Monday, August 7, 2017

सेक्युरिटी गार्डको लागी युएई पुगेका सापकोटाको २५ दिन नपुग्दै मृत्यु

काठमाडौँ – युएईको अबुधावीमा सेक्युरिटी कम्पनीमा कार्यरत एक नेपाली युवकको ज्यान गएको छ ।सेक्युरिटी कम्पनीका लागी २५ दिन अगाडी मात्र युएई पुगेका योगेश सापकोटाको दुई दिन अघि मृत्यु भएको बताइएको छ ।

शनिबार बिहानदेखि बिरामी परेका सापकोटालाई कम्पनीले उपचारको लागि साँझसम्म पनि हस्पिटल नलगेको र साँझ नेपालीहरु मिलेर हस्पिटल लैजादै गर्दा उनको मृत्यु भएको बताइएको छ ।

मुत्यु भएपछि सापकोटाको शवलाई अबुधाबीस्थित लाइफ लाइन हस्पिटलमा राखिएको छ। सापकोटाको मृत्युबारे नेपाली दुताबास युएईलाई जानकारी दिईएको र घटनाको सत्य तथ्य रिपोर्ट बाहिर आएपछि लाशलाई चाडै नेपाल ल्याइने बताइएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wmxheg
via IFTTT

No comments:

Post a Comment