Thursday, August 10, 2017

अब कृषियोग्य जमिन प्लटिङ गर्न रोक

काठमाडौं: सरकारले कृषियोग्य जमिन, प्लटिङ बन्द गर्ने भएको छ। खाद्य सुरक्षा तथा सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई सुनिश्चित गर्न कृषियोग्य जग्जाको बढ्दो खण्डीकरण रोक्‍न, भूमिसुधार ऐन २०२१ बमोजिम जग्‍गा प्लटिङ बन्द गर्न लागेको हो।

जग्गा प्लटिङ गर्ने व्‍यक्ति, फर्म संस्था वा कम्पनी सम्बन्धित निकायबाट अनुमति लिएर वा नलिइकन कृषि योग्य जग्गा कुनै पनि प्रकारले कित्ताकाट गरी घडेरीको रुपमा विक्री वितरण गर्न नपाउने गरी नयाँ नियम ल्‍याएको भूमिसुधार तथा व्‍यवस्था मनत्रालयले विहीबार पत्रकार सम्‍मेलन गरी जानकारी दिएको छ।

तर संगोलका अंशियारीहरुबीच प्रचलित कानुनबीच अंशबण्डा हुँदा अदालतको फैसला बमोजिम कित्ताकाट बन्देज नहुने भूमिसुधारमन्त्री गोपाल दहितले बताए। उनले भने ‘जग्गा धनीले एक आर्थिक वर्षमा एक पटकभन्दा बढी कित्ता काट गरी विक्री वितरण गर्न पाउने छैनन्। यसको विस्तृतविवरण हामी पत्रिका प्रकाशन गर्नेछौ।’annapurnapost

The post अब कृषियोग्य जमिन प्लटिङ गर्न रोक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vIgdlu
via IFTTT

No comments:

Post a Comment