Thursday, March 23, 2017

सफल भबिस्य देख्ने गायक किन ओझेलमा ? "चल्नु भन्दा टिक्नु ठुलो कुरा"-गायक समीर बिक (भिडियो सहित)

चैत्र १०,(सुवास संकल्प), इटहरी,
नेपालि संगीत क्षेत्रमा चर्चित हुने सपना बुन्दै सफल बन्नलाई आउनेहरुको लर्को पछिल्लो समय निकै बढिरहेको छ l यसै प्रसंगमा कतिपयले यो क्षेत्रमा अहिले नया युवापुस्ता पैशाको भरमा प्रबेश गरिरहेका छन् भन्ने आरोप पनि लगाई रहेका छन् l 
संगीत क्षेत्रमै आफ्नो सफल र टिकाउ भबिष्य देख्दै आफ्नो अथक मेहनत सहित २०६८ साल देखि सांगीतिक क्षेत्रमा औपचारिक प्रवेश गरेका गायक समीर बिक अहिलेको यो अवस्थालाई खासै ठुलो समस्या मान्दैनन् l "पैशाको तागतमा यो क्षेत्र प्रवेश गर्नेहरु आफै फिल्टर हुदै जान्छन, र सहि के हो दर्शकले आफै छुट्याउनु हुनेछ"-समीर भन्छन l 
६८ सालमा आफ्नो पहिलो एल्बम "मोनालिशा" मा समाबेश गीत "प्रिय तिम्ले माया मार्यौ नि" ले सांगीतिक क्षेत्रमा चर्चित "ईमेज अवार्ड" नै हात पारे पछि समीर यो क्षेत्रमा झनै हौसिदै मेहनत गर्न थाले l त्यस पछि विभिन्न स्टेज कार्यक्रमहरु देखि लिएर कलेक्सन एल्बम हरुमा समेत उनले आफ्नो आवाजलाई भर्न थाले l पहिलो एल्बम "मोनालिशा"को सफलता संगै "मोनालिशा २" पनि सार्बजनिक गरिसकेका गायक समीर बिक पछिल्लो समय किन ओझेलमा छन् ? 
हेर्नुस यो कुराको जवाफ सहित उनि संग गरिएको रमाईलो कुराकानीको यो भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2o8vt3F
via IFTTT

No comments:

Post a Comment