Sunday, November 19, 2017

पशुपति आर्यघाटमा प्रकाशको अन्त्येष्टि,‘प्रचण्ड’ आफैँले यसरी दिए दागबत्ती ( भिडियो )

काठमाडौं – प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । प्रकाशका छोराहरूको ब्रतबन्ध नभएका कारण प्रचण्डले नै दागबत्ती दिएका हुन्। प्रकाशकी जेठी पत्नी सिर्जनाबाट ८ वर्षीय छोरा प्रसिद्ध छन् भने कान्छी बीनाबाट जन्मेका ४ वर्षीय छोरा प्रणव छन्।

उमेर सानै भएकाले उनीहरूको ब्रतबन्ध भएको छैन। ब्रतबन्ध नभएका छोराले दागबत्ती दिने चलन हिन्दू संस्कारमा छैन। दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । आँखाभरी आँशु लिएका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए । २०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा पनि प्रकाशले नै सचिवालयको जिम्मा निर्वाह गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।हेर्नुहोस भिडियो

The post पशुपति आर्यघाटमा प्रकाशको अन्त्येष्टि,‘प्रचण्ड’ आफैँले यसरी दिए दागबत्ती ( भिडियो ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iwy3Qp
via IFTTT

No comments:

Post a Comment