Tuesday, July 4, 2017

इन्धनको मूल्य समायोजन भएपछि हवाई भाडा घट्यो

असार २०, २०७४ काठमाडौं : निजी हवाई सेवा प्रदायक एयरलाइन्स कम्पनीले आन्तरिक उडानको भाडा घटाएको छन्। वायु सेवा सञ्चालन संघले बुधबारदेखि लागु हुने गरी भाडा समायोजन गरेको हुन्। आइतबार नेपाल वायु सेवा निगमले हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँ घटाएसँगै सघंले पनि हवाई भाडा घटाएको हुन्।

इन्धनको मूल्य घटेसँगै भाडामा समायोजना गरिएको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्जवल थापाले जानकारी दिनुभयो। नयाँ भाडा लागू भएसँगै अब विराटनगर ७१ सय चार, भद्रपुर ८५ सय ७६, भैरहवा ५९ सय १३, धनगढी १२ हजार १९, नेपालगन्ज ९३ सय ६५, पोखरा ४६ सय ३४ र जनकपुर ३९ सय ४८ रुपैयाँमा यात्रा गर्न पाइने भएको छ।

यसैगरी सिमरा तीन हजार पाँच, भक्तपुर ३४ सय ५३, तुम्लिङटार ५६ सय २३ र माउन्टेन फलाइटको १० हजार आठ सय ६२ रुपैयाँ निर्धारण गरिएको छ।-AnnapurnaPost

http://ift.tt/2tHEnLk

from SHYANE http://ift.tt/2uFCHPS
via IFTTT

No comments:

Post a Comment