IFTTT