Saturday, May 27, 2017

भरतपुर महानगर-१८ को मतगणना गर्दा रेणुलाई राहत, मतान्तर घट्यो

भरतपुर । सर्वाधिक चासोका रुपमा हेरिएको भरतपुर महानगरपालिकाको मतगणना निकै रोचक देखिएको छ। अहिले वडा नम्बर १८ को मतगणना सकिएको छ।

पछिल्लो ताजा मतपरिणाम अनुसार माओवादी काँग्रेस गठबन्धनकी मेयर उम्मेद्वार रेणु दाहालको मतान्तर घटेको छ। रेणु एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवाली भन्दा १२ सय १९ मतले पछि छिन्। प्राप्त मतपरिणाम अनुसार एमालेका देवीले ३९ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् भने माओवादी-कांग्रेस गठबन्धनकी रेणुको पक्षमा ३८ हजार ३ सय ६६ मत खसेको छ। यसअघिको प्राप्त मतगणना अनुसार रेणु र देवीबीच १४ सय १० को मतान्तर थियो।

त्यस्तै वडा नम्बर १८ मा वडा अध्यक्षसहित तीन सदस्यमा कांग्रेस विजयी भएको छ भने एक सदस्यमा एमालेका उम्मेद्वार विजयी भएका छन्।
उपमेयरमा भने कांग्रेसकी पार्वती शाहको अग्रता कायम छ। अब वडा नम्बर १९, २० र २१ को मत गन्न बाँकी छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2r0xgvK
via IFTTT

No comments:

Post a Comment