Monday, July 3, 2017

साझा सवाल हेरेपछि प्रधानमन्त्री सेरबहादुर देउवालाई -युएईमा बस्दै आएका नेपाली कांग्रेसकै सदस्यले लेखे एस्तो चेतावनी पूर्ण खुल्ला पत्र

युएई – आदरणीय सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउबा ज्यु जय नेपाल !सर्बप्रथम त तपाइको भौतिक शरिरलाइ आरामताको कामना साथै नेपाल लाई धेरै राम्रो बनाउछु भनेर सम्पुर्ण जनतालाई दिनु भएको कसम लाई हार्दिक बधाई ! मेरो घर स्याङ्जा जिल्ला चापाकोट नगरपालिका -७ मा पर्छ र बिगत केही समय देखि खाडी मुलुक युएई मा काम गर्दै आएको छु , देशमा भर्खरै निर्वाचन सम्पन्न हुँदै गरेको अबस्थामा मेरो नजर साझा सवाल मा पुग्यो निकै उत्सुकता साथ हेर्दै थिए तर मन कटक्क खायो तपाईं एक नेपाल देशको सिंङो खम्बा भए जस्तो लागेको थियो तर मलाइ तपाइले साधारण जनतालाइ दिएको जवाफ पटक्कै मन परेन , देशको एक प्रधानमन्त्री को जवाफ यस्तो आयो भनी अरुको जवाफ के आउला ? तपाइले देशबासिका नाममा सम्बोधन गरेका शब्द कस्ले लेखिदिएको थियो र पढ्नु भयो त्यसरि नै साझा सवाल को लागि पनि तयारी भएर जानू पर्ने थियो !
आज चारैतिर सम्पुर्ण सामाजिक संजालमा प्रधानमन्त्री कै चर्चा छ के हाम्रो देशलाई सधै यस्तै भाईरल बनाउने हो कि जस्तो लाग्न थाल्यो , कहिले सिमा सुवेदी , कहिले रिया श्रेष्ठ , कहिले तरकालिवाली त कहिले प्रधानमन्त्री , सम्पुर्ण देश हांक्ने ब्यक्ति बाट एक साधारण जनतालाइ तपाइले दिनु भएको जवाफ मेरो लागि ठाडो अस्विकार छ म पनि एक नेपाली कांग्रेश प्रती आस्था राख्ने र पार्टिलाइ धेरै सहयोग गर्ने ब्यक्ती हुं !सम्मानिय प्रधानमन्त्री ज्यु तपाइको त्यो साधारण जनतालाई दिएको आवेश का शब्दहरु मलाइ मात्र हैन सायद कसैलाई पनि मन नपरेको होला ” मलाई जनताले चुनेर ल्याउनु भएको हो के म आंफै आएको हो र , तपाईं धेरै बोल्दै हुनुहुन्छ ??

-हिजो त्यहि जनताले चुनेर ल्याएको हो तपाईलाइ जनताले तपाईबाट त्यस्तो जवाफ को अपेक्षा गरेका थिएनन कुन मुडमा जानू भयो र बोल्नु भयो? तपाईं देशको प्रधानमन्त्री तपाइले चाहेमा मलाइ जे पनि गर्न सक्नुहोला तर मेरो शब्दलाइ खोट लगाउन सक्नु हुन्न , मेरै एरियामा नेपाली कांग्रेश को हिजो मात्र जित भएर आज पुर्ब स्वास्थ मन्त्री गगन कुमार थापा ले सम्बोधन गर्दै हुनुहुन्छ तर मलाइ मेरो इनबक्स मा आएका म्यासेज र सामाजिक संजालमा फैलिएका तपाइका ती शब्द सुन्दा र सामाजिक संजाल भरि छरिएका तपाइका भिडियोहरुले मन धमिलो बनायो, कति रमाईला रमाइला पोस्ट हरु गर्दै नेपाली कांग्रेश का नारा लगाउदै देशको र देशबासिको एक मात्र सक्षम पार्टी नेपाली कांग्रेश भन्न कस्तो कस्तो लाग्यो तर म नेपाली कांग्रेश लाई गर्व गर्छु कांग्रेश सक्षम र इमान्दार छ तपाइका हिजोका ती शब्द हरु नेपाली कांग्रेश का शब्दहरु हैनन तपाइको ब्यक्तीगत शेरबहादुर देउवा को मात्र हो । सम्मानिय प्रधानमन्त्री ज्यु आंउदा दिनहरुमा पनि यस्तै गर्दै जानुहोला शुभकामना छ तपाइको ब्यक्तिगत जिबनलाई !! जय नेपाल
( नोट ~ आदरणीय सम्पुर्ण नेपाल प्रेमी मनहरु हिजो उहाको शब्द हरु कुनै पनि पार्टी संग सम्बन्धित नरहेर उहाँको प्रसनल जीवन बाट आएका शब्दहरु हुन यसमा नेपाली कांग्रेश को कुनै दोष छैन )
प्रकाश ढकाल
चापाकोट स्याङ्जा
हाल – युएई

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ti6VbX
via IFTTT

No comments:

Post a Comment