Saturday, September 30, 2017

घरको ढोकामा यी चिज राख्दा आउँछ खुशियाली अनि धन पनि

घरको ढोकामा यी चिज राख्दा आउँछ खुशियाली अनि धन पनिमेन गेटको ठीक अगाडि एउटा ठूलो ऐना ठड्याउनुस् ताकि घरमा छिर्ने मान्छेको पूरा प्रतिबिम्ब त्यसमा आओस् । यसो गर्दा नकारात्मक ऊर्जा भएको मान्छे घरमा छिरेछ भने पनि त्यसका ऊर्जा फर्केर जान्छन् । द्वारमा आशीर्वाद मुद्रा भएको हनुमानजीको मूर्ति वा तस्वीर लगाउँदा दक्षिणतिर फर्केको मूलद्वारको वास्तुदोष काटिन्छ । मूलद्वारमा पञ्चधातुको पिरामिड लगाउँदा पनि वास्तुदोष समाप्त हुन्छ ।

मुख्य द्वारमा वास्तुदोष देखिएमा घन्टी वा विन्डचाइम झुण्ड्याउनुस् जसका कारण घरमा नकारात्मक ऊर्जा छिर्न पाउँदैन ।घरमा तुलसीको बिरुवा रोप्नुस् र सन्ध्याकालमा दिनदिनै तुलसीका अगाडि दीप बाल्नुस् । सबैखाले वास्तु दोष सकिन्छन् । घरवरिपरि हरियो दूबो उम्रेको छ भने दिनदिनै गणेशजीको प्रतिमामा चढाउनुस् । वास्तु दोष भाग्छ ।

सुख शान्तिका लागि घरको उत्तरी भागमा धातुबाट बनेको कछुवाको प्रतिमा राख्नुस् । घरमा नकारात्मक ऊर्जा आउन पाउँदैन ।मुख्य द्वारमा क्रिस्टल बल झुण्ड्याउनुस् र रातो रंगको फित्ता बाँध्नुस् । घरको मूलद्वार खोल्नेबित्तिकै भ-याङ छ भने भ-याङमा पर्दा लगाउनुस् । मुख्य प्रवेशद्वारबाहिर आफ्नो सामर्थ्य अनुसार रंगोली बनाउनु शुभ हुन्छ । यसले माता लक्ष्मीलाई आकृष्ट गर्छ र नकारात्मक ऊर्जालाई नजिकै ढिम्किन दिँदैन ।

The post घरको ढोकामा यी चिज राख्दा आउँछ खुशियाली अनि धन पनि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xGG2Du
via IFTTT

No comments:

Post a Comment