Monday, November 27, 2017

ऋचा शर्माको पक्ष लिँदै रेखा थापाको दीपक–दीपामाथि आक्रोश, जोकरभन्दा माथि नउठ्ने भए

काठमाडौं, ११ मंसिर । नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टिमबीचको विवादमा नायिका रेखा थापा पनि सामेल भएकी छन् । उनले नायिका ऋचा शर्मा बौद्धिक महिला भएको भन्दै उनीविरुद्ध खनिनेलाई ‘जोकर’ को संज्ञा दिएकी छन् ।
काठमाडौंमा हालै आयोजित एक कार्यक्रममा ऋचाले ‘छक्का पञ्जा २’ चलचित्रमा महिलामाथि गरिएको हिंसा हेरेर दर्शकले ताली बजाएको र आफूलाई नमज्जा लागेको भन्दै ती सबै मूर्ख भएको भन्ने अभिव्यक्तिलाई लिएर दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्काले उनीविरुद्ध आक्रोश जनाएका थिए ।

यही विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा पक्ष विपक्षमा आ–आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ । केहीले ऋचाको सपोर्ट गरेका छन् भने धेरैले ऋचाले बोलेको विषय र छक्का पञ्जा टिमका धारणालाई समाचार बनाएका छन् ।
नायिका रेखा थापाले भने पत्रकार डीबी खड्काले पोस्ट गरेको धारणामा आफू पनि सहमत भएको भन्दै ऋचा शर्माको पक्ष लिएकी हुन् । रेखाले लेखेकी छन्, ‘भिडियोमा दर्शकलाई मूर्ख भनेको छैन । सी इज इन्टेलिजेन्ट वुमन । के बोल्ने के नबोल्ने उसलाई थाहा छ । एउटा महिलाको पछि लागेर अचम्म लागिराछ मलाई । खै उनीहरूबाट समाज रुपान्तरणको अपेक्षा थियो, तर जोक्करभन्दा माथि नउठ्ने भए ।’

ऋचाविरुद्ध छक्का पञ्जा टिम नै लागेकाले रेखाले जोक्कर भनेर संकेत गर्न खोजेको दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्कालाई हो भन्ने प्रस्ट हुन्छ ।

The post ऋचा शर्माको पक्ष लिँदै रेखा थापाको दीपक–दीपामाथि आक्रोश, जोकरभन्दा माथि नउठ्ने भए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ABvcAy
via IFTTT

No comments:

Post a Comment