Saturday, November 25, 2017

बराहक्षेत्र मन्दिरमा रहेका परेवाहरु एकाएक मर्दै, कारण यस्ताे

हिन्दु धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्र मन्दिरमा रहेका परेवाहरु दैनिक भकाभक मर्न थालेका छन । मन्दिर क्षेत्रका परेवाहरु भकाभक मर्न थालेको विषयमा मन्दिर आसपासका मानिससँग सोधखोज गर्दा चुना खाएर मर्ने गरेको बताएका छन ।

बराहक्षेत्रका मुख्य मन्दिर बाहेक सूर्य भगवान लगायतका मन्दिरहरुको छत वा मन्दिर परिसरमा नै थुप्रै परेवाहरु मर्नुको कारण बर्डफ्लूका कारणले मरेको हुन सक्ने आशङ्का गरिए पनि सम्वन्धित निकायले मरेका परेका विषयमा जाँच नगरेकाले परेवाहरु मर्नुको कारण के हो भनेर भन्न सक्ने अवस्था नरहेको त्यहाँका पुजारीको भनाई रहेको छ ।

बराहक्षेत्र मन्दिर नजिकै घर रहेका भक्त श्रेष्ठले मन्दिरका परेवाहरु भकाभक मरेको विषयमा प्रश्न गर्दा उहाँले मन्दिरको चुना खाएर परेवाहरु मरिरहेको जानकारी दिनुभयो । मन्दिरका परेवाहरु चुना खाएर झोक्राउने र विहान घाम नलाग्दै मर्ने गरेको पनि जानकारी दिनुभयो ।

मन्दिर परिसरमा घाम लागेर परेवाहरु तातेपछि विहान झोक्रिएका परेवाहरु दिउँसो सरस्वाउँदो बन्ने गरेको मन्दिर आसपासका स्थानीयवासीले जानकारी दिनुभयो । तर केही स्थानीयवासीले भने केही दिनदेखि परेवाहरु मरिरहेकाले किन मरेका हुन भनेर एकिन सँग भन्न नसकिने बताएका छन । -पुर्बेली न्युज बाट साभार

The post बराहक्षेत्र मन्दिरमा रहेका परेवाहरु एकाएक मर्दै, कारण यस्ताे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A7XTEd
via IFTTT

No comments:

Post a Comment