Tuesday, July 4, 2017

निलुलाई श्रदान्जली दिने सिने कर्मीको भिड

शनिबार हृदयघातका कारण निधन भएकीनिर्देशक निलु डोमा शेर्पाको मंगलबार दाहसंस्कार गरिएको छ। स्वयम्भू आर्यघाटमा बौद्धपरम्परा अनुसार उनको दाहसंस्कार गरिएको हो। निर्देशक डोमालाई श्रद्धाञ्जली दिनस्वयम्भूमा सिनेकर्मीहरुको घुईँचो लागेको थियो । निर्देशक दीपा श्री निरौला, नायिका रेखा थापा, नम्रता श्रेष्ठ, निशा अधिकारी, माल्भिका सुब्बा, अभिनेता दयाहाङ राई लगायतका सेलिव्रटीहरुले निलुलाई श्रद्धाञ्जली दिए।

यस्तै निर्मातासंघका अध्यक्ष आकाश अधिकारी, बैङ्कर अनिल शाह, रविना देशराज जोशी, नायक आयुष्मान देशराज, आशिरमान देशराज, क्रिकेटर शरद भेषवाकर लगायत पनि निलुलाई श्रद्धाञ्जली दिन पुगेका थिए ।
दाहासंकार अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि स्वयम्भु आर्यघाटमा राखिएको थियो।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2slJAVS
via IFTTT

No comments:

Post a Comment