Sunday, December 31, 2017

३० बर्षदेखि मन्दिरमा परेवाको दाना बेच्दै आएकी माइली सिलवालको कथा, जसले यसरी नै जीवन धानेकी छन्

काठमाडौँ, १६ पुस । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर प्राङ्गणमा एक वृद्धा सँधै भेटिन्छिन् । उनको नाम हो, माइली सिलवाल । जसले ३० वर्षदेखि अधिकांश समय यही मन्दिरको प्राङ्गणमा बिताउँदै आएकी छन् । मन्दिरको दर्शन गर्ने, घाम ताप्दै दिन कटाउने अधिकांश वृद्धवृद्धाको दिनचर्या हो । तर, माइलीको कथा भने छुट्टै छ । हरेक दिन गोदावरी मानडाँडाबाट यहाँ आएर परेवाको दाना बेच्नु उनको दिनचर्या हो । अब तपाईंलाई लाग्न सक्छ, परेवाको दाना बेचेर कति फाइदा होला ? यसको गतिलो उदाहरण उनै माइली हुन् । जसले ३० वर्षदेखि परेवाको दाना बेचेरै जीविकोपार्जन गर्दै आएकी छन् ।

यो मन्दिर हिन्दूहरुको धार्मिकस्थल मात्रै होइन, यो विश्व सम्पदामा सूचिकृत सम्पदा पनि हो । यहाँ हरेक प्रकारका मानिसहरु विभिन्न उद्देश्यले आउने गर्छन् । कोही तिर्थाटन गर्न आउँछन् त कोही घुमफिर गर्न । यति मात्रै होइन व्यापारदेखि दिन कटाउने स्थानको रुपमा पनि पाटनको दरबार स्क्वायर क्षेत्रलाई उपयोग गर्छन । जो जसरी आएपनि अधिकांशले परेवालाई दाना हाल्न छुटाउँदैनन् । अभिभावकले परेवालाई दाना दिनेक्रममा बालबालिकाहरुले मनोरञ्जन पनि लिने गरेका छन् । यही कारणले माइलीको व्यापार फस्टाएको छ । ‘यहाँ आउन धेरैले परेवालाई दाना दिने गर्छन्,’ उनी भन्छिन्, ‘दानको व्यापारा राम्रो छ ।’

यही व्यापारले माइलीले आफ्नो घर व्यवहार मात्रै होइन्, छोराछोरीको विवाहका लागि आवश्यक खर्च समेत जुटाएकी छन् । घर परिवारमा छोराबुहारी, नातिनातिना रहेका बताउने हरेक दिन बिहान ७ बजे मन्दिरमा आइपुग्छिन् । चार घण्टाको परेवाको दाना व्यापारले परिवारको गर्जाे टरेको बताउँने उनी ११ बजे भने घर फर्र्किन्छन् ।

छोरा टाउको रोगका कारण काम गर्न नसक्ने र बुहारी पनि सामान्य घरको मात्रै काम गर्ने गरेकाले आर्थिकभार आफैँले थेग्नु परेको उनी सुनाउँछिन् । उमेर ढल्कँदै गएकाले व्यापार गर्न विस्तारै गाह्रो हुन थालेको उनको भनाइ छ । उनी त प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरै मानिस छन्, जसले मन्दिरमा व्यापार गरेर गुजरा चलाएका छन् ।

प्रस्तुति– निता महर्जन/प्रशिक्षार्थी पत्रकार medianp

The post ३० बर्षदेखि मन्दिरमा परेवाको दाना बेच्दै आएकी माइली सिलवालको कथा, जसले यसरी नै जीवन धानेकी छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C4b9Yi
via IFTTT

दीपकसँग बिहे गर्न कानूनले रोक्योः दीपाश्री निरौला

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले कानूनले रोकेका कारण आफूले अभिनेता दीपकराज गिरीसँग विवाह गर्न नसकेको बताएकी छिन् ।

‘धमलाको हमला’ टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै दीपाले यस्तो खुलासा गरेकी हुन् । ‘नेपालको कानूनले दुईवटा विवाह गर्न दिँदैन’, उनले भनिन्, ‘हामी कलाकारले नै कानून मिच्ने हो भने अवस्था के आउला ?’

नेपालमा पछिल्लो समय हलमै गएर चलचित्र हेर्नेको संख्या ह्वात्तै बढेको उनले बताइन् ।

आफू र दीपकराज गिरीबीचको सम्बन्धमा कुनै दरार नआउने समेत उनले जिकिर गरिन् । उनले भनिन्, ‘सम्बन्धमा दरार त अब मरेपछि मात्रै आउला, बाँचुञ्जेलसम्म सम्बन्ध अत्यन्तै राम्रो हुन्छ ।’

दीपाले आफूलाई दीपकको सबैभन्दा मनपर्ने कुरा उसको लेखन लागेको बताइन् । उनले भनिन्, ‘उसको लेखन अब्बल छ, स्क्रिन प्ले कलाको हिसावले, मानवीय हिसाबको कुरा हुन्छ भने उ एकदमै अम्बल छ, अरुलाई चित्त दुखाउँ भन्ने उसको सोच छैन, उसलाई घमण्डी पनि भन्छन्, यो गलत आरोप हो, हामी सबैलाई टिकाइरहेको छ ।’

दीपकसँग आफ्नो सहयात्रा २५ वर्षको सम्बन्ध भएको भन्दै आगामी दिनमा पनि यसरी नै अविरल बाँच्न चाहेको सुनाईन् ।

अभिनेत्री दीपाले अर्को पुरुषसँग विवाह गर्दा पनि आफू र दीपकराजसँगको सहकार्य नटुट्ने बताइन् ।

The post दीपकसँग बिहे गर्न कानूनले रोक्योः दीपाश्री निरौला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Cru7LY
via IFTTT

पोखरामा फेरी अर्की महिलाको शव पनि भेटियो, सेती नहरको पानी सुकाएर शव निकाल्यो प्रहरीले !

पोखरामा फेरी अर्की एक महिला मृत भेटिएकी छिन् । पोखरा १३ दुई कुलाको मुहानस्थित सेती नहरमा पर्वत स्थायी घर भई पोखरा १३ शान्तिमार्गमा डेरागरी बस्ने अन्दाजी ३५ बर्षिय जमुना सुवेदीको शव भेटिएको हो ।

बुधबार बिहान पाँच बजे नहरको फोहोरसँगै अड्किएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले विहान करिब ७ बजे नहरको पानी सुकाएर शव बाहिर निकालेको हो ।

मंगलवार राति खाना खाएर सँगै सुतेकी आमा बिहान उठ्दा घरमा नदेखेको र पछि नहरमा शव भेटिएको १५ बर्षिय छोरी रविना सुवेदीले बताईन् । मृतक जमुनाका श्रीमान् र छोरा रोजगारीको क्रममा भारतमा छन् भाने आमाछोरी पोखरामा डेरामा बस्दै आएका थिए ।

शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ र घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

satyasamachar.com बाट साभार गरिएको

The post पोखरामा फेरी अर्की महिलाको शव पनि भेटियो, सेती नहरको पानी सुकाएर शव निकाल्यो प्रहरीले ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C2iuHY
via IFTTT

नयाँ वर्षको दिन घरमा गर्नुहोस् यी ५ परिवर्तन, वर्षभरि नै हुनेछ लक्ष्मीको बास!

अब भोलिको दिन बाट नै नयाँ वर्ष २०१८ को आरम्भ हुन गईरहेको छ । सबैले आफ्नो घर सफा होस्, सजिएको होस्, बलियो होस्, खुसी छाओस, परिवारमा सबैको राम्रो सम्बन्ध होस्, भविष्यमा सकारात्मक योजना बनोस, उत्साह होस् भन्ने कल्पना हामी सबैको हुन्छ ।

तर घरलाई राम्रो बनाउने प्रयासमा कतिपय मानिसहरु असफल हुने गर्दछन् । त्यसैले नयाँ वर्षमा नयाँ केहि होस् भन्ने चाहानुहुन्छ भने यस्ता रहेका छन् केहि उपायहरु:
भित्ता भत्किएको, प्वाल भएको , जालो, बिग्रिएको झ्यालहरुले हाम्रो मनलाई प्रतिविम्बित गर्ने गर्दछ । त्यसैले सबैभन्दा पहिले यस्ता समस्याहरुलाई मर्मत गर्न जरुरी रहेको छ । सामर्थ्यको अनुसार घरमा रङ-रोगन गराउनुहोस् । यदि बच्चाको शिक्षा, बुद्धिमानी, युवावस्थाको विकासलाई राम्रो राख्न चाहानुहुन्छ भने पूर्व दिशालाई ठिक राख्न अति आवश्यक छ ।
यस दिशामा ईन्द्रको प्रभाव रहने गर्दछ । यस दिशामा मेष र वृष राशि तथा शुक्रको प्रभाव हुने गर्दछ । बच्चाको सुत्ने कोठालाई इन्द्रको प्रवाभमा राख्न चाहनुहुन्छ भने ईन्द्रसँग जोडिएको कुरा जस्तै: हात्ती, हिरा, क्रिस्टल या सेतो रङको घोडा राख्नुहोस् ।

भान्सा घरको विशेष भाग हो । त्यसैले आग्नेय दिशा (पूर्व-दक्षिणको कुना) लाई सुधार्नुहोस् । यस दिशामा प्रज्वलित अग्निको तस्वीर, मंगल चिन्ह, मैनबत्ती या अग्नि तत्वको प्रतीक त्रिकोण आकृति लगाउनुहोस् ।
यस दिशामा रातो ,पहेलो र सुन्तला रङ प्रयोग गर्नुहोस् । अनिन्द्रा, छट्पटी र बीमारीबाट ग्रषित हुनुहुन्छ भने दक्षिण दिशालाई सुधार्नुहोस् । दक्षिण दिशालाई सुधार्नको लागि भित्तामा गाई या गोरुको चित्र राख्नुहोस ।

निन्द्राको समस्या, भूत-प्रेतको डर अथवा नराम्रो सपना आउछ भने नैऋत्य दिशा अर्थात् दक्षिण-पश्चिमको कुनालाई मर्मत गर्नुहोस् । यो शनि ग्रह तथा भूमि तत्वसँग जोडिएको स्थान हो । यसमा भान्सा या मुख्यद्वार नबनाउनुहोस् ।
यस स्थानलाई शुभ बनाउनको लागि बैंगनी रङको ठुलो बिरालो या सिंहको तस्वीर राख्नुहोस । शुक्र शयनकक्षसँग जोडिएको ग्रह हो, त्यसैले यसमा गुलाबी र हल्का हरियो रङको प्रयोग गर्नुहोस् ।

टाढाको सम्बन्ध सुधारको लागि वायव्य कोण (उत्तर-पश्चिम) लाई ठिक गर्नुहोस् । चन्द्रमा यस स्थानको कारक मानिन्छ । यहाँ कुनै पनि चिज स्थिर रहने गर्दैन । त्यसैले यसमा बाथरूम या गेस्ट रूम बनाउनुहोस् र यहाँ अर्धचन्द्राकार चन्द्रको फोटो राख्नुहोस् । लाभदायी वार्तालापको लागि यस दिशामा टेलीफोन र मोबाइल राख्नुहोस् । हल्का सिल्वर अर्थात् चाँदी रङ यस स्थानमा निकै राम्रो हुनेछ ।

स्वास्थ्य ठिक नहुने र धनको समस्या हुने गर्दछ भने उत्तर दिशामा ध्यान दिने गर्नुहोस् । यस स्थानमा कुबेर तथा बृहस्पतिको प्रभाव रहने गर्दछ । यहाँ स्टोर, लाइब्रेरी,अफिस र अमुल्य सामान राख्नको लागि उत्तम स्थान हो ।यहाँ आफ्नो पुर्खाहरूको तस्वीर नराख्नुहोस् । बृहस्पतिलाई खुशी राख्नको लागि पहेलो रङको प्रयोग गर्नुहोस् । medianp

The post नयाँ वर्षको दिन घरमा गर्नुहोस् यी ५ परिवर्तन, वर्षभरि नै हुनेछ लक्ष्मीको बास! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CwtFtu
via IFTTT

पहाडमा जहाज ठोक्किँदा १२ जनाको मृत्यु, एकै परिवारका ५ जनाको घटनास्थलमा नै गयो ज्यान

एजेन्सी । कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । ल्याटिन अमेरिकी देश कोस्टारिको विमान गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा दुर्घटनामा पर्दा एकै परिवारका पाँचजना समेत रहेको बिबिसीले जनाएको छ ।

दुर्घटनामा कोस्टारिकन पाइलट र को–पाइलट को पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा १० जना अमेरिकी पर्यटक रहेको बिबिसीले जनाएको छ । विमान दुर्घटना हुनुको कारण भने अझै खुलेको छैन ।

The post पहाडमा जहाज ठोक्किँदा १२ जनाको मृत्यु, एकै परिवारका ५ जनाको घटनास्थलमा नै गयो ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DHs1o7
via IFTTT

सर्पको जस्तै छाला भएकी यी किशोरी

एजेन्सी– भारतकी एक किशोरीको शरीरको सबै छाला सर्पको जस्तै छ। उनका हात–खुट्टा मात्र देख्दा मानिसहरु सर्प भनेर झुकिन्छन्। सर्पको जस्तै उनको छालामा कत्ला पर्ने र झर्ने गर्छ।

सलिनी यादव नाम गरेकी १६ वर्षीया ती किशोरीको शरीरबाट एउटा अनौठो गन्ध पनि आउँछ। उक्त गन्ध सर्पको कत्लाबाट आउने गन्धजस्तै भएको बताइएको छ।

परिबारको दयनीय आर्थिक अवस्थाका कारण खर्च जुटाउन नसक्दा उनको उपचार समयमै हुन नसकेको हो। किशोरीलाई इराइथ्रोडर्मा भएको चिकित्सकको अनुमान छ। इराइथ्रोडर्मा एक प्रकारको छाला सम्बन्धी रोग हो, जसले छाला भतभती पोल्छ। उनको समस्यलाई ‘रेड मेन सिन्ड्रोम’ पनि भनिन्छ। यसले छालाको पाप्रा उप्किन्छ।

उनको हरेक ४५ दिनमा शरीरको छाला उप्किने गरेको छ। उनले हरेक घण्टा आफ्नो छाला पानीले भिजाउनुपर्छ। दिन, रात, बिहान सबै समयमा हरेक घण्टा पानीले भिजाउनुपर्छ। त्यसपछि हरेक तीन–तीन घण्टामा शरीरभरि नै क्रिम लगाउनुपर्छ। नत्र उनी छाला सुकेर हिँडडुल गर्न सक्दिनन्। उनको हातखुट्टा र अनुहार आगोले पोलेजस्तै देखिन्छन्। बाल्यकालदेखि नै उनमा यो समस्या देखिएको उनकी आमाले बताइन्।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

भनिन्, ‘सलिनीलाई धेरै चिकित्सक कहाँ लगे तर कहीँ पनि उपचार हुन सकेन। बरु उनको अवस्था झन् बिग्रँदै गयो। यो रोगले छोरीलाई पलपल मृत्युको मुखमा धकेलेको भन्दै उनकी आमाले दुखेसो पोखिन्।

ती किशोरीले भनेकी छिन्, ‘म पढ्न चाहन्थे तर उनीहरुले विद्यालयबाट निकालिदिए। मेरो अनुहार देख्दा विद्यालयका अन्य छात्रछात्रा समेत डराएर मलाई विद्यालयबाट निकालिदिएका हुन्।’ उनी भन्छिन् ‘मेरो समस्याका कारण घरका सबै सदस्य पीडित छन् ।’

The post सर्पको जस्तै छाला भएकी यी किशोरी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CxGns2
via IFTTT

सन् २०१८ काे वार्षिक राशिफल

सन् २०१७ को समाप्ति र अङ्ग्रेजी नयाँ वर्ष २०१८ को आगमन हुन लागेको छ । यस पटक पनि हामी तपाईंको राशिफल र ग्रहगोचरको लेखाजोखा गर्न लागेका छौं । यो पूर्वीय ज्योतिषशास्त्र र वैदिक ज्योतिषमा आधारित फलादेश हो । यसमा आगामी नयाँ वर्ष राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशमा केकस्तो रहने छ भन्ने विषयमा चर्चा त गरिने नै छ, साथै आममानिसको व्यक्तिगत जीवनका विविध आयामका बारेमा पनि विवेचना गर्ने प्रयास गरिने छ, जस्तै पारिवारिक जीवन, आर्थिक पक्ष, व्यक्तित्व विकास, दाम्पत्य सुख वा प्रेमजीवन, अध्ययनअध्यापन, व्यवसायिक र सामाजिक जीवन आदि । पहिलो प्रसङ्ग सन् २०१८ को ग्रह गोचर र राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशमा यसको असरका बारेमा चर्चा गरौं ।

