Saturday, July 29, 2017

ठग तह लगाउन छुट्टै ब्यूरो बनाउने तयारीले म्यानपावर व्यवसायी त्रसित !

काठमाडौं, साउन १४– वैदेशिक रोजगारीका नाममा कामदार ठग्नेलाई तह लगाउन प्रहरीको छुट्टै ब्युरो बनाउन लागिएको विषयमा वैदेशिक रोजगार व्यवसायी संघले चासो देखाएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा गृहमन्त्री जनार्दन शर्माले यस्तो जानकारी गराएपछि व्यवसायी त्रसित भएका हुन् ।

संघका अध्यक्ष रोहन गुरुङले विज्ञप्ती जारीगर्दै गृहमन्त्रीको घोषणालाई नजिकबाट नियाली रहेको बताउनु भएको छ । विज्ञप्तीमा भनिएको छ, ‘वैदेशिक रोजगारीका नाममा वेरोजगार नेपालीलाई विभिन्न प्रलोभन देखाई सेटिङमार्फत सिमाना कटाउने, विदेशमा बिचल्लीमा पार्ने, राहदानी र रकम असुल्ने बिचौलियालाई तह लगाउन खोजिएको हो भने ठिक छ । तर इजाजत प्राप्त म्यानपावर कम्पनीमाथी कारबाही गर्न खोजिएको हो भने संघ खेद प्रकट गर्दछ ।’

म्यानपावर कम्पनीलाई ठगको लान्छना नलगाउन चेतावनी दिँदै संघले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने सोचभए आफूहरुसँग छलफल गर्न आग्रह पनि गरेको छ । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vh1Jt5
via IFTTT

No comments:

Post a Comment