Sunday, November 19, 2017

प्रहरीका तीन आईजीलाई लाजिम्पाट बोलाएर प्रचण्डले भने– प्रकाशको सहन निधन होइन, हत्या भएजस्तो लाग्यो

काठमाण्डु, ३ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पुत्र प्रकाशको सहज निधन नभई हत्या भएको हुनसक्ने आशंका गरेका छन् । प्रचण्डले झापाबाट राजधानी फर्केलगत्तै लाजिम्पाटस्थित निवासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धन विभागका प्रमुखलाई बोलाएर हत्या भएको आशंका गरेका हुन् ।

प्रचण्डले बोलाएपछि नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, सशस्त्रका सिंहबहादुर श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी लाजिम्पाट पुगेका थिए । प्रहरी उच्च स्रोतका अनुसार प्रचण्डले आफूलाई प्रकाशको मृत्यु नभई हत्या हुन सक्ने आशंका गर्दै गम्भीर छानविनका लागि निर्देशन दिएका छन् ।

‘मलाई उसको सहज निधन भएको जस्तो लाग्दैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘के भएको हो सत्यतथ्य छानबिन गर्नुस ।’

उनले प्रकाशले शनिबार साँझ आफूलाई टेलिफोन गरेको र आइतबार चितवन जाने बताएको उल्लेख गरे । ज्वरो आएको भन्दै प्रकाश बाम गठबन्धनले आइतबार झापाको विर्तामोडमा आयोजना गरेको चुनावी सभामा बाबुसँग गएका थिएनन् kathmandutoday

The post प्रहरीका तीन आईजीलाई लाजिम्पाट बोलाएर प्रचण्डले भने– प्रकाशको सहन निधन होइन, हत्या भएजस्तो लाग्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zP3X4B
via IFTTT

No comments:

Post a Comment