हुन त ज्योतिषीय विश्लेषणमा सूर्य र चन्द्रमाको गणनाले महत्त्व राख्ने हुँदा सनातन परम्परामा चान्द्रवर्षका आधारमा चैत्र शुक्लपक्षको प्रतिपदादेखि र सौर्य वर्षका आधारमा वैशाख ०१ गतेदेखि नयाँ वर्ष प्रारम्भ हुने मान्यता छ । त्यसैले ज्योतिषशास्त्रमा वर्षफल निर्धारण गर्दा सूर्यले मीन राशि त्यागी मेष राशिमा प्रवेश गरेको बिन्दुका आधारमा वर्षकुण्डली तैयार गरी गर्ने परम्परा छ, यद्यपि हाल बहुसङ्ख्यक स्थानमा अन्तर्राष्ट्रिय प्रचलनमा रहेको अङ्ग्रेजी नयाँ वर्षलाई नै नववर्ष मान्ने र हर्षोल्लासका साथमा नयाँ वर्षलाई स्वागत गर्ने परम्परा विकसित हुँदो अवस्था छ । उक्त सन्दर्भमा मैले यहाँ २०१८ को जनवरी ०१ तारिकको पूर्वाह्नको ००:०० बजे नेपालमा देखिने ग्रहगोचरलाई आधार मानी ग्रहस्थिति, आमजीवनमा यसको प्रभाव र चान्द्र राशिका आधारमा राशिफल प्रस्तुत गरेको छु ।

वर्षारम्भको ग्रहस्थिति
सन् २०१८ को पूर्ण अवधिमा प्रभाव रहने ग्रहस्थितिलाई अवलोकन गर्दा वर्षको पूरा समय धनु राशिमा शनि ग्रह, कर्कट राशिमा राहु र मकर राशिमा केतु ग्रहको उपस्थिति रहने देखिन्छ । उता देवगुरु बृहस्पति यस वर्षको सुरुमा तुला राशिमा, फेब्रुअरी १० देखि अप्रिल ०७ सम्म बृश्चिक राशिमा पुनः अक्टोबर ०५ सम्म तुला राशिमा अनि अन्तिममा पुनः बृश्चिक राशिमा पुग्ने देखिन्छ । यस क्रममा मार्च १० देखि जुलाई १६ सम्म बृहस्पति ग्रह र अप्रिल १७ देखि सेप्टेम्बर ०४ सम्म शनिश्चर ग्रह बक्री रहने छन् । त्यसबाहेक अप्रिल, अगस्ट र डिसेम्बरमा बुध ग्रह, अक्टोबर र नोभेम्बरमा शुक्र ग्रह तथा जुलाई र अगस्टमा मङ्गल ग्रह बक्री रहने स्थिति देखिन्छ ।

वर्षफल सन् २०१८
वर्षको प्रारम्भमा कन्या लग्न रहेको छ । लग्नपति मानिएको बुध ग्रह पराक्रम स्थानमा शत्रु मङ्गलको घर बृश्चिक राशिमा रहेर वर्षको प्रारम्भ भएको छ । उता भाग्यपति शुक्र पनि आफ्नो परम शत्रु बृहस्पतिको घरमा केन्द्रवर्ती भएर बसेको देखिन्छ । त्यसैले विश्वले केही आशा र केही चुनौतीको सामना गर्नुपर्छ । नयाँ वर्ष २०१८ बृश्चिक राशिमा पर्ने नेपाल र धनु राशिमा पर्ने भारत दुबै देशले मिश्रित फल प्राप्त गर्नेछन् । वर्षको प्रारम्भमा रहेको ग्रहहरूको शुभताको प्रभावले आर्थिक प्रगति, योजनाको निर्माण, जनतामा महत्त्वाकाङ्क्षा र उल्लासको अभिबृद्धि हुने सङ्केत छ । विकसित र ठूला राष्ट्रहरूले कुनै नयाँ परीक्षण र अन्वेषण सुरु गर्नाले आर्थिक पक्षमा नयाँ आशा जाग्ने सम्भावना देखिन्छ । साथै धनु राशिमा रहेको शनिश्चर अप्रिल १७ देखि सेप्टेम्बर ०४ सम्म बक्री रहने भएकाले उक्त अवधिमा पूर्वी एशियाका कतिपय स्थानमा प्राकृतिक विपत्ति आइलाग्न सक्छ, नेपाल र भारतमा जनताहरूले विद्रोह गर्ने र सामाजिक सद्भाव बिथोलिने खतरा देखिन्छ । बृहस्पतिका निमित्त तुला राशि शत्रुगृह भएकाले उक्त ग्रहको गतिमा अतिचार र बक्रतासमेत देखिने भएकाले समाज र आमजीवनमा सन् २०१८ जालझेल, खुट्टा तानातान, ठगी, फट्याइँ र चाकरीचाप्लुसीको आधिक्य रहेको वर्ष नै हुनेछ ।

बृहस्पति बृश्चिक राशिमा रहेको समय फेब्रुअरीदेखि अप्रिलसम्म र अक्टोबरपछि बाँकी समय सरकार कडिकडाउ भएर जाने सङ्केत देखिन्छ तर अन्य समयमा सरकार र प्रतिपक्षका बीचको जुवारी यथावत रहने छ । दलहरू आपसी गुटबन्दीमा रुमल्लिने छन् । चन्द्रमाको अधिकार क्षेत्र मानिएको कर्कट राशिमा राहु ग्रह उपस्थित हुनाले गृहिणीहरूमा चिडचिडेपना र अशान्ति व्याप्त हुनेछ । बृद्धावस्थाका व्यक्तिहरूको स्वास्थ्यसमस्या परिवारका सदस्यहरूका लागि चिन्ताको विषय बन्नेछ । अप्रिलदेखि अगस्टसम्म शनिश्चर ग्रहको बक्रताका कारण बलियो र अशान्त ऊर्जा शक्तिशाली हाबी बन्ने देखिन्छ । बृश्चिक, धनु र मकर राशि तथा मकर र कुम्भ लग्नका जातकले उक्त समयमा धनमालको नोक्सानी गर्नुपर्ने वा शारीरिक चोटपटकको विकृति सहनु पर्ने हुन सक्छ । महँगी बढ्ने छ, भ्रष्टाचारमा बृद्धि हुनेछ । त्यस्तै धनु राशिमा शनि बक्री रहेको समय (अप्रिल १७ – सेप्टेम्बर ०४) मा पर्याप्त वर्षा नहुनाले पूर्वी तराईका साथमा भारतको अधिकांश भागमा अनिकाल र सुखाले जनजीवन आक्रान्त हुनसक्छ । शनिको बक्रताका कारण साना र ठूला राजनैतिक दल, उच्च र निम्न वर्ग आदिका बीचमा रहेको असमझदारी र दूरी अझ बढ्दै जाने सङ्केत छ । राज्य पक्षले जनसरोकारका विषयमा चासो दिन सक्दैन । बृहस्पतिको बक्रता र अतिचारका कारण धार्मिक र बौद्धिक क्षेत्रमा रहेका व्यक्तिहरूले पनि अनेकानेक बाधा र आरोहअवरोहको सामना गर्नुपर्छ । आडम्बर र पाखण्डले प्रश्रय पाउने छ । विशेष गरी मार्चदेखि जुलाईसम्म झैझगडा, विवाद र तनावले ग्रस्त वातावरण देशले ब्यहोरी रहने परिस्थिति छ । शैक्षिक र प्राज्ञिक क्षेत्रमा आशा गरेअनुरूप सफलता मिल्दैन । बुद्धिजीविमाथि तस्कर र राजनीतिज्ञ हाबी हुनेछन् ।

आगामी वर्ष सूर्य राजा तथा शनि मन्त्री बन्ने भएकाले राजनैतिक वृत्तमा यसको प्रभाव सकारात्मक रहने देखिंदैन । जनता र सरकारको सम्बन्ध नीरस रहने सङ्केत छ । राजनैतिक सुझबुझ र मेलमिलापको वातावरणमा कमी हुनेछ । जनताको आपसी एकता र समन्वयमा खलल पुर्याउने अनेकौं प्रयास हुनेछन्, सरकार स्वेच्छाचारी हुनाले तस्करी, भ्रष्टाचार र उन्मत्त हुने सम्भावना भएकाले यस वर्षको अन्त्यमा जनस्तरमा विद्रोहको मानसिकता उब्जने सम्भावना देखिन्छ । तर मौसमी र प्राकृतिक क्षेत्रमा कुनै अप्रिय घटना घट्ने लक्षण छैन । जुलाई र अगस्टमा दुर्घटना, अग्निदाह र चोरीडकैती आदि प्रकोप देखा पर्नसक्छन् । शनिले गुरु बृहस्पतिको घर धनु राशिमा विचरण गर्ने भएकाले विज्ञानप्रविधि र इलेक्ट्रोनिक क्षेत्रमा केही सकारात्मक काम हुनेछ र यान्त्रिक, साङ्ख्यिक र सूचनाप्रविधिसम्बद्ध क्षेत्रमा प्रगतिको अनुमान छ । तर वैदेशिक क्षेत्रमा देखिएको अन्यौलता र चिसोपन यथावत कायम हुनेछ । भोगविलास र अकर्मण्यतामा बृद्धि हुँदै जान्छ, कृषि, उद्योग, आन्तरिक स्रोत आदिको परिचालनमा राज्य उदासीन रहने छ ।

