Sunday, September 24, 2017

सँगै राप्रपा प्रवेश गरेका कोमल वली र रेखा थापा दुईतिर, कोमल आज एमाले प्रवेश गर्दै

काठमाडौं, ९ असोज । केपी ओली नेतृत्वको सरकारमा रहेका बेला राप्रपा अध्यक्ष कमल थापाले भनेका थिए, ‘आवश्यक पर्‍यो भने एमालेसँग पार्टी मर्ज गर्न तयारी हुनुपर्छ ।’ त्यसबेला थापाले दिएको अभिव्यक्तिलाई धेरैले चासो दिएका थिएनन्, तर अहिले उनको भनाइ चरित्रतार्थ हुँदै गएको छ ।

एक वषअघि एकैपटक राप्रपा प्रवेश गरेका गायिका कोमल वली र नायिका रेखा थापा दुवै अब राप्रपामा नरहने भएका छन् । कोमल आज एमाले प्रवेश गर्दैछिन् भने रेखाले पहिल्यै राप्रपा परित्याग गरी डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) प्रवेश गरेकी छन् ।

रेखाले राप्रपा छाड्दा कोमलले कुनै प्रतिक्रिया जनाएकी थिइनन् । तर, कोमलले राप्रपा छाड्ने निर्णय गरेपछि रेखा थापाले त्यसको स्वागत गरेकी थिइन् । दुवै गत फागुनमा सम्पन्न राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

सोमबार दाङको घोराहीमा हुने एमालेको बृहत् सभामा एमाले अध्यक्ष केपी ओलीले कोमललाई एमालेमा प्रवेश गराउने तयारी भएको छ । कोमल वलीले एमालेसँग सांसदको ‘बार्गेनिङ’ गरिरहेको र एमालेले सांसद दिने पक्का भएपछि प्रवेशको तयारी गरेको स्रोतले बताएको छ । राप्रपाले भूमिकाविहीन बनाएको भन्दै पहिलेदेखि नै कोमल पार्टी नेतृत्वसँग रुष्ट हुदै आएकी थिइन् । कोमल र रेखाले राप्रपामा महिला नेतृलाई सो पिसका रूपमा मात्र राखिएको कुनै भूमिका नदिने गरेको भन्दै सार्वजनिक रूपमा पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

The post सँगै राप्रपा प्रवेश गरेका कोमल वली र रेखा थापा दुईतिर, कोमल आज एमाले प्रवेश गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ymYrC2
via IFTTT

No comments:

Post a Comment