Tuesday, August 22, 2017

खुशीको खबर ! मासिक पाँच हजार बृद्धभत्ता , सबैको जानकारीका लागी सेयर गरौं

भैरहवा, ४ भदौ । सिद्धार्थनगर नगरपालिकाले ८५ वर्ष पुगेकहरुलाई मासिक पाँचहजार भत्ता दिने भएको छ। भैरहवामा आज नगरसभा गर्दै नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले उक्त कुरा घोषणा गरेका हुन्।

‘वृद्धवृद्धाहरुको सम्मानका लागि नगरपालिकाले यही वर्ष देखि भत्ता वृद्धि गरी ५ हजार दिने निर्णय गरेका छौं, नगर प्रमुख अधिकारीले भने, ‘नगरपालिका आर्थिक रुपमा सवल हुँदै गए वृद्ध भत्ता बढाउँदै जान्छौं।’

त्यसै गरि नगरपालिकाले चालू बर्षका लागि १ अरब ३८ करोड १५ लाख रुपैयाँ बढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। चालूतर्फ २८ करोड २४ लाख ९० हजार र पुँजीगततर्फ १ अरब ९ करोड ९० लाख २९ हजार रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको छ। साभार the news nepal बाट

The post खुशीको खबर ! मासिक पाँच हजार बृद्धभत्ता , सबैको जानकारीका लागी सेयर गरौं appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x8oXyZ
via IFTTT

No comments:

Post a Comment