राशिफल २०१८समग्रमा व्यक्तिको व्यक्तिगत जीवन र व्यवसायिक परिस्थितिमा राम्रो सफलता हासिल हुने वर्ष छ, सन् २०१८ । कतिपय राम्रा र आनन्ददायी क्षणहरूको आगमन हुने सङ्केत छ । व्यक्तिगत र पारिवारिक मेलमिलापको वातावरण रहने छ । लामो समयदेखि दाम्पत्यजीवनमा रहेका, जीवनसाथी वा पार्टनरसिपको चाहना राख्ने वा साझेदारी काम गरिरहेकाहरूले खासगरी वर्षको पूर्वार्द्धमा भाग्योन्नति गर्ने अवसर पाउने छन् । हडबड र शीघ्रता गर्नेहरूले अप्रिलदेखि अगस्टसम्म आर्थिक नोक्सानी र चोटपटक व्यहोर्नु पर्ने हुन्छ, साथै उक्त अवधिमा बृद्धबृद्धाले रोग, शोक र अपमान सहनुपर्ने परिस्थिति बन्नेछ । पेसा वा रोजगारीको उन्नतिका लागि प्रयासरत व्यक्तिहरूले मिहिनेत र परिश्रममा विश्वास गर्नु जाति हुन्छ । बालस्वास्थ्यमा पनि कुनै ठूलो जोखिमको सम्भावना छैन । तर सुरुको दुई महिना र अगस्ट, सेप्टेम्बर र अक्टोबरमा यौनव्यभिचारमा बृद्धि हुनेछ, साथै उक्त समयमा कला, मनोरञ्जन र भोगविलाससम्बद्ध व्यवसायीले कमजोरीको अनुभूति गर्नेछन् । अब मेषादि विभिन्न राशिका आम मानिसले यस वर्ष प्राप्त गर्ने उपलब्धी वा झेल्नुपर्ने निराशाका बारेमा चर्चा गरौं ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुने जातकहरूका लागि सन् २०१८ राम्रै वर्ष रहने छ । सप्तम भावमा भाग्येश बृहस्पतिको उपस्थिति रहेकाले उमेर पुगेका वर र बधु वैवाहिक जीवन तर्फ आकर्षित र प्रविष्ट हुने सम्भावना देखिन्छ । पति वा पत्नीका साथमा सुमधुर सम्बन्ध कायम हुनेछ । आवासगृह वा निवास स्थानमा परिवर्तन हुने सङ्केत छ । उन्नतिको आकाङ्क्षा राखी व्यवसायिक वा पेसागत स्थितिमा सुधार हुनसक्छ, कतिपयले समुचित अवसर प्राप्त गर्नाले नोकरी वा कारोबारमा परिवर्तन गर्नेछन् । मानसिक पक्ष बलियो छ । आर्थिक र सामाजिक हैसियतमा पनि बृद्धि हुनेछ । लामो दूरीको यात्रा सफल हुनेछ । धार्मिक विषयवस्तु वा पुराना कुरा र शास्त्रीय ज्ञानका लागि गरिएको प्रयास सफल हुनेछ । घरमा माङ्गलिक कर्म र धार्मिकसांस्कृतिक कृत्यहरू सम्पादन हुनेछन् । तर मातापिता वा परिवारका बृद्ध सदस्यहरूको स्वास्थ्यस्थिति अनुकूल हुने छैन । विशेष गरी आमाको मानसिकतामा चिन्ता, शङ्का र खटपटीले बास गर्नेछ । समग्रमा राम्रो वर्ष छ, यद्यपि अझ बढी शुभफल प्राप्त गर्न भगवान् शिवको आराधना गर्नु मुनासिब हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो वर्ष तपाईंका लागि केही चुनौती, परीक्षा र सङ्घर्षका साथमा उपस्थित भएको छ । नोकरी वा व्यवसायबाट सन्तुष्ट हुन नसक्दा सामान्य फेरबदल वा परिवर्तनको सम्भावना देखिन्छ । घरमा पितासँग सम्बन्धमा वा अफिसमा हाकिमसँगको सम्बन्धमा तीतोपन आउन सक्छ । बुवा वा परिवारको बृद्ध पुरुषको स्वास्थ्यस्थिति पनि चिन्ताको विषय बन्नेछ । चलिआएको बन्दव्यापारमा थप लगानी गर्नु र स्तरोन्नति गर्नु त ठिकै हुनेछ, तर नयाँ कारोबारमा रकम लगानी गर्नु उचित हुँदैन । उता स्वास्थ्यमा पनि मौसमी रोगको प्रकोप देखा परिरहने छ भने गृहस्थी जीवन र प्रेमसम्बन्ध पनि सुमधुर रहन सक्दैन । यद्यपि मार्च, नोभेम्बर र डिसेम्बर महिनामा हाँकेताकेका काममा सफल भइने छ । त्यसो त स्वास्थ्यसंस्था, सरकारी अड्डाका कर्मचारी वा न्यायिक क्षेत्रका व्यक्तिहरूका लागि भने यो वर्षको समस्त अवधि भाग्योन्नति हुने वर्ष देखिन्छ । यस राशिका जातकहरूले यस वर्षमा शुभफल प्राप्त गर्न नियमित रूपमा महालक्ष्मी भगवतीको भक्तिआराधना गर्ने र असहाय दुःखी कन्या केटीको आवश्यकता विचार गरी रेशमी कपडा दान गर्ने वा अन्य भौतिक सहयोग गरेमा लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कलाक्षेत्रका व्यक्तिहरू, लेखक, फेसन डिजाइनसँग जोडिएका व्यक्तिहरूका लागि यो वर्ष सकारात्मक वर्ष रहने छ । यद्यपि आयमार्गमा विविध समस्याको सामना गरिरहनु पर्नेछ । घरायसी खर्चमा अनायासै बृद्धि हुनेछ । जीवनसाथीसँगको सम्बन्धमा निराशा नै देखिन्छ । परिवारभित्र पनि किसिमकिसिमका समस्या देखा परिरहने सङ्केत छ । तर परदेशीहरूले राम्रो आम्दानी गर्नुका साथै दूरगामी भविष्यसम्म काम लाग्ने क्षेत्रमा निवेश गर्ने देखिन्छ । विद्यार्थी र शैक्षिक क्षेत्रका व्यक्तिहरूले राम्रो नतिजा हात पार्ने छन् । साझेदारीमा गरिएको कारोबारबाट लाभ लिन सकिने छैन । साझेदारसित वैमनस्य बढ्ने र पुराना साथीभाइ टाढिने सम्भावना पनि देखिन्छ । बन्दव्यापारमा परिवर्तन गर्नु वा नयाँ कारोबारमा लगानी गर्नु हानिकारक बन्नसक्छ, सचेत हुनुपर्छ । व्यापार वा व्यवसायमा आफैंले गरेको काममा मात्र सफलता मिल्ने भएकाले सहयोगी वा कामदारलाईपूर्ण विश्वास गर्नु हानिकारक बन्ने सङ्केत छ । भ्रमका पछि कुद्नु बुद्धिमत्ता हुँदैन । यस वर्षलाई सफल तुल्याउन हृदयतः भगवान् विष्णुको उपासना गर्नोस् वा आवश्यकता भएका छात्रछात्रालाई वा विद्यालय वा गुरुकुलमा दानादि गर्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कल्पना, भावना, भ्रम र आनन्दका पछि कुद्ने बानी भएकाले यो वर्ष सुखद परिणाम प्राप्त गर्न सक्दैनन् । दाम्पत्य सम्बन्ध अनुकूल हुन सक्दैन, प्रेमसम्बन्धमा पनि तिक्तता आउने सम्भावना छ । ससाना कुरामा विवाद र झगडाको स्थिति आउन बेर लाउँदैन । निवासस्थानमा परिवर्तन हुने वा घरको मर्मतसम्भार गर्नु पर्ने ग्रह योग देखिन्छ । व्यापारीहरूले वैदेशिक प्रयोजनका कामबाट मनग्ये धनार्जन गर्नेछन् । स्वास्थ्यस्थितिमा सुधार हुनेछ । पछाडि कुरा काट्ने व्यक्ति, शत्रु वा प्रतिस्पर्द्धीहरू पराजित हुनेछन् । अभिभावक र गुरुजनसँग सम्बन्धमा प्रगाढता आउने सङ्केत छ । भाषिक क्षेत्रमा काम गर्न व्यक्तिहरू, मनोविज्ञान र मनोचिकित्साका क्षेत्रमा कार्यरत र विदेशमा गई रोजगारीमा रहेका कर्कट राशिका जातकहरूले लाभ, प्रशंसा र मानसम्मान प्राप्त गर्नेछन् । त्यस्तै घरजग्गाका कारोबारी र शैक्षिक क्षेत्रमा कार्यरतहरूले पनि शुभफल नै प्राप्त गर्नेछन् । समग्रतामा मिश्रित प्रभाव प्राप्त हुने साल भएकाले यस वर्षलाई अझ शुभकर बनाउन माता दुर्गाको भक्तिभावका साथमा उपासना गर्नु र दैनिक रूपमा दुर्गाकवचको पाठ गर्नु उपयुक्त हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका जातकहरूका निमित्त यस वर्षको सुरुका केही समय कठिन र सङ्घर्षशील रहे पनि समग्रतामा शुभफल नै प्राप्त हुने सङ्केत छ । वैवाहिक सम्बन्ध र प्रेमजीवन अनुकूल रहने छ । भाइबहिनी वा सन्ततिका स्वास्थ्य र व्यक्तित्व विकासका समस्याले चिन्तित तुल्याउन सक्छ । सामाजिक प्रतिष्ठा कायम हुनेछ । आत्मविश्वास बढ्ने छ । आफ्नो क्षेत्रमा वर्चस्व स्थापना हुनेछ । ससाना यात्राबाट सफलता मिल्नेछ । पारिवारिक उत्थानका निम्ति कुनै महत्त्वपूर्ण कार्य गर्न प्रयास गरिने छ । वैदेशिक प्रयोजनका कामबाट मनग्ये लाभ लिन सकिने छ । बन्धुबान्धव र दाजुभाइसँग सरसहयोग र सम्बन्ध राम्रो रहने छ । धर्म, अध्यात्म, योग, ध्यान र आत्मचिन्तनका निमित्त उपयोगी समय रहने छ । विद्यार्थीहरूले कडा मिहिनेत गर्नुपर्छ । व्यक्तिगत स्वास्थ्यमा समस्या देखा परिरहने सङ्केत छ, मानसिक तनाव, थकावट र अनिद्राका समस्या देखा पर्नेछन् । समग्रतामा शुभफलकै अधिकता हुने यस वर्षमा अझ राम्रो प्रतिफल प्राप्त गर्न आशुतोष भगवान् शिवको उपासना गर्नु वाञ्छनीय देखिन्छ, स्वयं वा ब्राह्मणद्वारा रुद्राष्टाध्यायी पाठ गर्नुगराउनु राम्रो हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका व्यक्तिहरूका लागि यो वर्ष सफल र स्मरणयोग्य वर्ष रहने छ । निजी र पारिवारिक आयमा बृद्धि हुनेछ । आगामी एक वर्षको अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । परिवारका सदस्य र अन्य व्यक्तिको हितका लागि धनखर्च गर्न मन हौसिने छ । लोकप्रियता हासिल हुनेछ । गरेको कामबाट लाभ र प्रशंसा दुबै मिल्ने देखिन्छ । रोजगारीका क्षेत्रमा पदोन्नति हुने वा आयमूलक क्षेत्रको काम हातपर्ने सम्भावना छ । वित्तीय क्षेत्र, इलेक्ट्रोनिक, फेसन डिजाइन, मौखिक अभिव्यक्तिका काम आदि क्षेत्रमा जोडिएका व्यक्तिहरूले अयाचित उपलब्धी हासिल गर्नेछन् । यस वर्ष घरघडेरी वा जेथो जोड्ने वर्ष हो । सेयर कारोबारबाट पनि राम्रै लाभ मिल्ने देखिन्छ । तर पारिवारिक स्वास्थ्यको स्थिति राम्रो देखिंदैन । वैदेशिक कारोबारबाट लाभ लिन सकिने छैन । , परदेशमा बस्नेहरू मानसिक तनाव र झमेलामा फँस्ने सम्भावना हुन्छ । काममा लगानी गर्नु लाभप्रद नै रहने छ, तर उधारो वा ऋणमा काम गरेमा राम्रो फल प्राप्त हुन सक्दैन । यस वर्षलाई शुभप्रद बनाउन तपाईंले माता लक्ष्मी र गणेशको आराधना गर्नु बुद्धिमानी हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका जातकहरूमा यस वर्ष साहस, पराक्रम र आत्मविश्वासमा बृद्धि हुने वर्ष छ । निजी जीवन र व्यक्तित्वको विकासमा सकारात्मक समय छ । दाम्पत्य सम्बन्ध उल्लासमय रहने देखिन्छ, कतिपयले दाम्पत्य जीवनमा प्रवेश गर्नेछन् भने कतिपयले सन्तानलाभ गर्ने सम्भावना देखिंदैछ । कतिपय वस्तुहरूमा नयाँ अनुभव र ज्ञान प्राप्त गर्ने अवसर पाइने छ । व्यवसायिक यात्राको सम्भावना छ । वित्तीय क्षेत्र र सेयर मार्केटमा गरेको लगानी लाभप्रद बन्नेछ । कारोबारको विस्तारका लागि ऋण वा सापटी लिनु पर्ने परिस्थिति सिर्जना हुनेछ । पुरानो सम्पत्तिको बिक्रीबट्टा हुने अथवा कुनै पारिवारिक विवाद वा झमेलाको अन्त्य हुने सम्भावना देखिंदैछ । परिवारमा मातापिता वा ज्येष्ठ नातेदार र कार्यक्षेत्रमा हाकिम वा सिनियर साथीसँगको सम्बन्धमा चिसोपन देखिने सम्भावना हुन्छ । दैनिक खर्चलाई नियन्त्रण गर्न सकिंदैन । त्यस्तै यस अवधिमा विशेषतः आमाको स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । समग्रमा यो वर्ष शुभफलका साथमा उपस्थित भएको छ, यद्यपि अझ उत्कृष्ट परिणामका लागि बेलुकाको समय वा रात्रीकालमा लक्ष्मीनारायणको पूजाउपासना गर्नु लाभप्रद हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका व्यक्तिहरूका लागि उताचढाव र सङ्घर्षले भरिएको समयावधि हो, नयाँ साल २०१८ । आर्थिक पक्ष असन्तुलित रहने देखिन्छ । घरायसी खर्च र कारोबारमा व्यर्थको लगानी बढ्ने सङ्केत देखिंदैछ । रिस, घमण्ड, अहङ्कार र गर्वका कारण झमेलामा फँस्ने सम्भावना छ, ससाना कुरामा कचिङ्गल मच्चिन सक्छ, सचेत हुनुपर्छ । घरका बृद्धसदस्यको स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्छ । विशेषतः संयमता र अनुशासनको नियममा बस्नु बुद्धिमानी हुनेछ । त्यसो त केही विषयमा यस वर्ष लाभप्रद पनि रहने देखिन्छ । वैदेशिक प्रयोजनका काम वा विदेशको बसाइ लाभप्रद रहने छ । लामो वा छोटो दूरीका ससाना यात्राको सम्भावना छ । कुनै धार्मिक वा पर्यटकीय क्षेत्रको भ्रमण हुनेछ । समग्र अवधिमा तपाईंभित्र पराक्रम, आत्मविश्वास र साहसमा बृद्धि हुने सङ्केत छ । योग र धार्मिक कृत्यका निमित्त सक्रिय भूमिका निर्वाह गरिने छ । घरमा किशोरावस्थाका केटाकेटी छन् भने तिनको सामाजिकता र चरित्रप्रति विशेष ध्यान दिनु राम्रो हुनेछ । समयलाई लाभप्रद तुल्याउन तपाईंले गरिबगुरुबा, भिखारी र दिनदुःखीको सहयोग गर्नु र भोजनादि गराउनु राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो वर्ष लाभमूलक क्षेत्रमा उल्लेखनीय उपलब्धी लिने वर्ष हो । समग्रतामा आयक्षेत्रमा वृद्धि हुनेछ, कुनै दीर्घकालिक प्रयोजनमा रकम निवेश हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रामा गिरावट आउने छ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ । तर दाम्पत्य जीवन सुखद रहने सङ्केत देखिंदैन, ससाना कुरामा विवाद र तनाव भइरहने छ । पार्टनरसिपमा गरिएको कारोबार फलदायी हुँदैन । विवाद र कलहको योग पनि देंखिदैछ, नजिकका मित्र तथा पति वा पत्नीसित हेलचक्र्याइँ गर्नु र जिस्किनुको परिणाम खराब हुने भएकाले मुखलाई नियन्त्रणमा राखेको जाति हुनेछ । अत्यधिक मिहिनेत र खटाइले गर्दा शरीरमा पोषक तत्त्वको कमी हुनेछ, परिणामतः शारीरिक कमजोरीको अनुभूति हुनसक्छ । कार्यक्षेत्रको बोझ र एकान्तप्रिय हुनाले नातेदार र परिवारका सदस्य टाढिने सम्भावना छ, त्यसैले सामाजिकतामा विशेष ध्यान पुर्याउनु पर्छ । तर पेसा वा व्यवसायमा प्रशंसाको भागीदार भइने छ । भाइबहिनी र छोराछोरीका तर्फबाट शुभ सङ्केत प्राप्त हुनेछ । यस वर्ष अझ फलदायी बनाउन शनिश्चर ग्रहको उपासना गर्नु र शनिमृत्युञ्जय स्तोत्रको पाठ गर्नु वाञ्छनीय देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोजगारी र बन्दव्यापारमा शुभ परिणाम प्राप्त हुनेछ । यो अवधिलाई तपाईंको जीवनकालकै सर्वश्रेष्ठ समय प्रमाणित गर्न सक्ने सङ्केत छ । अत्यधिक सफलता र सम्मान प्राप्त हुनेछ । मनलाई एकाग्र बनाउन, समाधि र योगको अभ्यास गर्नसमेत यस अवधिको उपयोग गर्नुपर्छ । धार्मिक र सामाजिक क्षेत्रको कुनै प्रमुख व्यक्तिसित सम्पर्क हुनसक्छ । आफ्नो कामलाई पूर्ण गर्ने अत्यधिक उत्साह हुनेछ । परिवारिक वातावरणबाट पनि सहयोग मिल्नेछ । लामो यात्रा फलदायी सिद्ध हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । कार्यालयका हाकिम वा सिनियरहरूले सहयोग र प्रशंसा गर्नेछन् । बढुवा, प्रशंसा वा पुरस्कार प्राप्त हुनेछ । तर प्रेमीप्रेमिका वा पतिपत्नीको आन्तरिक सम्बन्धमा भने यदाकदा खटपट र निराशाको वातावरण कायम हुनेछ । स्वास्थ्यस्थितिमा मौसमी रोगव्याधिको प्रकोप रहने भएकाले सचेत हुनुपर्छ । वर्ष सकारात्मक नै देखिन्छ, तर सानातिना चोरी हुने वा सामान हराउने सम्भावना भने प्रबल छ । यस वर्षलाई अझ उत्कृष्ट तुल्याउन आफैंले वा घरका बृद्ध सदस्यमार्फत पितृदेवताको चित्त बुझाउनु वा कुनै तीर्थस्थानमा गएर श्राद्धादि गर्नु मुनासिब हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका जातकहरूका लागि यो वर्ष अत्यधिक सकरात्मक वर्ष रहने सङ्केत देखिन्छ । व्यक्तिगत जीवन र पेसाव्यवसायका सन्दर्भमा शुभफल प्राप्त हुनेछन् । व्यापार, नोकरी वा कारोबारमा गरेको प्रयास सार्थक हुनेछ । वरिष्ठ एवं शक्तिशाली व्यक्तित्वबाट स्नेह र सम्मान प्राप्त हुनेछ । व्यापार र नोकरीको सिलसिलामा अधिकतम समय घुमफिरमा बित्नेछ । भ्रमण र पर्यटनका लागि अनुकूल समय छ । शत्रुको प्रतिष्ठा गिराउन सफल भइने छ । पारिवारिक जीवन सुखद हुनेछ । व्यापारको विस्तार हुनेछ र पद बढ्ने छ । कर्मचारीले राम्रो फाइदा बटुल्न सक्नेछन्, इच्छाएको जिम्मेबारी प्राप्त गर्न सकिने छ । अध्यात्म र धार्मिक गतिविधिमा रुचि जागृत हुनेछ । प्रतिस्पर्द्धी र शत्रुको नाश हुनेछ । ऋणभारमा कमी आउने छ । स्वास्थ्यस्थितिसमेत अनुकूल रहने छ । बालबच्चाबाट सुख र सन्तुष्टि प्राप्त हुनेछ । पारिवारिक र दाम्पत्य सम्बन्धको भरपूर सुख भोग गर्न पाउनु हुनेछ । पति वा पत्नीको कार्यक्षेत्रबाट समेत लाभ मिल्नेछ । समग्रमा अत्यन्त शुभकारक वर्ष भए पनि यस वर्ष तपाईंले गरेको तीर्थयात्राबाट तपाईंले इहलोक र परलोक दुबै सुधार्ने अवसर प्राप्त गर्नुहुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ वर्ष २०१८ मा मीन राशिका जातकहरूको जीवनशैलीमा केही अप्रत्याशित परिणाम प्राप्त हुने सम्भावना देखिन्छ । व्यक्तिगत र पेसागत जीवनमा समेत परिवर्तनको आभास मिल्नेछ । यस समयमा सामान्यभन्दा बढी खट्ने समय हो । तर गरिएको परिश्रम र मिहिनेतको परिणाम उल्लेखनीय र लाभप्रद रहने छ । घरपरिवारका सदस्यहरूले काममा सघाउ पुर्याउन सक्दैनन् । बालबच्चाको स्वास्थ्यस्थितिमा असर पर्ने वर्ष छ, तिनको खानपान र आहारविहारमा सचेतता अपनाउनु पर्दछ । सकेसम्म समय निकालेर घरपरिवारको भावना बुझ्ने प्रयास गर्नु राम्रो हो । आर्थिक पक्ष जोखिमयुक्त छ, सट्टापट्टा, साझेदारी वा जुवाजन्य क्रियाकलापबाट फाइदा हुने देखिंदैन । भ्रम र उच्चाकाङ्क्षा हानिकारक बन्ने भएकाले समस्यामा जान्नेबुझ्ने र गुरुजनको राय लिनु वाञ्छनीय देखिन्छ । मनमा आवेश र अहङ्कारको प्रवेश हुनु हुँदैन, संयमता र धैर्यताका निमित्त योग र ध्यानमा समय दिनुपर्छ । व्यक्तिगत स्वास्थ्य, अभिभावक र बालबच्चाको स्वास्थ्यस्थिति पनि चिन्ताको विषय बन्न सक्छ, त्यसैले घरको दैनिक पूजाआजा टुटाउनु हुँदैन, साथै यस वर्षको सुरुमैं नवग्रह शान्ति, हवन र रुद्राभिषेक वाञ्छनीय देखिन्छ । कृष्णप्रसाद काेर्इराला

पुर्बेलीन्युजबाट साभार

The post सन् २०१८ काे वार्षिक राशिफल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EnLhZ7
via IFTTT

