Wednesday, May 10, 2017

बच्चाले हानेको ढुङ्गाले लागेपछि बुद्धले रुँदै यसो भने

एकदिन जङ्गलको एउटा आँपको रूखमुनी गौतम बुद्ध आराम गरिरहेका थिए। त्यसैबेला एक हुन बच्चाको समूह आएर आँपको रूखमा ढुङ्गा हान्दै आँप झार्न लागे।

दुर्भाग्यवश उनीहरूले हानेको एउटा ढुङ्गाले बुद्धको टाउकोमा लाग्यो र रगत निस्किन थाल्यो। अब बुद्धले हामीलाई गाली गर्ने भए भनेर ती बालकहरू डराउन लागे। तर बुद्ध रिसाउनुको सट्टा झन् आँखाबाट आँशु निकाल्दै रुन थालेपछि भने ती बालकहरूले बुद्धको पाउ समात्दै उनीसँग माफि माग्न थाले।

उनीहरूमध्ये एक बालकले भने- “हे महापुरुष! हामीबाट ठूलो भूल भयो हामीलाई क्षमा गर्नुहोस्। हाम्रो कारणले हजुर रुनुपर्यो।”

त्यसपछि बुद्धले भने- “हे बालक, मलाई ढुङ्गाले लागेर म दुःखी भएको होइन। म यसकारण दुःखी छु कि तिमीहरूले आँपको रूखलाई ढुङ्गा हान्यौ र त्यसले तिमीलाई मीठो फल दियो, तर मलाई ढुङ्गाले हानेपछि मैले तिमीहरूलाई केवल डर दिन सकेँ। मलाई क्षमा गर बालक!”

निश्कर्ष:- बुद्धको यो कहानीबाट के सिक्न सकिन्छ भन्दा, हामीले जे काम गरेपनि त्यसको फल अवश्य मिल्छ, चाहे त्यो राम्रो होस् या नराम्रो। अर्को कुरा भनेको हामीले यदि कुने भूल गरेका छौँ भने डराउनुहुँदैन, त्यसको खुलेर सामना गर्नुपर्दछ र यदि कसैले भूल गर्यो भने पनि हामीले माफ गर्ने बानी बसाल्नुपर्दछ। स्रोत -nepaliheadlines.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qUNuaI
via IFTTT

No comments:

Post a Comment