Thursday, June 1, 2017

१६ वर्षअघि मरेका दिपेन्द्र शाह दरमार्गमा देखिए

काठमाडौं– दरवार हत्याकाण्डमा मृत्यु भएका राजा दीपेन्द्र वीरविक्रम शाहको प्रेमकथामा आधारित ‘दीपेन्द्र सरकार’ नामक फिल्म निर्माण हुने भएको छ। निर्माता सन्तोष सेनले बुधबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म निर्देशकको टुंगो नलगाईकन ‘दीपेन्द्र सरकार’ निर्माण गर्ने घोषणा गरेका छन्।

‘दरवारका सैनिक सचिव विवेककुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’को आधारमा फिल्म बनाउन लागेका हौं,’निर्माता सेनले भने,पुस्तकमा समेटिएको दीपेन्द्र सरकारको प्रेमकथालाई फिल्ममा देखाउनेछौं।’ अभिनेता प्रदिप खड्का फिल्ममा दीपेन्द्र सरकारको भूमिकामा देखिदैछन्। दीपेन्द्र शाहकी प्रेमिका भनिएकी देवयानी राणाको भूमिकामा को देखिदैंछ भन्ने टुंगो लागेको छैन् । राजदरबार हत्याकाण्डलाई केन्द्रित बनाएर तयार हुने लागेको फिल्म नेपाल, बेलायत र अमेरिकामा खिचिदैंछ। – नागरिकन्युज बाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qHpZlS
via IFTTT

No comments:

Post a Comment