आजको राशिफल: वि.सं. २०७४ पौष १७ गते सोमबार

वि.सं. २०७४ पौष १७ गते सोमबार तदनुसार ई. सं. २०१८ जनवरी ०१ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (पोहेलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०२ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, पौष शुक्लपक्षको चतुर्दशी तिथि, दिउँसो ११:१५ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि, मृगशिरा नक्षत्र, दिउँसो ०३:०५ बजेसम्म, त्यसपछि आर्द्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, बिहान १०:०५ बजेसम्म, त्यसपछि ब्रह्म योग, वणिज करण, बेलुका १०:०४ बजेसम्म त्यसपछि विष्टि (भद्रा) करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : पूर्व, आजको चाडपर्व र उत्सव : अङ्ग्रेजी नयाँ वर्ष सन् २०१८ प्रारम्भ, पूर्णिमा व्रत, श्री स्वस्थानी व्रत प्रारम्भ

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : माघ स्नान प्रारम्भ, हनुमत्तीर्थ त्रिवेणी मेला (भक्तपुर), आर्य दिवस, चाँगुनारायण मेला, हैगुमिलापुह्नि (नेवारी पर्व), २० गते : मूहुर्त : अन्नप्राशन(पास्नी),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने बाह्रौं चन्द्रमा छ, घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु पर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

पुर्बेलीन्युज

The post आजको राशिफल: वि.सं. २०७४ पौष १७ गते सोमबार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2q7XxKg
via IFTTT

क्रिष्टल प्यालेसले गुमायो सिटीलाई हराउने मौका

http://ift.tt/2zUhOTc १५ पुस, काठमाडौं । म्यानचेष्टर सिटीको विजयी यात्रामा क्रिष्टल प्यालेसले पूर्णविराम लगाएको छ । तर, लगातार १८ खेल जितेको सिटीलाई हराउने मौका भने उसले गुमाएको छ । आइतबार भएको खेलमा क्रिष्टल

from ARENA http://ift.tt/2lrvcdb
via IFTTT

राजेश हमाल श्रीमतिलाई यति धेरै माया गर्छन, चलचित्र छाडेर घुम्न मै व्यस्त छन्

चलचित्र क्षेत्रबाट पातलिदैं गएको करियरलाई महानायक राजेश हमालले सामाजिक कार्यमा खर्च गरी रहेका छन् । बिशेषत् बिवाह बन्धनमा बांधिएपछि राजेश फिल्म यात्रामा उतीसारो व्यस्त छैनन् ।

त्यही भएर राजेश यतिबेला श्रीमति मधु भट्टराईसँग विभिन्न देश घुमी रहेका छन् । सामाजीक सँगै राजनीतिक क्षेत्रमा पनि सक्रियता बढाई रेहका छन् ।

एक कुराकानीमा राजेश हमालले मधुलाई निक्कै माया गर्ने बताएका छन् । मधु मेरो लागि जीवन हुन् । उनका लागि म भित्र धेरै माया छ । मायाले संसार जित्न सक्ने राजेश हमालको तर्क छ । हमाल माया बीना जीवन अपुरो देख्छन् ।

The post राजेश हमाल श्रीमतिलाई यति धेरै माया गर्छन, चलचित्र छाडेर घुम्न मै व्यस्त छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lqXYuu
via IFTTT

मनकामना मन्दिरको छानामा १८ किलो सुन

चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ । मन्दिरको छानामा रहने तामाको पातामा सुनको जलप लगाउने कार्य शुरु गरिएको बताउँदै मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व विभागको मापदण्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य आरम्भ गरिएको बताए ।

श्रेष्ठले भने, ‘एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदण्डअनुसार नै जलप लगाएका छौँ ।’ पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् । समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तीमा एक सय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने बताइन्छ ।
श्रेष्ठले भने, ‘अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकेका छौँ । सुन तथा जलप लगाएका पाताहरु सुरक्षित तवरले भण्डारण गरिएको छ ।’ मन्दिरको छानो चार हजार स्क्वायरफिट रहेको छ । मन्दिरलाई आवश्यक पर्ने पाता काठमाण्डुका सुन्दरकृष्ण शाहीले दान दिएका हुन् । मन्दिर पुनःनिर्माण गर्दा अहिलेसम्म रु आठ करोड खर्च भइसकेको छ । मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार मन्दिर पुनःनिर्माणमा चाहिने रु एक लाख २५ हजार वटा इँटा काठमाण्डुका हिराकाजी महर्जनले दान गरेका थिए ।

टिम्बर कर्पोरेशनबाट समयमै काठ उपलब्ध हुन नसक्दा र तीन वटा तहको निर्वाचनले गर्दा मन्दिर पुनःनिर्माणको काममा केही ढिलाइ भएको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले आउँदो साउनभित्रमा मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न गरिने बताए । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकारले आव २०६७–६८ मा दिएको रु एक करोडमध्ये रु ५६ लाखले सुन खरिद गरेको समितिले रु ४४ करोडले काठ खरिद गरेको थियो । यस्तै आव २०६९–७० मा सरकारले दिएको रु तीन करोडले सात किलोग्राम सुन खरिद गरेको सचिव श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले भने, ‘सरकारले हामीलाई जिन्सी दिएको हो । नगद हामीले भक्तजनबाट पनि संकलन ग¥यौँ । अहिलेसम्म करिब रु छ करोड संकलन भइसकेको छ ।’ २४ क्यारेटको सुन पारोमा मिसाएर तामाको पातामा लगाइन्छ । मन्दिरको पुनःनिर्माणका लागि बजेट करिब पुग्ने बताउँदै समितिले मन्दिर छेउको पर्खाल जगैदेखि भत्काएर बनाउनुपर्ने अवस्था रहेको जनाएको छ । रासस

The post मनकामना मन्दिरको छानामा १८ किलो सुन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lx3ueg
via IFTTT

भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् , जानीराखौँ

हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ । महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ । आज हामी महिलाहरूको ती अंगको बारेमा चर्चा गर्दैछौं, जुन ठूलो भएमा महिलाहरूलाई भाग्यशाली भनिन्छ ।

ठूलो कान- जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ ।

लामो कपाल- महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।

लामो हात- जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ ।

लामो खुट्टा- लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ ।

ठूलो नाइटो- जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् ।

लामो घाँटी- जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।

The post भाग्यशाली महिलाहरूको यी अंग ठूला हुन्छन् , जानीराखौँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zU0VIh
via IFTTT

खुशिको खबर: युएई सरकारले दियो निशुल्क नेपालीलाई घर फर्किने अवसर

युएई सरकारले भिजिट भिसामा आएर भिजाको म्याद सकिदा समेत युएई बाहिर नगएका र जरिवाना तिर्न नसकि बसेका साथै कामदार भिसा रुपमा आएका तर कम्पनी छोडेर गैरकानुनी रुपमा काम गर्दै आएका नेपालीहरुलाई निशुल्क घर फिर्तीको अवसर प्रदान गरेको छ ।

अंग्रेजी नयाँ बर्षको अवसरमा जनवरी १ तारिखको दिन एक दिनलाई मात्र यो सुबिधा प्रदान गरीएको प्रवासी नेपाली मन्च युएईका अध्यक्ष श्याम कंडेलले सुनौलो नेपाललाई बताए अनुसार सारजाह एअरपोर्टको इमिग्रेसनले पुलिस केश परेका बाहेक अरुलाई जरिवाना नतिरी नेपाल जान छुट दिएको छ ।

त्यसको लागी मेघा मल अगाडीको इमिग्रेसन अफिसमा १ तारिकको दिन बिहान ७ बजे सम्पर्क गर्न भनिएको छ । युएई सरकारको यो सुबिधासंगै महँगो जरिवाना तिर्नुपर्ने अवसरबाट धेरै नेपाली लाभान्वित हुने अवसर प्राप्त भएको छ । sunaulonepal

The post खुशिको खबर: युएई सरकारले दियो निशुल्क नेपालीलाई घर फर्किने अवसर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CfVYQ1
via IFTTT

मोटा महिलामा स्तन क्यान्सर भएको ढिलो थाहा पाइन्छ

बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन धेरै भएका वा धेरै मोटा महिलाको स्तनमा उत्पन्न क्यान्सरका गाँठाबारे बेलैमा थाहा नहुने र गाँठा बढेर निकै ठूला भएपछि मात्र थाहा पाउने अध्ययनबाट पत्ता लागेको छ।

अध्ययनकर्ताहरूका अनुसार शारीरिक वजन धेरै भएका महिलाले छोटो छोटो समयमा मेमोग्राम (स्तन क्यान्सरको परीक्षण) गराइरहनु पर्छ । यसो गर्दा मात्र स्तन क्यान्सर भए बेलैमा पत्ता लाग्छ र समयमै उपचार गरी निको पार्न सकिन्छ ।

तर अध्ययनकर्ताहरूले यो अध्ययनको पुष्टि गर्न थप अनुसन्धान गर्नुपर्ने पनि बताएका छन् । बेलायतमा सामान्यतया ५० देखि ७० वर्ष उमेर समूहका महिलाको ३/३ महिनामा स्तन क्यान्सरको परीक्षण गरिन्छ ।

खासगरि परिवारमा स्तन क्यान्सरको इतिहास भएका महिलाहरूको ३/३ महिनामा नियमित परीक्षण गरिन्छ । शारीरिक वजन धेरै भएका महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ, तर अहिले यसकै आधारमा परीक्षण यति नै समयमा गर्नुपर्छ भनेर समय निर्धारण गर्न भने चिकित्सकले गर्न सकेका छैनन् ।

द करोलिंक्सा इन्स्टिच्युटले गरेको यो अध्ययनमा २ हजार १२ जना त्यस्ता महिला समावेश थिए, जसलाई सन् २००१ देखि २००८ बीच स्तन क्यान्सर भएको थियो ।
उनीहरूले प्रत्येक डेढ वर्षदेखि दुई वर्षबीच मेमोग्राम गरि स्तन क्यान्सर भए नभएको परीक्षण गराउने गरेका थिए ।

स्विडेनमा स्तन क्यान्सर परीक्षणका लागि यो समयको अन्तराल उपयुक्त मानिन्छ ।अनुसन्धानकर्ताहरूले उपचारका बेला स्तनमा भएको गाँठोको आकार र महिलाको बडी मास इन्डेक्स (शारीरिक वजन)को अध्ययन गरेका थिए ।

अध्ययनकर्ताहरूले बिएमआई (शारीरिक वजन) धेरै भएका महिलाहरूमा मेमोग्राम परीक्षणका बेला गाँठो पत्ता लागेको पाए । अध्ययनको नेतृत्व गरिरहेका डाक्टर फ्रेड्रिक स्ट्र्यान्डका अनुसार यस्तो मोटा महिलाको स्तन धेरै ठूला भएकाले गाँठो उत्पन्न भएको पत्ता लगाउन कठिन भएको हुनसक्ने वा उनीहरूको स्तनमा गाँठा तीव्र गतिमा बढेको हुनसक्ने बताए ।

बढेका गाँठाको पूर्वानुमान गर्न सजिलो हुँदैन । ‘अध्ययनको निष्कर्षले डाक्टरले बिरामीलाई स्तन क्यान्सरबारे जानकारी गराउँदा बडी मास इन्डेक्समा पनि ध्यान दिनु आवश्यक छ,’ डा. स्ट्र्यान्डले भने ।

उनका अनुसार अध्ययनले बडी मास इन्डेक्स धेरै भएका महिलाहरूले छिटो छिटो स्तन क्यान्सरको परीक्षण गराइरहनुपर्ने देखाएको छ । तर बेलायतको क्यान्सर रिसर्चर सोफिया लज भन्छिन्, ‘यो अध्ययनले स्तन क्यान्सर थाहा पाउन मेमोग्राम गराउनु पर्ने ठिक ठिक समयबारे भने कुनै तथ्य दिएको छैन ।’

उनी स्तन क्यान्सर पत्ता लगाउन गरिने परीक्षण मेमोग्रामका फाइदा र बेफाइदा दुवै रहेको बताउँछिन् । उनी कम उमेरका महिलामा स्तन क्यान्सर पत्ता लगाउन मेमोग्राम उपयोगी भएको बताउँछिन् । तर परीक्षण गराउने र परीक्षणबाट स्तन क्यान्सर भएका कतिपय महिला यस्ता पनि फेला परेको जसको परिवारमा कसैलाई स्तन क्यान्सर भएको थिएन – भन्छिन् उनी ।

The post मोटा महिलामा स्तन क्यान्सर भएको ढिलो थाहा पाइन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zTVXuV
via IFTTT

पत्नी हिमानीसंग सम्बन्ध सुमधुर बनाउँदै पुर्ब युबराज पारस , सुटुक्क जान्छन् निर्मलनिवास

झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्वयुवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् । अध्यात्म र योगामा रमाउँछन् । योगेश ढकालको रिपोर्टः

झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्वयुवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् ।

०७१ चैतमा बैंककबाट फर्केपछि पारस बहिनी शीताष्मा (काका धीरेन्द्रकी छोरी)को घरमा बस्दै आएका छन् । पिता पूर्वराजा ज्ञानेन्द्र, आमा कोमल र पत्नी हिमानीसहित परिवारका सदस्यसँग उनको भेटघाट कमै हुने गरेको थियो । तर, पछिल्लो एक वर्षयता बाबुआमा र श्रीमतीसँगको भेटघाट भने बाक्लो भएको छ ।

पारस गत १५ असोजमा पत्नी हिमानीको जन्मदिनको कार्यक्रममा सहभागी भए । पारिवार र नजिकका आफन्तबीच मनाइएको उक्त कार्यक्रममा पारस र हिमानी केहीबेर सँगै नाचेका पनि थिए । उनीहरूलाई सँगै नाच्न नजिकका नातेदारहरूले माहोल मिलाइदिएको जानकार स्रोत बताउँछ । दसैँ–तिहार बुवाआमासहित परिवारसँग निर्मल निवासमै रमाइलो गरेर मनाए ।

अघिल्लो तिहारझँै यसपटक पनि बहिनी प्रेरणा सिंहबाट भाइटीका लगाए । अघिल्लो वर्षको भाइटीकाको तस्बिर सार्वजनिक गरेका पारसले यसपटक भने त्यसो गरेनन् । त्यसअघि गत चैतमा छोरा हृदयेन्द्रको जन्मदिनको कार्यक्रममा पनि परिवारका सदस्यसहित उनी सहभागी थिए ।

पारस–हिमानीबीच विगतको रुखो र तीतो सम्बन्ध मेटिँदैै गएको जानकारहरू बताउँछन् । सँगै नबसे पनि उनीहरूको सम्बन्धमा सुधार आउँदै छ । पारसले हिमानी ट्रस्टका लागि केही सहायतासमेत गर्दै आएका छन् ।

गत ६ असोजमा बाबु ज्ञानेन्द्र शाह र पत्नी हिमानी थाइल्यान्डबाट फर्केपछि पारसले परिवारका सदस्यसँग पहिलो सार्वजनिक भेट गरेका थिए । मुटुको समस्याले नर्भिक अस्पतालमा भर्ना भएका ज्ञानेन्द्र डिस्चार्ज हुने वेला पनि पारस हिमानीसँगै अस्पताल पुगेका थिए । त्यो घटना पारसको पारिवारिक सम्बन्धमा सुधार हुँदै छ भन्ने आधार पनि थियो ।

१३ पुसमा पूर्वराजा ज्ञानेन्द्र मध्यपश्चिम भ्रमणमा जान लागेको उनका निजी सचिव सागरराज तिमल्सिनाले बताए । पारस पनि उनीसँगै जाने हल्ला चलेको छ । पारिवारिक सम्बन्धमा केही सुधार भएकाले पारससँगै जान सक्ने हल्ला भएको हो । तर, अहिलेसम्म टुंगो भने नलागेको पारिवारिक स्रोत बताउँछ । खासमा ज्ञानेन्द्र नेपालगन्जमा सोल्टी होटेलको ब्रान्च उद्घाटन गर्न जान लागेको निकट स्रोत बताउँछ ।

सुटुक्क जान्छन् निर्मलनिवास
बैंककबाट फर्किएपछि सुरुका केही दिन पारस कुण्डलिनी निवासमा बसेका थिए । त्यसपछि बहिनी शीताष्माको घरमा बस्न थालेका हुन् । देखिनेगरी निर्मलनिवासमा खासै आवतजावत हुँदैनथ्यो ।

जानकारहरूका अनुसार पछिल्लो समय उनको निर्मल निवास आवतजावत पनि बढेको छ । तर, बस्ने गरी होइन । हिमानीसहित छोराछोरी भेट्न उनी निर्मलनिवास जान्छन् । उनीहरूको भेटबारे परिवारका सदस्यबाहेक अरूले सुइँकोसमेत पाउँदैनन् । स्रोतका अनुसार माता सविता सरुले पारस र हिमानीलाई सँगै बस्न नहुने सल्लाह दिएकी छिन् ।

