Thursday, August 10, 2017

अब कतार जान भिसा नचाहिने !

काठमाडौं। कुनै देशमा विना भिसा प्रवेशको अवसर पाइन्छ भन्दा तपाईलाइ कस्तो लाग्छ । यस्तै व्यवस्था कतारले गरेको छ । अरब देशहरुको प्रतिवन्धपछि पर्यटनलाई बढाउनका लागि भन्दै कतारले भिसा विना नै आफ्नो देशमा प्रवेशको अनुमति दिने घोषणा गरेको छ ।

८० देशका नागरिकलाई विना भिसा कतारमा प्रवेश

कताले विश्वका विभिन्न ८० देशका नागरिकलाई विना भिसा आफ्नो देशमा प्रवेश दिने घोषणा गरेको छ ।
जसमा भारत, चीन, बेलायत, अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, लेबनान तथा न्यूजील्याण्ड जस्ता देश रहेका छन् । कतार पर्यटन प्राधिकरणका प्रमुख हसन अल इब्राहीमले भिसा फ्रि प्रवेशको घोषणाले कतार सवैभन्दा स्वतन्त्र क्षेत्र बनेको छ ।

अधिकारीहरुका अनुसार ३३ देशका नागरिकलाई १८० दिन कतारमा बस्ने अनुमति मिल्ने छ । जबकी बाँकी ४७ देशका नागरिकलाई एक महिनासम्म त्यहाँ बस्ने अनुमति प्राप्त हुने छ ।

यी ८० देशका नगरिकलाई कतार प्रवेशका लागि भिसाका लागि न आवेदन दिन पर्ने छ न त त्यसका लागि पैसाको खर्च गर्न नै पर्ने छ ।

प्रवेश गर्नका लागि यात्रूका लागि एक छूट पत्र दिइने छ जो फरक फरक राष्ट्रका मानिसका लागि हुने छ ।
जून २०१७ मा साउदी अरब तथा बहराइनसमेत ७ खाडी देशले कतारसँगको सम्बन्ध सकिएको घोषणा गरेका थिए ।

१८० दिन कतारमा विना भिसा बस्न पाउने ३३ देशका नागरिक यी हुन्

अस्ट्रेलिया
बहामास
बेल्जियम
बुल्गेरिया
कास्टारिका
साइप्रस
चेक रिपव्लिक
डेनमार्क
इस्टोनिया
फिनल्याण्ड
फ्रान्स
जर्मनी
ग्रीस
हंगेरी
आइसल्याण्ड
इटली
लाटभिया
नेदरल्याण्ड
नर्वेलगायत छन् ।

त्यस्तै ३० दिन कतारमा विना भिसा बस्न पाउनेमा

भारत
अर्जेन्टिना ब्राजिल
चिली
चीन
कोलम्बिया
जापान
इन्डोनेशिया
मलेसिया
माल्दिभ्स
रसिया
अमेरिका
बेलायत
दक्षिण कोरिया
भेनेजुएला लगायतका ४७ देश रहेका छन् ।
लोकान्तरबाट

The post अब कतार जान भिसा नचाहिने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wM0BKz
via IFTTT

No comments:

Post a Comment