Sunday, September 24, 2017

नेपालीहरुको लागि खुसीको खबर : भारतीय प्रतिस्पर्धीलाई पाखा लगाउदै बिर शेर्पा बने ‘डान्स प्लस’का विजेता !

भारतीय रियालीटी शो ‘डान्स प्लस’को तेस्रो सिजनको विजेता पुनीतको टीमबाट बिर राधा शेर्पा भएका छन्। अपरदीप सिंह नाट फस्ट रनरअप भएका छन् भने आर्यन पात्रा दोस्रो रनरअप भएका छन्। बरुण र शवानी तेस्रो रनरअप भएका छन्।

विरले २५ लाख भारतीय रुपैयाँ पाएका छन् र एक कार पनि उपहार पाएका छन्।

स्टार प्लसबाट आउने कार्यक्रम ‘डान्स प्लस’को ग्रान्ड फिनाले भने अहिलेसम्म प्रसारित भएको छैन। फाइनलको शो २४ सेप्टेम्बर आइतबार राति प्रसारित हुनेछ। शो को गान्ड फिनालेमा प्रभु देवा पनि समोल हुनेछन्।

बिर यस शो मा शुरुवातबाटै आफ्नो डान्ड स्टाइल र डान्सको कारण जज रेमो डिसुजाको मनपर्ने डान्सर बनेका थिए।

असामको सिचरमा बस्ने बिरले यसअघि डान्स इन्डिया डान्समा पनि सहभागी भएका थिए।

The post नेपालीहरुको लागि खुसीको खबर : भारतीय प्रतिस्पर्धीलाई पाखा लगाउदै बिर शेर्पा बने ‘डान्स प्लस’का विजेता ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xDOAKM
via IFTTT

No comments:

Post a Comment