शीताष्मा र पारसको परिवारका अन्य सदस्यको तुलनामा आत्मीय सम्बन्ध छ । बैंककको बसाइमा पारसका लागि खर्च जोहो गरी साथ दिने पनि शीताष्मा नै थिइन् । दाजु–बहिनीको प्रेमपूर्ण सम्बन्धकै कारण परिवारका अन्य सदस्यको भेटघाट पातलो हुँदा पनि पारस शीताष्माकै घरमा बस्दै आएका छन् ।

बैंककबाट फर्केपछि बहिनी प्रेरणा सिंहको घरमा बस्ने पारसको योजना थियो । त्यो सम्भव नभएपछि उनी कुण्डलिनी क्लब हुँदै शीताष्माको घर जीवनकुञ्जमा बसे । १२ वैशाख ०७२ मा भूकम्प आएका कारणले जीवनकुञ्जमा असर परेपछि शीताष्माको परिवार त्यहाँबाट सर्नुपर्ने भयो । विकास राणाको घर भाडामा लिएर शीताष्माका परिवार ललितपुरको सुनाकोठीमा बसेका थिए । पारसका साथी वेदनाथका अनुसार अहिले पनि पारस शीताष्माको घरमै बस्दै आएका छन् ।

अध्यात्म र योगमा रमाउँछन्
विगत एक वर्षदेखि पारसको स्वास्थ्य स्थिर छ । बैंककमा रहँदाभन्दा स्वास्थ्यमा सुधार भएकाले पारसले हरेक दिन योगा र ध्यानलाई निरन्तरता दिएका छन् । पारसका साथी प्रभञ्जन सिंहका अनुसार उनी बिहान ५ बजे उठिसक्छन् र योगा तथा ध्यान गर्छन् । कहिलेकाहीँ बुढानीलकण्ठ स्कुलमा फुटबल खेल्छन् भने कहिले गोकर्णमा गल्फ खेल्न पुग्छन् । तर, नियमित भने नजाने सिंहको भनाइ छ ।

पारस राजनीतिकभन्दा पनि आध्यात्मिक पुस्तकमा बढी रुचि राख्छन् र प्रभञ्जनबाट योगी व्यग्र वेदनाथ भएका सिंहसँग आध्यात्मिक बहसमा बढी केन्द्रित भएर छलफल गरिरहेका हुन्छन् । सोहीकारण पारस आर्ट अफ लिभिङदेखि पूर्वीय दर्शनका सन्त–महन्तसँगको छलफल एवं अन्तक्र्रियामा जोड दिइरहेका छन् । मित्रहरूका अनुसार पारस अध्यात्म र हिन्दू धर्मदर्शनका मौलिक पक्षलाई विश्वभर विस्तार गर्नुपर्छ र त्यसको संरक्षणमा जोड दिनुपर्छ भन्नेमा बढी चासो राख्छन् ।

नियमित स्वास्थ्य जाँच
पारस नियमति स्वास्थ्य जाँच गर्छन् । शीताष्माको निवासबाटै फलोअपका लागि अस्पताल जाने गरेका छन् । स्वास्थ्य सुधार भएकाले गतवर्ष खप्तड भ्रमणमा गएका उनी पछिल्ला दिनमा भने लामो यात्रामा निस्केका छैनन् ।

नर्भिक अस्पतालमा उनले नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् । पारसका मित्रहरूको भनाइमा उनी कहिलेकाहीँ हजुरआमा रत्नलाई भेट्न नारायणहिटी पुग्छन् । ०७२ वैशाख पहिलो साता गम्भीर बिरामी भएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल पु¥याइएको थियो । त्यसपछि उनी निरन्तर चेकअपमा छन् ।

पारसको स्वास्थ्यमा सुधारभन्दा पनि स्थिरता भएकाले उनी खास मोटाउन पनि सकेका छैनन् । कमजोर स्वास्थ्यका कारण उनी पातलो, अग्लो र ख्याउटे देखिन्छन् । बैंककबाट फर्किंदाको वेलाभन्दा भने केही मोटाएका छन् । स्रोतका अनुसार पारसले अहिले लामो कपाल ‘स्ट्रेट’ गरेका छन् । लुक्स चेन्ज भएको छ ।

रक्सी पिउन कम गरे
आध्यात्मिकताको साथै योगा र ध्यानमा लागेका पारस पहिलाजस्तो रक्सी पिउँदैनन् । तर, पूरै छाडेका पनि छैनन् । पिएर झै–झगडा गर्ने काम भने पारसबाट हुन छाडेको छ । योग र प्राणायाम गर्ने बानी विकास गरेका छन् ।

खानपिनमा सुधार गरेका छन् । ‘खानपानबाट स्वास्थ्य सुधारमा ध्यान दिएका पारस सन्तुलित भोजनका साथै ‘सोसल ड्रिंक्स’बाहेक मदिरा सेवन गर्दैनन्,’ स्रोतले भन्यो । पारसले मासु खान पनि कम गरेका छन् । पहिला योग उनकै साथी प्रभञ्जन सिंह अर्थात् वेदनाथले सिकाएका थिए । उनी पहिलाजस्तो रक्सी पिएर रिसाउने, उद्दण्ड शैली देखाउनेभन्दा पनि सामान्य कुराकानीमा रमाउने गरेका छन् । तर, खुलेर धेरै कुरा भने कसैसँग पनि गर्दैनन् ।

जन्मदिनको तयारी
१५ पुसमा पूर्वयुवराज पारस शाहको जन्मदिन हो । त्यस दिनको औपचारिक कार्यक्रम अहिलेसम्म सार्वजनिक भएको छैन । तर, शीताष्माको निवासमै जन्मदिन मनाउने तयारी छ । बेलुकीको डिनर कार्यक्रम के हुने भन्ने टुंगो अझै नलागेको स्रोत बताउँछ ।

बिहान र दिउँसो भने शीताष्माको घरमै पारसले आफन्त र उनीनिकटका साथीको शुभकामना ग्रहण गर्ने कार्यक्रम रहेको पारसका साथी योगी व्यग्र वेदनाथले बताए । ‘अहिलेसम्म त घरमै जन्मदिन मनाउने भन्ने कार्यक्रम छ र केही साथीहरूले नेवारी कल्चरअनुसार जन्मदिन मनाउने भन्ने कुरा पनि गरेका छन्,’ वेदनाथले भने ।

मठमन्दिरको दर्शन
१ जनवरी २०१७ मा पूर्वयुवराज पारस दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा नयाँ वर्षको रमझममा झुमेका थिए । वर्षको आरम्भ रमाइलो गरेर सुरु गरेका उनी सन् २०१७ को अन्त्यसम्म आइपुग्दा त्यति चर्चामा र विवादमा आएनन् । कुनै ठूला कार्यक्रममा पनि सहभागी भएनन् । केही सीमित साथीभाइसँग डिस्को जाने, होटेलका कार्यक्रममा सहभागी हुनेबाहेक पारस २०१६ को जति सक्रिय भएनन् ।

सन् २०१६ मा पारस निकै सक्रिय बनेका थिए । आध्यात्मिकदेखि सांगीतिक कार्यक्रमसम्ममा उनको सहभागिता बाक्लो थियो । सन् २०१७ मा भने बाहिरी घुमघाममा खासै रुचि देखाएनन् । यद्यपि, केही आध्यात्मिक भ्रमण भने गरे ।

पारस आध्यात्मिक बाटोमा क्रियाशील रहेको उनका साथी वेदनाथले बताए । उनले यहीबीचमा बहिनी शीताष्माका साथ ललितपुरको बंगलामुखी मन्दिर, रुद्रायणीदेवी, दक्षिणकाली र पशुपति दर्शन गरे । त्यसो त पारस गतवर्ष योगी व्यग्र वेदनाथसहितको टोलीसँग खप्तडबाबाको दर्शनका लागि खप्तड क्षेत्र पुगेका थिए ।

पारस-हिमानी कहिले हाेलान सँगै ?
६ असार ०७४ मा पारस र हिमानी सँगै नर्भिक अस्पताल पुगेको सन्दर्भ हेर्दा अहिले पारस र हिमानीको सम्बन्धमा सुधार भएको मान्न सकिन्छ । पछिल्ला दिनमा उनीहरूको सम्बन्ध बिग्रिएको समाचार पनि बाहिर आएका छैनन् । पारसनिकट स्रोतका अनुसार हिमानीसहित छोराछोरीसँगको भेटघाट पनि पहिलाभन्दा बाक्लिएको छ । पछिल्ला दिनमा पारसको स्वास्थ्य स्थिर रहेका कारणले पनि उनीहरूको भेटघाट बाक्लिएको हो ।

माता सविता सरुले ग्रहदशा बिग्रिएकाले पारस र हिमानीलाई सँगै नबस्न सुझाएकी छिन् । त्यही सुझाबअनुसार उनीहरू एकसाथ नबसेको दरबार निकट स्रोत बताउँछ । निर्मल निवासलाई थरिथरि मान्छेले दिने अनेकथरि सुझावका कारण पनि परिवारसँग पारसको औपचारिक मिलन नभएको जानकारहरू बताउँछन् ।

पारसका मित्र प्रभञ्जन सिंहले थरीथरीका सुझाबहरू दरबारमा गइरहेकाले पनि राजपरिवारका सदस्यहरूबीच बेमेल भएको बताए । माताहरूले पारस र हिमानी छुट्टाछुट्टै बस्न भनेको डेढ वर्ष बितिसक्यो ।

– नयाँ पत्रिकाबाट

The post पत्नी हिमानीसंग सम्बन्ध सुमधुर बनाउँदै पुर्ब युबराज पारस , सुटुक्क जान्छन् निर्मलनिवास appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Cv48kB
via IFTTT

यस्तो पनि वेश्यालय, जहाँ यौनप्यास मेटाउन ग्राहकले पैसा तिर्नु पर्दैन

यस्तो पनि वेश्यालय, जहाँ यौनप्यास मेटाउन ग्राहकले पैसा तिर्नु पर्दैन

एजेन्सी । वेश्यालय भन्दा पैसा तिर्ने पर्ने हुन्छ । आफ्नो यौन प्यास मेटाउन वेश्यालय जाँदा पैसा नतिरेरै जान पाईन्छ भन्दा अचम्म लाग्न सक्छ । तर दुनियाँमा एउटा यस्तो वेश्यालय पनि छ जहाँ ग्राहकले पैसा नतिरिकनै यौनक्रिडा गर्न पाउँछन् ।

उक्त वेश्यालयका यौनकर्मी महिलाहरुले यौनकर्म गरेबापत आफ्ना ग्राहकबाट रकम असुल्दैनन् । बस्, त्यहाँ ग्राहकले एउटा शर्तको पालना गर्नुपर्दछ ।

स्लोभाकियामा एउटा यस्तो वेश्यालय रहेको छ । उक्त वेश्यालयको सेवा लिनका लागि धेरै मानिसहरु तछाडमछाड गर्दछन्। किनकि त्यहाँ सित्तैमा सम्भोग गर्ने मौका छ । तर उक्त वेश्यालयमा सम्भोग गर्न चाहने पुरुषहरुले एउटा शर्त पालना गर्नुपर्दछ । जुन सर्त जोकोहीलाई स्वीकार्य नहुनसक्छ ।

वेश्यालयका यौनकर्मी महिलासँग सेक्स गरेको भिडियो खिच्ने शर्तमा मात्र त्यहाँ सित्तैमा सेक्स गर्न पाइन्छ । त्यसरी खिचिएको सेक्स भिडियो जुनसुकै बेला व्यवसायिक रुपमा बिक्री वितरण गर्न सकिनेछ ।

The post यस्तो पनि वेश्यालय, जहाँ यौनप्यास मेटाउन ग्राहकले पैसा तिर्नु पर्दैन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DCLYfZ
via IFTTT

यी हुन् संसारकै सबैभन्दा सुन्दर अपराधी : अदालतले पनि दियो अनौठो सजाय

एजेन्सी। यी युवती यतिसम्म सुन्दर छिन् कि देख्ने मान्छे सुरुमै मोहित हुन सक्छ । तर यी युवती एक खतरनाक अपराधी हुन् । क्यानडाकी स्टेफनी बेयुदोइनमाथि चोरी, डकैती र अबैध हतियार राख्ने जस्ता गम्भीर आरोप लागिसकेका छन् । उनलाई अदालतले सजाय तोकेपछि उनलाई संसारकै सबैभन्दा हट अपराधी पनि भनिएको थियो ।

२४ वर्षकी यी क्यानडाली युवतीमाथि ३९ घरमा चोरीसहित गैरकानुनी रुपमा हतियार राखेको गरी कूल ११४ मुद्दामा सजाय सुनाइएको थियो । उनलाई गतवर्ष अदालतले ९० दिनको जेल सजाय सुनाएको थियो ।

आश्चर्यजनक कुरा त के भने उनी जेलमा हरेक हप्ताको शनिबार र आइतबार मात्र बस्नु पथ्र्यो । बाँकी दिन उनी मजाले बाहिर घुम्न सक्थिन् । रिपोर्टका अनुसार यी युवतीले चोरीको लागि १३, १४ र १७ वर्षका तीन किशोरलाई प्रयोग गरेकी थिइन् । गिरफ्तार भएपछि स्टेफनीका कैयौं फोटोहरु सामाजिक संजालमा भाइरल भए ।

उनको सुन्दरता देखेर मोडलिङदेखि हलिउड फिल्ममा सम्म अफर आएका थिए । २०१५ मा उनलाई एक म्यागजिनले ‘सेक्सी थिफ’को उपमा दिएको थियो । पछि उनको मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीशले यो ट्याग लगाउन प्रतिबन्ध लगाइदिएका थिए ।

The post यी हुन् संसारकै सबैभन्दा सुन्दर अपराधी : अदालतले पनि दियो अनौठो सजाय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Cv3WSp
via IFTTT

उत्तर कोरियाका लागि तेल लिएर हिँडेको जहाज दक्षिण काेरियाकाे कब्जामा

पुस १६– उत्तर कोरियाको लागि तेल लिएर गएको अर्को जहाज दक्षिण कोरियाले कब्जामा लिएको जनाएको छ ।

‘कोटी’ नाम गरेको पानामाको झण्डा भएको ५ हजार १ सय मेट्रिक टन तेल बोकेको ट्याङ्कर प्योङ्टेक भन्ने बन्दरगाहमा राखिएको बेला दक्षिण कोरियाले कब्जामा लिएको जनाएको छ ।

दुईदिन अगाडि मात्रै चिनेले उत्तर कोरियामा तेल आपूर्ती गरेको भन्दै तेल बोकेको जहाजलाई दक्षिण कोरियाले कब्जा लिएको थियो ।

अहिले कब्जामा लिएको जहाजमा चाइनिज र बर्मीज क्रिउ रहेको दक्षिण कोरियाको न्युज एजेन्सी योन्ह्यापले जनाएको छ । उत्तर कोरिया बिरुद्व आणविक परिक्षण रोक्न तेल आपूर्तीमा सयुक्त राष्ट्रसंघले प्रतिबन्द लगाएको छ ।

The post उत्तर कोरियाका लागि तेल लिएर हिँडेको जहाज दक्षिण काेरियाकाे कब्जामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DDH2HF
via IFTTT

आजकाल राजधानीमा फेसबुकबाटै हुन्छ यौन व्यवसाय ! यौनकर्मीले यसरी गर्छन सम्पर्क …

तपाईलाई फेसबुकमा कुनै अपिरिचित केटीले वा केटाले फ्रेण्ड रिक्वोइस्ट पठायो भने सिधै एसेप्ट नगरिहाल्नुस । उसको प्रोफाइल हेर्नुहोस, एक पटक । उसको ठेगाना, उसका साथीहरु, उसले पहिले गरेका पोष्टहरु यी सबै हेरेपछि चित्त बुझे मात्र एसेप्ट गर्नु होस ।

नचिनेका केटा वा केटी सिधै सिक्वोइस्ट एसेप्ट गर्दा तपाईको फ्रेण्ड यौन व्यवसायी पनि पर्न सक्ने संभावना छ । किनकी अचेल मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ ।

फेस बुकका पहिले हलोहाई भन्ने बिस्तारै पारिवारिक र आर्थिक अवस्थासम्म कुराकानी हुने र पछि फोन मार्फत भेट्ने कुरासम्म पुग्ने गरेको एक यौन व्यवसायी बताउछन ।

