Thursday, March 23, 2017

नया म्युजिक भिडियो सार्बजनिक संगै निर्देशनमा अब्बल देखिए विकल्प (भिडियो सहित)

चैत्र ११,(सुवास संकल्प), इटहरी,
नेपालि परिवेशमा नयापुस्ताका युवाहरुमा म्युजिक भिडियोको क्रेज निकै बढिरहेको छ भने विभिन्न तवरले नया सैलीको भिडियोहरु निर्माणको कार्यहरु पनि सांगीतिक क्षेत्रमा भई रहेको छ l यस्तै नया शैलीको भिडियो निर्माण गर्न र कलाकारलाई फरक ढंगले प्रस्तुत गर्न खप्पिस नव निर्देशक तथा मोडेल विकल्प श्रेष्ठले भर्खरै अर्को एक भिडियो सार्बजनिक गरेका छन् l 
निरन्तर मेहनत, प्रयास र आफ्नो कर्मलाई सम्मान गर्दै जान सके एक दिन सफलताको मार्ग भिटिने बिस्वास सहित नेपालि कलाप्रेमीहरुको मन जित्न नया-नया किसिमका भिडियोहरु निर्माण गर्न लागिपरेका छन l बहु प्रतिभाका धनि विकल्प आफुलाई मोडेलको रुपमा दर्शक माझ प्रस्तुत भईरहेकै बेला आफ्नो भोगाई र सिकाईलाई दर्शक माझ बाढ्नलाई निर्देशन तर्फ पनि होमिएका हुन् l उनले हाल सम्म दर्जन बढी म्युजिक भिडियोहरु निर्माण गरिसकेका छन् l बिसेष गरि नया तथा अगाडी बढ्न नसकिरहेका प्रतिभावान व्यक्तिहरुलाई अवसर दिदै काठ्माण्डौमा आफ्नै मातहतमा रहने गरि एस बि क्रिएटिभ मोडल एजेन्सी पनि श्रेष्टले संचालन गरिरहेका छन् l  
उनको निर्देशनमा पछिल्लो समय सार्बजनिक भएको "तिमि बिना" बोलको म्युजिक भिडियो एस बि क्रिएटिभ मोडल एजेन्सीको प्रस्तुति हो भने ओपास म्युजिक कम्पनिले बाजारमा ल्याएको गीतमा आवाज भने गायक दिपक समिप को रहेको छ l एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोमा अघिल्लो भिडियोहरु बाट राम्रै प्रतिक्रिया बटुलेका मोडल संकल्प श्रेष्ठलाई रोशिना राउतले अभिनयमा साथ् दिएकि छिन l 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :



via IFTTT

from SHYANE http://ift.tt/2nIhqoX
via IFTTT

No comments:

Post a Comment