Saturday, May 27, 2017

भरतपुर : १८ को मतगणनाले बढायो रेणुको मत, यस्तो छ पछिल्लो मत परिणाम

चितवन,१३ जेठ । भरतपुर महानगरपालिकामा जारी मतगणामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले निरन्तर रुपमा मतान्तर घटाउँदै गएकी छन्। शनिबार राति ११ बजेसम्म प्राप्त पछिल्लो मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३८,७८० मत छ भने कांग्रेस माओवादी गठबन्धनकी रेणु दाहालले ३७,३७० मत प्राप्त गरिन्।

एमालेका उम्मेदवार ज्ञवालीभन्दा गठबन्धनकी उम्मेदवार रेणु दाहाल १,४१० मतले पछाडि छन्। यस अगाडी भरतपुरको वडा नम्बर २२ को मतगणना सकिँदा एमालेका ज्ञवाली र माओवादीकी दाहालबीच १ हजार ४ सय ३० मतको फरक थियो।

अहिले भरतपुरको वडा नम्बर १८ को मतगणना भईरहेको छ। वडा नम्बर १८ मा जम्मा ६०१ मतगणना हुँदा वडा अध्यक्षमा एमालेका उम्मेदवार पक्षमा २०४, नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा २१९ र माओवादी केन्द्रका उम्मेदवारको पक्षमा ९५ मत परेको छ।-डिसीनेपाल

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qqrhO4
via IFTTT

No comments:

Post a Comment