यौन व्यवसायमा लागेका महिला वा पुरुष फेस वुक वा इन्टरनेटको माध्यमबाट मोलमोलाई देखि भेट्ने स्थानसम्मका कुरा तय गर्छन । यसरी समाजिक सञ्जाल मार्फत व्यवसाय चल्न थालेपछि यो व्यवसायमा बिचौलियाको प्रभाव घट्दै गइरहेको छ ।

उमेर ढल्केका केही यौनकर्मी अझै पनि युवायुवतीको बिचौलिया बनेर कमाई गरिरहेका पनि छन । तर तिनीहरुको संख्या एकदमै कम छ अहिले । बिचौलियाका कारण पहिले उनीहरूको आम्दानी कम हुन्थ्यो । आधाआधा गर्नु पर्दथ्यो । तर अहिले मोबाइल, इन्टरनेटको सहयोगले सीधै ग्राहकसम्म पहुँच पुगेको छ ।

पढेलेखेकाले त अहिले ग्राहकसंग विदेशबाट गिफ्टसमेत मगाउँछन् । राजधानीका तारेहोटेलदेखि डान्सबारसम्म, गेस्ट हाउसदेखि भट्टीसम्म, बसपार्कदेखि सडकपेटीसम्म यौन व्यवसाय फस्टाउदो छ । यो व्यवसायको स्थान, शैली परिवर्तन भइरहेको होला पेसा परिवर्तन भएको छैन ।

मध्यस्थकर्तामार्फत हुने अधिकांश यौन व्यवसाय अहिले सामाजिक सञ्जाल (इन्टरनेट) र मोवाइलको सहायताले हुन थालेको छ । ग्लोबल फन्डले गरेको आईबीबीएस (इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेवियरल सर्भिलेन्स) सर्भेक्षणले राजधानीमा मात्र ३० हजार यौनकर्मी महिला रहेको औंल्याएको छ ।

तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्यो भन्दा बढी रहेको महासंघको अनुमान छ । यौन व्यवसायीको क्षेत्रमा कार्यरत महिला अगुवाहरूका अनुसार नेपालमा पाँच प्रकारका यौनकर्मी छन् ।

पहिलो श्रेणीका यौनकर्मी जो महंगा गाडी चढ्छन् । उच्च घरानाका उनीहरू बाहिर कमैमात्र देखिन्छन् । उनीहरूका पार्टनर पनि उच्च ओहदाकै हुन्छ । ती यौनकर्मिको कमाइ महिनामा कम्तिमा डेढदेखि दुई लाखसम्म हुन्छ । दोस्रो श्रेणीका यौन व्यवसायी जो सम्पर्कका आधारमा मात्र व्यवसाय गर्छन् ।

ठूलठूला होटेलको सम्पर्कमा हुन्छन् । होटेलले सम्पर्क गरे मात्र उनीहरु व्यवसायमा जान्छन् । उनीहरू ग्राहक खोज्दै हिँड्दैनन् । सधैं व्यस्त पनि हुँदैनन् । उनीहरु थोरै समयमा मनग्यै कमाउँछन् । उनीहरूको कमाइ महिनामा एक लाख देखि डेढ लाख आसपास हुन्छ । तेस्रो प्रकारका यौन व्यवसायी जो डान्सबार, गेस्ट हाउसलाई आफ्नो सम्पर्क स्थान बनाएर व्यवसाय गर्छन् ।

उनीहरू डान्सबारलाई सम्पर्क स्थान बनाएर मोबाइलमार्फत सम्पर्क गरेर ग्राहकले बोलाएको स्थानमा पुग्छन् वा आफुले बोलाउँछन् । उनीहरूको कमाइ महिनामा ५० हजारदेखि एक लाखको आसपासमा हुन्छ ।

यसमा पनि यौनकर्मिको उमेर, , सुन्दरता, क्षमता, अनुभव, सम्पर्कका आधारमा कसैले यो भन्दा बढी पनि कमाउछन् । चौथौ प्रकारका यौन व्यवसायी भनेका ग्राहक फेर्दै र खोज्दै हिँड्दैनन् ।

उनीहरूका नियमित ग्राहक एउटै हुन्छन् । उसैबाट तिनीहरूले आफ्ना सबैजसो आवश्यकता पूर्ति गर्छन् । लामो समयपछि मात्र सहमतिमा उनीहरू पार्टनर परिवर्तन गर्छन् ।

उनीहरूको कमाइ पुग्ने जति हुन्छ । धेरै हुदैन । घरव्यवहार चलाउन पुग्ने हुन्छ । र पाँचौं किसिमका यौनकर्मी उमेर ढल्कदै गएका हुन्छन् । थोरै पैसाका लागि पनि उनीहरू यौन बेच्न तयार हुन्छन् । सडकपेटीमा, भट्टीमा उनीहरू सय, पचास रुपैयाँ कमाउनका लागि समेत राजी हुन्छन् । यिनै यौनकर्मीमा एड्सको खतरा बढी रहेको पाइएको छ ।

पैसाको लोभमा कण्डमको प्रयोग नै नगरि यौन सम्पर्क राख्दा एचआईभीको जोखिम हुन्छ । यौन तथा प्रजनन स्वास्थ्य विज्ञ डा. खेम कार्कीका अनुसार नेपालमा असुरक्षित यौन सम्पर्कका कारण ९० प्रतिसतलाई एचआईभी संक्रमत भएको पाइएको छ ।

उमेर ढल्कदै गएपछि ग्राहक नपाउने पिरलोका कारण धेरै जसो प्रौढ योनकर्मिमा डिप्रेसनको समस्या हुन्छ । पहिले बिन्दास पाराले खर्च गर्ने बानी परिसकेको हुनाले उमेर छिप्पिदै गएपछि उनीहरुको कमाईको श्रोत घट्दै जाने हुनाले उनीहरुलाई खर्चको जोहो गर्न मुस्किल पर्छ ।

राजधानीलगायत नेपालका प्रमुख सहरहरू धरान, विराटनगर, नारायणघाट, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, वीरगन्जलगायत सबै सहरमा यौन व्यवसाय फस्टाउँदो छ । एक यौन व्यवसायीका अनुसार यी सबै ठाउँंमा गरेर महिनामा करिब ५० करोडांै रुपैयाँबराबरको कारोवार हुन्छ ।

निजामती सेवादेखि प्रहरी, सुरक्षा निकाय, राजनीतिज्ञ, सवारीचालक, व्यापारी, उद्योगी यी सबै यौनकर्मिका ग्राहक हुन् । नेपालमा हुने यौन व्यवसायमा हुने करोडौं आम्दानी आखिर कहाँ खर्च भइरहेको छ त ?

यौनकर्मी (महिला वा पुरुष) ले कमाउने करोडौं रुपैयाँ कहाँ लगानी गरिरहेका छन् त ? मोजमस्तीमै उडाइरहेका छन् त ? कि उत्पादनमूलक काममा खर्च गरिरहेका छन ? यी प्रश्नको उत्तर सहज छैन ।

यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार अधिकांश यौनकर्मी महिलाको आम्दानी फजुल खर्च भइरहेको छैन ।

उनीहरूको आम्दानी आफ्ना बालबालिकाको पढाइमा, परिवारको लालनपालनमा खर्च हुने गरेको छ । त्यसबाट बचेको केही रकममात्र उनीहरुले भविष्यका लागि बचत गर्ने गरेका छन् ।

ढकाल भन्छिन, नेपालमा यौन व्यवसायमा रहेका ठूलो संख्यामा रहेका यौनकर्मी महिला पढेलेखेका छैनन् । उनीहरू कुनै न कुनै बाध्यता र विवशताले यो पेसामा आएका छन् । त्यसैले उनीहरू आफूले कमाएको पैसा आफ्ना बालबालिका र परिवारका सदस्यको शिक्षादीक्षाका लागि खर्च गर्ने गरेका छन् ।

ताकि भोलिका दिनमा आफ्ना सन्तानले यौन व्यवसाय गर्नु नपरोस् । यसका अलावा घरपरिवार, आमाबुबाको पालनपोषण, औषधिउपचारमा पनि खर्च हुने गरेको छ ।

आफूले लुकेर, तिरस्कार सहेर, कमाएको पैसा परिवारको र बालबच्चाको पढाइमा खर्च गरे पनि पछि तिनै परिवारका सदस्य र छोराछारीको लाञ्छना सहनुपर्दा भने उनीहरूलाई असह्य हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक अर्की यौनव्यवसायी बताउछिन् ।

पछिल्ला दिनमा कलेज पढ्दा पढ्दै यो व्यवसाय अंगाल्ने युवतीको संख्या बढ्दै गइरहेको बिजया बताउछिन् । शहरमा हाइफाई जिवनशैली जिउन चाहने तर घरबाट बुबाआमाले पढाई का लागि भनेर पठाएको सिमित खर्चले पुग्ने अवस्था नभएपछि उनीहरु यो व्यवसायमा आउने गरेको पाइएको उनको बुझाई छ ।

राजधानीमा रोगजारी पाउन मुस्किल हुने र पाई हालेपनि न्युनतम तलवले महिनाको खर्च टार्न धौधौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रुपमा उनीहरुले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ । – दैनिकनेपालबाट

The post आजकाल राजधानीमा फेसबुकबाटै हुन्छ यौन व्यवसाय ! यौनकर्मीले यसरी गर्छन सम्पर्क … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EkZXbt
via IFTTT

अश्लील भिडियो बनाएर भयो यस्तो चर्तिकला

झापा, १६ पुस । झापा जिल्लामा बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय विजयबहादुर मगर र सोही स्थानका १७ वर्षीय नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय अनारमनीले शनिबार सार्वजनिक गरेको हो ।

मितआमालाई भेट्न इलामबाट आएकी ३५ वर्षीया एक महिलालाई उनीहरूले खुकुरी देखाएर जबरजस्ती गर्ने प्रयास गरेका थिए । घटनामा संलग्न अर्का एकजना फरार रहेको र प्रहरीबाट उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितको पहिचान भने प्रहरीले गोप्य राखेको छ ।

पीडित महिलालाई बिहीबार मितआमाको भाइले मोटरसाइकलमा इलाम पुर्‍याउने क्रममा अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरीबन्धु चिया बगानमा ती युवकले खुकुरी देखाई मोटरसाइकल रोक्न लगाएको प्रहरीको भनाइ छ ।

ती युवाले उनीहरूलाई कुटपिट समेत गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार ती महिला र उनका मितआमाको छोरा ‘भाइ’लाई चुम्बन गर्न लगाएर उनीहरूले भिडियो खिचेका र त्यसैका आडमा पैसा असुल्ने प्रयास गरेका थिए । तीन जनाले पीडित महिलाको कपडा खोलेर जबरजस्तीसमेत गर्न खोजेको प्रहरीले जनाएको छ ।

उनीहरूले बनाएको अश्लील भिडियो आफूसँग रहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताएका छन् । भिडियो बनाइसकेपछि ती युवाले आफूहरूले भनेजति पैसा नदिए भिडियो फेसबुक तथा अन्य सामाजिक सञ्जालमा अपलोड गरिदिने धम्कीसमेत दिएका थिए । dainiknepal बाट

The post अश्लील भिडियो बनाएर भयो यस्तो चर्तिकला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CueNf3
via IFTTT

शालनालसहितको नवजात शिशुलाई फालेर बेपत्ता भएकी सृजना अन्तत प्रहरीको फन्दामा

पक्राउ पर्नेमा झापा मेची नगरपालीका वार्ड नं. ७ घर भई सुनवर्षि नगरपालिका ३ माईतिघर बस्दै आएकी २४ वर्षिय सृजना तिम्सीना (विष्ट) रहेकी छन् ।इलाका प्रहरी कार्यालय रंगेलीले आईतवार बिहान सुनवर्षि नगरपालिका ३ भेलाई टोल स्थित खोल्सामा शालनालसहित मृत अवस्थामा नवजात शिशु फेला पारेको थियो ।

घटना थाहा पाएलगतै प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक संजिबबाबु खड्काका अनुसार तिम्सीनालाई सुनवर्षि नगरपालिका ३ स्थित माईती घर पक्राउ गरेको बताए ।
प्रहरीका अनुसार अबैध रुपमा गर्भ रहेकाले नवजात शिशुलाई जन्म दिएर फालेको अनुसन्धान बाट खुलेको जनाएको छ । प्रहरीले तिम्सीना विरुद्ध कर्तव्य ज्यान मार्ने मुदा चलाइने जनाइएको छ । medianp बाट

The post शालनालसहितको नवजात शिशुलाई फालेर बेपत्ता भएकी सृजना अन्तत प्रहरीको फन्दामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DCJvCf
via IFTTT

नायिका अनुष्कापछि बलिउडका चर्चित नायक वरुण धवनले पनि प्रेमिका नताशासँग बिहे गर्दै

एजेन्सी – बलिउडका चर्चित नायक वरुण धवनले बिहे गर्ने भएका छन् ।भारतिय मिडियाका अनुसार लामो समय देखि प्रेम सम्वन्धमा रहेका वरुणले आफ्नी प्रेमिका नताशा दलालसँग बिहे गर्न लागेको बताइएको छ । बिहे गर्नकै लागी बरुणले मुम्बईमा घर किनिसकेको पनि बताइएको छ।

विवाहको तयारीमा पुरा परिवार लागि सकेको र उनीहरुले आगामी वर्ष २०१८ मा बिहे गर्न लागेका छन् ।बलिउडमा बद्रीनाथ की दुल्हनिया र जुड़वा – २ जस्ता हिट फिल्ममा काम गरेका बरुण प्रेमिका नताशासँगको सम्बन्धका कारण पनि चर्चामा रहेका थिए ।

The post नायिका अनुष्कापछि बलिउडका चर्चित नायक वरुण धवनले पनि प्रेमिका नताशासँग बिहे गर्दै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ct0gAp
via IFTTT

सुनसरी-११ ले जित्यो फाल्गुनन्द गोल्डकप

http://ift.tt/2CgxAh7 १६ पुस, पाँचथर । नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवलको उपाधि सुनसरी-११ ले जितेको छ । मोरङ-११ लाई २-० गोल अन्तरले हराउँदै सुनसरीले उपाधि जितेको हो । पुर्वी पहाडकै सबैभन्दा ठूलो मानिने

from ARENA http://ift.tt/2lxo7ae
via IFTTT

सिटी सेन्टर अगाडि उभिएर जिस्काउने युवकलाई किशोरीले टिर्सट खोलेर आफ्ना दुवै स्तनले गाला गालामा हानिन् झापड, भिडियो बन्यो भाइरल

जेन्सी। तपाईले सडकमा हिँडिरहेका युवती र महिलाहरुलई जिस्काउने बानी त छैन ? यदी छ भने त्यस्तो बानी आज नै छाडिदिनुहोस् । किनकी सबै महिला एउटै स्वभावका हुँदैनन् । जुन पुरुषले सँधै अश्लिल शब्द र विभिन्न ठाउँमा महिलाहरूलाई जिस्क्याउने, उनीहरूप्रति हेरेर अश्लील संकेत गर्ने वा उनीहरूलाई सुनाएर द्विअर्थी कुरा गर्दा पनि चुप लागेर बस्ने ।

यसैबिच दक्षिण पश्चिम ब्राजिलस्थित रिबेइरो प्रेतो नामक सिटी सेन्टर अगाडि उभिएर विज्ञापन पर्चा–पम्पलेट बाँडिरहेको बेला एक युवकले लगातार एक युवतीलाई जिस्क्याइरहेपछि ति युवक बिरुद्ध ति युवती जाइलागेकी हुन् । जुन घटना घटिरहँदा सडकमा उभिइरहेका मानिसहरुले उक्त दृश्यको भिडियो बनाए । जसमा ती महिलाले युवकलाई आफ्नो खुट्टाले च्याँपिरहेकी छन् । केही बेरपछि ती युवती रिसको झोँकमा युवकमाथि चिच्याउँदै आफ्नो टी सर्ट फुकाल्छिन् अनि पहिले हातले र पछि नाङ्गा स्तनहरूले युवकको गालामा दुईतर्फी प्रहार गरिरहेको देख्न सकिन्छ ।

The post सिटी सेन्टर अगाडि उभिएर जिस्काउने युवकलाई किशोरीले टिर्सट खोलेर आफ्ना दुवै स्तनले गाला गालामा हानिन् झापड, भिडियो बन्यो भाइरल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zTxc2e
via IFTTT

दुईटी स्वास्नी माथि हिरोनीहरु पनि उसैलाई चाहिने भन्दै मुकुन्देले गर्यो रबिमाथि कडा प्रहार भिडियो जबाफ सहित !!

