Monday, July 3, 2017

लाहुरे फिल्मको छायांकनमा व्यस्त रहेकी पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अस्पताल भर्ना

सोमबार सामाजिक सञ्जाल मार्फत आफ्नो दायाँ हात भाँचिएको भन्दै उनले अस्पतालको बेडबाटै खिचेको तस्बिर सार्वजनिक गरेकी छन् ।

घरको दराज लड्दा हातमा चोट लागेपछि उनी अस्पताल भर्ना भएकी हुन् । अस्पताल भर्ना भएको हल्ला भएपछि आफन्त र शुभेच्छुकले उनीबारे सोधखोज तीव्र पारेका थिए । ती सबैलाई धन्यवाद भन्दै उनले सानो सर्जरी पश्चात् हाल आफ्नो स्वास्थ्यमा सुधार आइरहेको फेसबुकमा लेखेकी छन् ।

उनी लाहुरे फिल्मको छायांकनमा व्यस्त थिइन् । फेसबुक मार्फत उनले लाहुरेको बाँकी छायांकनमा छिटै फर्कने आशा व्यक्त गरेकी छन् ।

सन् २०१२ मा मिस नेपालको ताज पहिरिएकी उनले ुगाजलुु मार्फत फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uhEkUu
via IFTTT

No comments:

Post a Comment