Wednesday, September 27, 2017

म ड्राईभरको पछाडी थिए,मेरो होस् आउदा ड्राईभरको टाउको थिएन आखैको अगाडी हजुरवा बित्नु भयो, अन्यको अंगभंग भएका थिए -धादिङ बस दुर्घटनामा भाग्यले बाँचेका बिकी थापा मगर

काठमाण्डौ ,११ असोज | बस साढे ८:३० बजे धादिङ बेँसीबाट हिँडेको थियो। बसमा सिटमा मात्र यात्रु थिए। गाडीको बीचमा कोही उभिएका थिएनन्। व्यापारीले दशैँका लागि भनेर हुटमा फेन्सी सामान हालेका थिए। लपाङ फेदिमा पुगेपछि चालकले खाना खान बस रोके। हामी सबै गाडीबाट ओर्लियौं।

बस सडक डिलको पर्खाल भत्काएर तल झर्‍यो। बझारिँदै तल खस्यो। तल पुगेर बजारिएपछि गाडीको गति रोकियो। यसो हेरेको चालकको टाउको सिटमा थिएन, शरीर मात्र थियो।
म हजुर बुवासँगै (पदमबहादुर थापा मगर) उहाँको पेन्सन लिएर फर्किंदै थिएँ। मारपाक गाविसबाट हामी ४ जना बसमा चढेका थियौं। लपाङ फेदिमा खाना खाइसकेपछि बस उकालो लाग्यो। बाटो भिरालो थियो। भिरालो बाटोको डिलपट्टिबाट बस गुडिरहेको थियो। ढिलमा सानो पर्खाल पनि थियो। सडक कच्ची थियो। उकालो बाटो आयो।

उकालो कट्नै लागेको थियो बस एक्कासि अनियन्त्रित भयो। चालकले ब्रेक हाने। बसभित्र कोकोहोलो मच्चियो। सबै अत्तालिएर कराए, चिच्याए। गुहार गुहार भन्न थाले।

म चालक बस्ने सिटको ठिक पछाडि थिएँ। सिटभन्दा माथिपट्टि सामान राख्ने ठाउँको डण्डीलाई समातेँ। गाडी जता जता कोल्टियो। मैले जिउलाई लचकदार बनाएर त्यतै त्यतै कोल्ट्याएँ। बस सडक डिलको पर्खाल भत्काएर तल झर्‍यो।

म चालक बस्ने सिटको ठिक पछाडि थिएँ। सिटभन्दा माथिपट्टि सामान राख्ने ठाउँको डण्डीलाई समातेँ। गाडी जता जता कोल्टियो। मैले जिउलाई लचकदार बनाएर त्यतै त्यतै कोल्ट्याएँ। बस सडक डिलको पर्खाल भत्काएर तल झर्‍यो।

बजारिँदै तल खस्यो। मैले अाँखा चिम्लिएँ। तल पुगेर बजारिएपछि गाडीको गति रोकियो। अाँखा खोलेँ। यसो हेरेको चालकको टाउको सिटमा थिएन, शरीर मात्र देखेँ। बस करिब ५ सय मिटर तल खसेको जस्तो लाग्यो। मारपाकका हामी ४ जना चढेका थियौं। त्यसमध्ये मेरै आँखा अगाडि ३ जना साथीको मृत्यु भयो। बस तल पुग्दा गाडीमा ५-६ जनाको शरीर मात्र चलेको देखिन्थ्यो। अरु सबैको जिउ यताउता छरिएको थियो। कसैका अङ्गहरु थिएनन्। मैले यसो आँखा उठाएर हजुर बुवा खोजेँ। हेर्दाहेर्दै उहाँले पनि धर्ती छोड्नुभयो। नागरिकन्युज

The post म ड्राईभरको पछाडी थिए,मेरो होस् आउदा ड्राईभरको टाउको थिएन आखैको अगाडी हजुरवा बित्नु भयो, अन्यको अंगभंग भएका थिए -धादिङ बस दुर्घटनामा भाग्यले बाँचेका बिकी थापा मगर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xANr4A
via IFTTT

No comments:

Post a Comment