सामाजिक संजाल मार्फत रबि लामिछाने बिरुद लेख्दै र बोल्दै आएका मुकुन्दे घिमिरेले फेरी आज अर्को स्टाटस यस्तो लेखेका छन् :

दुईटी स्वास्नी माथि हिरोनीहरु पनि उसैलाई चाहिने, अझै कामुक भएर मिडियामा बलात्कारका कुरा गर्न पाइने, कुरा लाउने पत्रकार नाथेले पाउने चरमसुख त्यति नै हो, झट्टै मेरो नेपाल छोडीहाल मुकुन्देको कुरा यति नै हो।😈
जनआस्था साप्ताहिक; मङ्सिर २७, २०७४

हेर्नुहोस यसै संदर्बमा बेलायतबाट ३ करोड नेपालीको आवाज बोल्दै हाम्री चेली मुकुन्देलाइ कडा जबाफ सहित भिडियो :

नमस्कार !सम्पूर्ण आदरणीय आमा बुबा दाजुभाई तथा दिदीबहिनीहरु!म लोक गायक नीलमणी भण्डारी! हाम्री नेपाली चेली अष्टमी गुरुङलाई मायाँ गर्नुहुन्छ भने, हजुरहरु सबैले यो भिडियोलाई एक एक शेयर गरीदिनुहोला भन्न चाहन्छु। यो गीत सुनेपछि हजुरहरुको पनि रगत अवश्य तात्नेछ, र हामी सबै नेपालीको चाहना पनि यही हो, स्वर्गीय बहिनी अष्टमी गुरुङको आत्माले शान्ति पाओस् अनि, यो अत्यन्तै दुःखको घडिमा अष्टमीका शोक शन्तप्त परीवालाई सम्वन्धीत् निकायबाट न्याय मिलोस ।।।।

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका छन् ।

मुकुन्दे नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन्त । रबि लामिछाने एक पत्रकार हो पत्रकारले दोषीलाई कार्भई गर्ने हैन कर्भई गर्नका लागि प्रहरी छन् भन्दै रबि लामिछाने प्रति बिरोधि भएका छन् । मुकुन्देको यो कुरालाई लिएर जनता अहिले मुकुन्दे बिरुद्ध उत्रिएका छन् । यस्तै कलाकार गायक नीलमणि भण्डारीजी पनि आफ्नो संगीत केहि सब्द हरु कोरेर ३ करोड नेपाली हरु माझ पुराउन को लागि यो लाइव भिडियो मार्फत आफ्नो आवाज गित को माध्यम बाट लियर आउनु भएको छ , तल भिडियोमा हेर्नुहोला ।

The post दुईटी स्वास्नी माथि हिरोनीहरु पनि उसैलाई चाहिने भन्दै मुकुन्देले गर्यो रबिमाथि कडा प्रहार भिडियो जबाफ सहित !! appeared first on Taja nepali news.

http://ift.tt/2r2xWhS

from SHYANE http://ift.tt/2ChbriW
via IFTTT

श्रीमती र पैसाले एकैपटक धोका दिँदा ईकुको यस्तो हालत, आफ्नो वेदना सुनाउदै भावुक बने इकु (भिडियो)-

It is not only in the Nepali movie industry, divorce among Nepali couple has been in the increasing trend these days. This might be because, compromising is not in the cards of today’s youth. I think, there is nothing wrong to get out of the relationship that is not working out. But, divorce also brings a lot of pain and problems to the both the couple involved. The traditional Nepali society has made it even worse by tagging them ‘bad example’ to the society. Here in this interview , Suleman Shankar who is well known as ‘Iku’ in Nepali film industry shared his personal feelings and bitter experience about the life. Watch this interview here:भिडियो

The post श्रीमती र पैसाले एकैपटक धोका दिँदा ईकुको यस्तो हालत, आफ्नो वेदना सुनाउदै भावुक बने इकु (भिडियो)- appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zTCjzb
via IFTTT

लाइसेन्स नभएकालाई खुसिको खवर, आठ घुमाउनु नपर्ने, सुरु भयो यस्तो सजिलो ब्यबस्था

सवारी चालक अनुमती लिन तपाई अलमलमा हुनुहुन्थ्यो ? अव चिन्ता लिनु पर्दैन आज बाट सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गत मंसिर १ गतेदेखि बन्द भएका सबै सेवा आज बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालयले नयाँ फारम आजदेखि भर्न थालिएको जनाएको छ । कार्यालयले गएको ३ गतेदेखि २९ गतेसम्म रिट्रायलको राजश्व तिरेकाको ट्रायल परीक्षा आउँदो आइतबार लिने जनाएको छ ।

यस्तै बिहीबार र शुक्रबार अनलाईन फारम भरेकालाई भने आइतबार लिखित परीक्षा लिइने जनाएको छ । सवारी चालक अनुमती लिन तपाई अलमलमा हुनुहुन्थ्यो ? अव चिन्ता लिनु पर्दैन आज बाट सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गत मंसिर १ गतेदेखि बन्द भएका सबै सेवा आज बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालयले नयाँ फारम आजदेखि भर्न थालिएको जनाएको छ । कार्यालयले गएको ३ गतेदेखि २९ गतेसम्म रिट्रायलको राजश्व तिरेकाको ट्रायल परीक्षा आउँदो आइतबार लिने जनाएको छ । यस्तै बिहीबार र शुक्रबार अनलाईन फारम भरेकालाई भने आइतबार लिखित परीक्षा लिइने जनाएको छ ।
खुसिको खबर :: लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु…..
ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ‘रोड टेस्ट’पछि मात्रै लाइसेन्सका लागि यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्ने जनाएको छ । महाशाखा प्रमुख डीआईजी मिङ्मार लामाका अनुसार रोड टेस्टका लागि आवेदकले एक घण्टा रोडमा सवारी कुदाउनुपर्नेछ । यसअघि ट्रायल पास भएपछि लाइसेन्स दिइन्थ्यो ।

काठमाडौंमा बढ्दो धूलो कम गर्न उपत्यकाका चारवटै नाकामा वासिङ सेन्टर राखिने डीआईजी लामाले जानकारी दिए ।साभार सवारी चालक अनुमतिपत्र ( लाइसेन्स ) लिने तयारीमा हुनुहुन्छ ? हो भने, अब नयाँ शैलीको ‘ट्रायल पास’ गर्नुपर्नेछ । यातायात व्यवस्था विभागले सवारी र ट्रफिक ज्ञानको प्रभावकारिता बढाउन बैशाख ८ देखि लागु हुने गरी नयाँ मापदण्ड बनाएको हो । यसकै तयारीका लागि चैत २६ देखि लाइसेन्स परीक्षाको आवेदनसमेत बन्द छ । पुरानो शैलीको दुई पांग्रेले डन्डी छलाउने र चार पांग्रेले ‘टी सेप’ कटाउने विधि बदलिएको हो । ५ वटा डन्डी छलाएर दिइने मोटरसाइकलको प्रयोगात्मक परीक्षा फेरिएर अब अंग्रेजी अंक ‘आठ’ आकारमा घुमाउनु पर्नेछ । त्यसपछि ठाउ ठाउमा राखिएका स्पीड ब्रेकरमा समेत स्टार्ट बन्द नगरी पार गर्नुपर्नेछ । त्यस्तै उकालो र ओरालोमा समेत चलाउनु पर्नेछ । परीक्षामा हेलमेट, पन्जा र जुत्ताको प्रयोग, सवारीको ऐना, संकेत र स्टार्ट गर्दाको अवस्थासमेत हेरिने छ । चालकको ध्यान, थ्रोटल, शरीर सन्तुलन, सवारीमा बसेर हेर्ने तरिका, ब्रेकको प्रयोगलाई पनि मापदण्ड बनाइएको छ । ‘यू’ टर्नमा साइट लाइटको प्रयोग, जेब्रा क्रसिङको सावधानी, ट्राफिक बत्तीको उपयोग पनि हेरिनेछ । पाँच मिनेट तोकिएको ‘आठ’ आकारको दूरी पूरा गर्नुपर्नेछ ।

चार पाङग्रेमा सिट बेल्ट, ऐना, संकेत, स्टार्ट, एक्सिलेटर, ब्रेक, क्लज र ब्याक गियरको प्रयोग तथा मोडने तरिकाको परीक्षण गरिन्छ । दुई पाङग्रेको नया बानेश्वर स्थित ट्रलीबस कार्यालय पछाडि र चार पाङग्रेको साल्ट ट्रेडिङ अगाडि प्रयोगात्मक परीक्षा हुनेछ । ट्राफिक लाइटमा समेत सवारी चलाएर नियम उल्लंघन गर्न थालेपछि प्रयोगात्मक परीक्षास्थलमा लाइटको व्यवस्था गरिएको छ । विभागका महानिर्देशक सरदचन्द्र पौडेलका अनुसार परीक्षा निगरानी गर्न र अनियमितता हुन नदिन उच्चस्तरको सिसि क्यामरासमेत जडान गरिएको छ, जसको अभिलेख लाइसेन्स जारी नहुदासम्म सुरक्ष्ाित राखिनेछ । लाइसेन्स परीक्षा समितिले जारी गरेको नजिता चित्त नबुझे सीसीक्यामराले खिचेको भिडियो समेत दखाइने उनले बताए । नया व्यवस्था अनुसार लाइसेन्स लिने चालक परिपक्व हुने ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए ।

के भए फेल ?

दुई पाङग्रे

-हेलमेट नलगाइ, ऐना नमिलाई र साइट लाइटको प्रयोग नगरी स्टार्ट गरे
-आठ आकारको लाइन भन्दा बाहिर सवारी लगे-
-यू टर्नमा साइट लाइट प्रयोग नगरे-
-ट्राफिक संकेत पालना नगरे-
-दुई वा बढी पल्ट स्टार्ट बन्द भए

चार पाङगे

-सिट बेल्ट नबाँधे, पछाडि दायाबाया हेर्न सिसाको परीक्षण नगरे, साइटलाइट नबाली स्टार्ट गरे–
-आठ आकारको लाइन भन्दा बाहिर गए
-स्पिड ब्रेकरमा रोकिए वा स्टार्ट बन्द भए-
-यू टर्नमा साइट लाइटको प्रयोग नगरे
-ट्राफिक संकेत पालना नगरे
-ग्यारेज पार्किङ गर्दा लाइन भन्दा बाहिर परे
-दुई वा बढी पल्ट स्टार्ट बन्द भए

The post लाइसेन्स नभएकालाई खुसिको खवर, आठ घुमाउनु नपर्ने, सुरु भयो यस्तो सजिलो ब्यबस्था appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lyLpMS
via IFTTT

अनमोल अभिनित चलचित्र ‘कृ’को पहिलो गीत ‘यति यति पानी’सार्वजनिक हेर्नुहोस भिडियो

काठमाडौं, १६ पुस । नेपाली चलचित्र क्षेत्रमा ‘मोस्ट भ्यालुयबल स्टार’ को छवि बनाएका अनमोल केसी अभिनित चलचित्र ‘कृ’को पहिलो गीत ‘यति यति पानी’ सार्वजनिक गरिएके छ ।

आउँदो माघ २६ गते प्रदर्शनमा आउन लागेको सो चलचित्रको सार्वजनिक गरिएको गीतमा अल्मोडा राना उप्रेती र मिस्टर राजेको स्वर रहेको छ । राजेन्द्र भट्ट (मिस्टर आरेजे)को शब्द सृजना र संगीत रहेको सो गीतको एरेन्ज भने अल्मोडा राना उप्रेतीले गरेका छन् ।

सुरेन्द्र पौडेलको निर्देशन रहेको ‘कृ’ मा अनमोल केसीसँग अदिती बुढाथोकीले अनस्क्रिन रोमान्स गरेकी छन् । चलचित्रमा अनुपविक्रम शाही पनि मुख्य भूमिकामा देखिँदैछन् ।

The post अनमोल अभिनित चलचित्र ‘कृ’को पहिलो गीत ‘यति यति पानी’सार्वजनिक हेर्नुहोस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lrfj6h
via IFTTT

२५ सय लाइसेन्स खारेज गर्दै यातायात कार्यालय, कतै तपाई त पर्नु भएन ?

काठमाडौं– यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा धेरै सवारी चालक अनुमतीपत्र (लाइसेन्स) खारेज हुने भएको छ।

लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ।बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो एक वर्षमा राजधानीका यातायात कार्यालयहरुबाट ३ हजार भन्दा धेरै लाइसेन्स वितरण गरिएका छन्। तीमध्ये करिब ९० प्रतिशत नक्कली कागजपत्रका आधारमा वितरण भएको विभागकै छानबिनमा खुलिसकेको छ।

‘नक्कली कागजपत्रका आधारमा जारी भएका सबै लाइसेन्स खारेज हुनेछन्,’ ।

The post २५ सय लाइसेन्स खारेज गर्दै यातायात कार्यालय, कतै तपाई त पर्नु भएन ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lzsEZs
via IFTTT

रवि ! अरुलाई कानुन पढाउनु भन्दा पहिले आफुँ जेल जाऊ र म फटाहा हुँ भन्दै माफी माग’ डा. एलिया

एकाबिहानै एकजना नाम चलेकै टुइटे डा. एलिया अर्यालले आफ्नो Tweeter मा येस्तो लेख्दै चर्चित पत्रकार रवि लामिछाने माथि यस्तो गम्भिर आरोप लगाएकी छिन उनको आरोप तल जस्ताको तस्तै हेर्नुहोस र एलियाको ट्विटमा रवि स्वयंले पनि रिप्लाई गरेका छन् ।

“रबि लामिछाने कानुनको पालना गराउदै हिड्छन तर उनले पनि कानुन मान्नुपर्यो उनी चै दुई_दुई ओटी श्रीमती बिहे गर्दा बहु बिहेमा जेल जानू नपर्ने के नेपाली मुलका अमेरिकन भएकैले छुट पा हो यदि इमानदार भए जेल जाउ कानुन पालना गर कि पहिला म फटाहा थिए अहिले सुदृण चाहन्छु भनेर जनतासग माफी माग।”

जहाँ रविले रिप्लाई यस्तो गरेका छन् “हर पागलहरुको ठेक्का कहॉ लिन सकिन्छ । पागलखानाहरु र उपचार गर्ने डाक्टरहरुलाईपनि त केही काम छोड्नै पर्यो नी।”हर पागलहरुको ठेक्का कहॉ लिन सकिन्छ । पागलखानाहरु र उपचार गर्ने डाक्टरहरुलाईपनि त केही काम छोड्नै पर्यो नी। medianp बाट

The post रवि ! अरुलाई कानुन पढाउनु भन्दा पहिले आफुँ जेल जाऊ र म फटाहा हुँ भन्दै माफी माग’ डा. एलिया appeared first on Taja nepali news.

http://ift.tt/2C0wn9N

from SHYANE http://ift.tt/2BZn61I
via IFTTT

Saturday, December 30, 2017

दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले भिसा दिन अस्वीकार

केही हप्ता अघि मात्र फिल्म ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेर फर्किएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले कुनै देश जान सबैभन्दा कठिन भएको छ भने त्यो बेलायत हो । पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटक प्रयास गरेकी साम्राज्ञीलाई फेरि बेलायतले भिसा दिन अस्वीकार गरेको छ ।

उनी यूके जान खोज्नुको मुख्य कारण ‘इन्टु मिन्टु लन्डनमा’ नामक फिल्मको छायांकनका लागि हो । साम्राज्ञीको भिसा पटक-पटक अस्वीकृत हुँदा बिग बजेटको यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । साम्राज्ञीले बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।

स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, केहीदिन अगाडि मात्र साम्राज्ञी दोस्रो पटक ‘भिसा पाऊँ’ भन्दै भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । अंग्रेजी नयाँ वर्षको केही सिन खिच्नका लागि साम्राज्ञीसहित निर्माण टीम बेलायत जाने तयारीमा थियो ।

तर, दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले नपत्याएपछि अब ‘इन्टु मिन्टु लन्डनमा’ निर्माण हुन्छ वा हुँदैन ? भन्नेमै प्रश्न चिन्ह खडा भएको छ । यो फिल्ममा साम्राज्ञीको अपोजिटमा देखिन लागेका धिरज मगर भने बेलायतमा बस्ने गर्छन । अहिले फिल्मकी निर्देशक रेनाशा वान्तवा राई यूकेमा साम्राज्ञीको प्रतिक्षा गरिरहेकी छिन् ।

प्राप्त जानकारी अनुसार, फिल्म निर्माण कम्पनीले वर्किङ भिसामा आवेदन दिएका कारण साम्राज्ञीको भिसा पटक-पटक अस्वीकृत भएको हो ।

गएको दुई महिना अगाडि पनि रेनाशा र कलाकार तथा पत्रकार दिलभुषण पाठक फिल्मको सुटिङका लागि भन्दै बेलायत पुगेका थिए । तर, साम्राज्ञीसहित १० जनाको भिसा रिजेक्ट भएपछि रेनशा र पाठक १ महिने बेलायत बसाईपछि नेपाल फर्किएका थिए । फिल्ममा दिलभुषण पाठकले साम्राज्ञीको पिताको भूमिका निर्वाहा गर्दैछन् ।

The post दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले भिसा दिन अस्वीकार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EjOid7
via IFTTT

विश्वकै पहिलो अल्छी कलाकारमा घोषणा गरियो दयाह्यांग राईलाई “हेर्नुहोस रहस्य सहितको भिडियो”

पौषको २८ गते ‘रिलिज’ हुने चलचित्र “मिस्टर झोले” ले दर्शकलाई हसाँउने कुरामा ढुक्क छन् दयाहाङ्ग । रामबाबु गुरुङले निर्देशन गरेको उक्त चलचित्रमा रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहेका छन भने टेकेन खड्का निर्माता हुन् ।

चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, वुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल लगायतको अभिनय रहेको छ । चलचित्रमा दया र दियाको जोडीलाई देखाइएको छ भने बर्षाले बुद्दिसँग रोमान्स गरेकी छिन् । दयाहाङ्गले निकैनै मेहनेत गरेको “ओखती” बोलको गीत हिट भैसकेको छ र साथै सार्वजनिक ‘ट्रेलर’ले पनि दर्शकको मन जितेको छ ।

The post विश्वकै पहिलो अल्छी कलाकारमा घोषणा गरियो दयाह्यांग राईलाई “हेर्नुहोस रहस्य सहितको भिडियो” appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2q4fwkR
via IFTTT

बिहानै आयो मलेसियाबाट दुख्द खबर १६ हजार नेपाली घर फर्किदै…..

