Wednesday, July 5, 2017

मंसिरपछि काठमाडौमा खाल्डाखुल्डी र देशमा कांग्रेस माओवादी देखिंदैनन् : अध्यक्ष ओली

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरदेखि काठमाडौंमा खाल्डाखुल्डी र देशभर कांग्रेस–माओवादी खोज्नु पर्ने स्थिति आउने वताउनुभएको छ । पार्टीको प्रदेश नम्बर ३ बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई वधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मंसिरमा हुने संसदीय निर्वाचन पछि एमाले पहिलो शक्ति बन्ने दाबी गर्नुभएको छ ।

राजधानीका केही ठाउँमा खाल्डाखुल्डी देखिएजस्तै देशभर कांग्रेस र माओवादीले केही ठाउँमा जितेको वताउनुुभएको थियो । ‘मंसिरमा संसदको चुनाव हुन्छ, त्यसमा एमाले धेरै सिटिको अन्तरले सबैभन्दा ठूलो पार्टी हुन्छ’ उहाँलेले भन्नुभयो, ‘पहिलो चरणको स्थानीय निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी भई नै सकेको छ, कहीँ कहीँ अरुले केही सिट जितेर भएका खाल्डाखुल्डी अव पुरिन्छ ।’

ओलीले कांग्रेस–माओवादी काठमाडौंको खाल्टाखुल्टी जस्तै भएको पनि वताउनुभयो । ‘काठमाडौंमा अहिले धेरै खाल्टाखुल्टी छन् । मंसिरसम्ममा सबै खाल्टाखुल्टी हटाएर चौडाबाटाहरु बन्नेछन्’ ओलीले कांग्रेस–माओवादीप्रति संकेत गर्दै भन्नुभयो, ‘मंसिर पछि काठमाडौंमा खाल्डाखुल्डी पनि देखिन छाड्छ कांग्रेस–माओवादी पनि देखिन छाड्छ, जताततै एमाले मात्र बाँकी रहन्छ ।’

सरकारमा बसेर कांग्रेस–माओवादीले धाँधली गरेका कारण केही सिट ल्याएको ओलीको भनाई थियो । ‘यी पार्टीहरु धाँदली नै देख्दैनन्’ ओलीले भन्न्ुभयो, ‘धाँदली देख्ने चस्मा किनेर दिनु पर्ला जस्तो छ ।’ कर्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्ने षडयन्त्र बिफल पार्ने वताउनुभयो । वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तह बलियो खम्बा भएको भन्दै पाँच वर्ष काम गरेर पार्टीको शीर ठाडो पारेर फर्किन पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

‘एमालेबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार, अनियमितता वा कानुन विपरित काम गरेमा पार्टीले संरक्षण गर्दैन,’ नेपालले भन्नुभयो, ‘राम्रो काम गर्नेको उच्च मूल्यांकन हुन्छ,अर्को पटक झन् माथिल्लो पदमा टिकट दिइनेछ, नराम्रो काम गर्नेलाई पार्टीले दण्डित गर्छ, एमाले भन्दैमा संरक्षण हुँदैन ।’ महासचिव ईश्वर पोखरेल जनप्रतिनिधिहरुका लागि छुट्टै प्रशिक्षण दिने वताउनुभयो । sankhuwasavaonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2upqTSp
via IFTTT

No comments:

Post a Comment