Wednesday, July 5, 2017

राष्ट्रपति बिद्या भण्डारीकी देउरानी बनिन उपमेयर

काठमाडौँ । मोरङको उर्लाबारी नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ।

सार्वजनिक मतपरिणाम अनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेद्वार खड्ग फागो ११२३७ मतसहित विजयी भएका छन् । उनी नेकपा एमालेका मेयर उम्मेद्वार भुपाल जिमीलाई पराजित गर्दै उर्लाबारी नगरपालिकाको मेयर बनेका हुन्।

त्यस्तै उपमेयरमा भने एमालेकी लक्ष्मी भण्डारी विजयी भएकी छिन्। उनले नेपाली काँग्रेसकी उम्मेद्वार सीता कार्कीलाई पराजित गर्दै भण्डारी विजयी भएकी हुन्।

भण्डारी, राष्ट्रपति बिद्या भण्डारीकी देउरानी हुन्। एमालेका तत्कालिन महासचिव स्व मदन भण्डारीकी भाइबुहारी अर्थात भण्डारीका साइला भाई मोहन भण्डारीकी श्रीमती हुन्। उनी २०४७ सालदेखि एमालेको संगठित सदस्यका साथ पार्टीमा सकृय छिन्।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tLQlDN
via IFTTT

No comments:

Post a Comment