काठमाण्डाै । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुनः भर्ना रिहायरिङ कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको थियो ।

उक्त अवधिमा गैरकानुनी हैसियतका करिब १६ हजार नेपाली स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको नेपाली दूतावासले जनाएको छ ।,

दूतावासको तथ्यांकअनुसार यस वर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो । गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ ।

त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्छ । तीबाहेक आफूसँग भिसा नभएको, तर राहदानी भएकाहरूले भने यात्रा अनुमतिपत्र लिनु पर्दैन । उनीहरूले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट मिलाई नेपाल फर्कन सक्छन् ।आजको कान्तिपुरमा खबर छ ।

The post बिहानै आयो मलेसियाबाट दुख्द खबर १६ हजार नेपाली घर फर्किदै….. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2En5MFu
via IFTTT

चिसो मौसममा फल्ने फल सुन्तला, मौसमी घाममा बसी बसी खानाले यस्ता छन अचम्मैका फाइदहरु जानकारी लिनुहोस …

कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । मानिसहरू सुन्तलाभन्दा भिटामिन चक्कीतिर आकर्षित भइरहेका छन् । सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिकालागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ ।
दिनहँ सुन्तलाको सेवन गर्ने गरेमा विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी हुनबाट बचाउन सक्छ । दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पु¥याउँछ । त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।

क्यान्सरको जोखिम घटाउँछ
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।

मिर्गाैला स्वस्थ राख्छ
सुन्तला खाइरहने गर्नले मिर्गाैलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन ।

कलेजो जोगाउँछ
सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ ।

कोलेस्टरोल घटाउँछ
सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ ।
मुटु बलियो बनाउँछ
सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ ।

भाइरल इन्फेक्सन हटाउँछ
सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन् ।

कब्जियत खुलाउँछ
कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ ।

आँखा तेजिलो बनाउँछ
सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन् ।

रक्तचाप नियन्त्रण गर्छ
सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

छालाको सुरक्षा गर्छ
सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ ।

स्वास्थ्य खबरपत्रिका बाट साभार गरिएको

The post चिसो मौसममा फल्ने फल सुन्तला, मौसमी घाममा बसी बसी खानाले यस्ता छन अचम्मैका फाइदहरु जानकारी लिनुहोस … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2q0ZEzp
via IFTTT

ईपीएलको सन्देश: सम्भव छ घरेलु क्रिकेटको व्यवसायिक उडान !

http://ift.tt/2CcQUfk १५ पुस, काठमाडौं । नेपालमा ‘घरेलु क्रिकेटको व्यवसायिक सम्भावना छ’ भन्ने बलियो सन्देश दिएर एभरेष्ट प्रिमियर लिग सकिएको छ । नेपाल क्रिकेट संघको सदस्यता नै खारेज हुने त होइन भन्ने शंका

from ARENA http://ift.tt/2Ej3Xt5
via IFTTT

म मा बढी यौन इच्छा छ तर मेरो श्रीमानले सन्तुष्टी दिन सक्दैन ..के गर्ने ?

म ३७ वर्षकी भए। मेरो श्रीमान् ४१ वर्षको हुनुहुन्छ। श्रीमान्मा भन्दा ममा बढी यौन इच्छा छ। पहिले उहाँको इच्छा बढी थियो। हाम्रो विवाह भएको १० वर्ष भैसक्यो जब म इच्छा राख्छु, उहाँ मुड छैन, शरीर दुखेको छ, अल्छी लागेको छ भनेर टार्नु हुन्छ। अहिले मलाई कतै उहाँको अरूसँग यौन सम्बन्ध त छैन भन्ने लाग्न थालेको छ । यो मेरो शंका मात्र हो कि वास्तविकता ? जसका कारण म निराश छु। यसको केही समाधान छ ?

यौन चाहनासम्बन्धी यस्ता प्रश्न धेरैले राख्ने गरेको मैले पाएकी छु। चिकित्साशास्त्रको भाषामा यसलाई यौन चाहनामा भिन्नता भनिन्छ। धेरैजसोले महिलामा भन्दा पुरुषमा बढी यौन इच्छा हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि यौन चाहना हुनु स्वाभाविक हो।

यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन तर यसभित्रको चरम रमाइलोपन र सन्तुष्टि प्राप्त गर्न भने केही सीप सिक्नु आवश्यक छ। जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीं यौनकाबारेमा वा भनौं दुवैको शरीरलाई रामोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने उदाहरण धेरै छन्। किनभने यौन चाहना प्राकृतिक कुरा मात्र नभै यो नितान्त मनोबैज्ञानिक बिषय पनि हो।

तपाईंको प्रश्नको उत्तर दिनुभन्दा अघि तपाईंको श्रीमानको यौन चाहना समयअनुसार कम हुँदै गएको हो वा पहिले देखिनै कम थियो भन्ने कुरा जान्न आवश्यक हुन्छ। यदि समय अनुसार कम हुँदै गएको हो भने सबैभन्दा पहिले त्यसको कारण पता लगाउन आवश्यक छ। किनभने यो समस्याको स्रोत धेरै हुन सक्छ। तपाईंको प्रश्न सुन्दा तपाईंको श्रीमान् अहिले चिन्तामा रुमल्लिरहनुभएको छ भन्ने बुझिन्छ। दोस्रो, तपाई र तपाईंको श्रीमान्को बीचमा अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ।

तपाईंहरूबीच एकअर्का प्रतिसम्मान गर्ने बानी र स्वभावमा समस्या थपिन तथा एकअर्काप्रतिको आकर्षणमा कमी आउन थालेको हुनुपर्छ। त्यसको कारण परस्त्रीगमन पनि हुन सक्छ अथवा भनौं मानसिक तनावका स्रोत अनेकौं हुन सक्छन। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजका धेरैजसो मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान, कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई रामोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन। तपाईंको समस्याको वास्तविकतामा पुग्नु अघि यस्ता धेरै विषयलाई केलाउनुपर्ने हुन्छ।

तपाईंको श्रीमान्मा यौन निष्क्रियता सम्बन्धी कुनै समस्या पनि हुन सक्छ। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि तपाईंको यौन चाहना सधैं बढी भएको हो भने पनि त्यो अस्वाभाविक चाहिँ होइन। खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने महत्वपूर्ण कुरा हो।

जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक-फरक हुन्छ भन्ने कुरा बुझ्न आवश्यक हुन्छ। कोही दैनिक यौन चाहन्छन् भने कोही महिनामा एक-दुई पटक। तपाईंहरू दुवैले कहिलेकाहीँ हुने र सधैं हुनेलाई ठूलो समस्या वा स्वस्थ नभएको रूपमा बुझ्नु उचित हुँदैन। त्यसकारण तपाईको पार्टनरमा कुनै खराबी छ भनेर सोच्नु भन्दा तपाईहरू दुवैको यौन इच्छा फरक छ भनेर बुझ्नु तथा कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भनेर सोच्नु उचित हुन्छ।

तपाईंहरूले एकअर्कालाई दोष लगाउँदा थप समस्या सिर्जना हुनसक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्कालाई बढावा दिन आवश्यक हुन्छ। दुई जनाबीचको यौन चाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ।

त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, हंसीमजाक गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुम्सुम्याउने, गुणस्तरीय लुबि्रकेन्टस प्रयोग गर्ने, एक अर्काको शरीर एवं भावना बुझ्ने प्रयास गर्ने। श्रीमान्लाई आफ्नो उनको शरीर दिनमा एकपटक नजिकबाट नियाल्न लगाउनु पनि यौन उत्तेजना बढाउन सहायक हुन्छ।
(करूणा कुँवर, मनोविद्)

The post म मा बढी यौन इच्छा छ तर मेरो श्रीमानले सन्तुष्टी दिन सक्दैन ..के गर्ने ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CriaDH
via IFTTT

श्रीकृष्णलाई सम्झिँदै स्वेताले भनिन् “तिमीले छोटो यात्रामै बिश्राम लियौ म एक्लो भए” (भिडियो सहित)

हिजो स्वर्गीय नायक श्री कृष्ण श्रेष्ठको जन्मदिन थियो । आफनो पतिको जन्मदिनमा भावुक हुँदै नायिका समाजसेवी एवं निर्मात्री स्वेता खड्काले निकै कारुणिक स्वरमा एक भिडियामार्फत केही आफना मनका भावना साटँेकीछिन् । भिडियो अपलोड गर्दै श्रीकृष्णलाई भावुक भएर सम्झिँदै उनले भिडियोमा भनेकी छिन्, ‘म तिम्रो कला यात्रामा हिँडेका पैतालाका डाबहरु पछ्याउँदै हिँडिरहेकी छु ‘।

‘तिम्रो आर्शिवादले सबैको साथ र माया पाएकी छु । फेरि नयाँ जीवन पाएकी छु’ । बिवाह भएको एक महिनामा नै पति गुमाएकी स्वेतालाई साच्चै नै दर्शक तथा शुभेच्क्षुक निकै साथ र माया दिए । सम्भवत त्यही माया र साथले आज उनी नयाँ जीवन जिउँदैछन् । श्रीकृष्णको २०७१ साउन २५ गते हाडको क्यान्सरका कारण भारतमा निधन भएको थियो ।

The post श्रीकृष्णलाई सम्झिँदै स्वेताले भनिन् “तिमीले छोटो यात्रामै बिश्राम लियौ म एक्लो भए” (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DBWh3I
via IFTTT

श्रीकृष्णको जन्मदिनमा श्वेताले यसरि दिइन भावुक श्रद्धाञ्जली [भिडियो हेर्नुहोस ]

२०२७ पुष १४ गते जन्मिएका श्रीकृष्णको २०७१ साउन २५ गते हाडको क्यान्सरका कारण भारतमा निधन भएको थियो । प्रत्येक वर्ष श्रीकृष्णको जन्मदिनमा उनकी श्रीमती तथा अभिनेत्री श्वेता खड्काले समाज सेवा गर्दै आइरहेकी छिन् । यसपटक भने श्वेताले युट्युबमा एक भिडियो अपलोड गर्दै श्रीकृष्णलाई भावुक श्रद्धाञ्जली दिएकी छिन् । उनले भिडियोमा भनेकी छिन्, ‘म तिम्रो कला यात्रामा हिँडेका पैतालाका डाबहरु पछ्याउँदै हिँडिरहेकी छु । तिम्रो आर्शिवादले सबैको साथ र माया पाएकी छु । फेरि नयाँ जीवन पाएकी छु ।’भिडियो हेर्नुहोस

The post श्रीकृष्णको जन्मदिनमा श्वेताले यसरि दिइन भावुक श्रद्धाञ्जली [भिडियो हेर्नुहोस ] appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CsC29z
via IFTTT

के तपाई होचो हुनुहुन्छ ? यस्तो छ, उचाई बढाउने अत्यन्तै उपयोगी ७ उपाय

एक निश्चित उमेर पश्चात् मानिसको उचाई बढ्न रोकिन्छ तर केही मानिसको उचाई निकै कममै सिमित हुन्छ । यदि हामीले दिनहुँ कुनै एक विशेष किसिमको योग गर्न सक्यौँ भने उचाई बढाउन सहज हुनसक्छ । यी योगलाई नियमित गर्नाले शरीरलाई एक्सरसाइज हुन्छ, जसले उचाई बढाउन एकदमै महत्वपूर्ण भूमिका निभाउँछ । आज हामी यस्ता ७ योगको बारेमा चर्चा गर्दैछौँ, जुन मध्य कुनै एक योगलाई आफ्नो दैनिक जीवनमा नियमित रूपले पालना गर्ने हो भने पनि उचाई सजिलै बढाउन सकिन्छ ।
१-ताडासन

सिधा उभिनुहोस् र अब श्वास लिँदै दुवै हातलाई माथि उठाउनुहोस् र खुट्टाको औँलामा उभिनुहोस् । यस स्थितिमा ३० सेकेण्ड सम्म रोकिनुहोस् र यस योगलाई १० पटक दोहोर्याउनुहोस् ।

२-वीर भद्रासन

एक खुटालाई पछाडी तर्फ तन्काउनुहोस् र दोस्रो खुट्टालाई आगाडी ९० डिग्रीको एंगलमा मोड्नुहोस् । अब मुख माथि गर्नुहोस् र दुवै हातलाई जोडेर टाउको को माथि सम्म लैजानुहोस् । १० देखि १५ पटक श्वास लिने र छोड्ने गर्नुहोस् । यस योगलाई दिनमा १० पटक दोहोर्याउनुहोस् ।

३-ट्री स्ट्यान्ड पोज

सिधा उभिनुहोस र दुवै हातलाई माथि उठाएर जोड्नुहोस् । अब बायाँ खुट्टालाई घुँडाबाट बोदर दायाँ खुट्टाको तिघ्रामा राख्नुहोस् । आँखा बन्द गर्नुहोस् र ८ मिनेट सम्म ध्यान गर्नुहोस् ।

४-त्रिकोणासन

सिधा उभिनुहोस् र दुवै खुट्टाको बीचमा २ फिट खाली राख्नुहोस् । दुवै हातलाई साइडमा लैजानुहोस् र दायाँ हातबाट दायाँ खुट्टालाई छुने कोशिश गर्नुहोस् । बायाँ हातलाई माथि तर्फ सिधा राख्नुहोस् । केही समय रोक्नुहोस् र फेरि सामान्य पोजिशनमा आउनुहोस् । यहि क्रिया दोस्रो हातले पनि दोहोर्याउनुहोस् ।

५-पादहस्तासन

खुट्टालाई जोडेर सिधा उभिनुहोस् । घुँडालाई सिधा राख्नुहोस् र श्वास छोड्दै आगाडी तर्फ झुक्नुहोस् । अब दुवै हातलाई दुवै खुट्टाको पन्जाको तल राख्नुहोस् । केही सेकेण्ड्स यहि पोजिशनमा रहनुहोस् । यस योगलाई ८ देखि १० पटक गर्नुहोस् ।

६-पश्चिमोत्तानासन

खुट्टालाई नजिकै फैलाएर बस्नुहोस् । लामो श्वास लिनुहोस् र शरीरलाई पछाडी झुकाउनुहोस् । अब श्वास छोड्दै अगाडी तर्फ झुक्नुहोस् । दुवै हातले दुवै खुट्टाको औँला समात्नुहोस् र निधारले घुँडामा छुने कोशिश गर्नुहोस् । केही सेकेण्ड्स रोक्नुहोस् र फेरि पहिलेको पोजिशनमा जानुहोस् । यस योगलाई ८-१० पटक दोहोर्याउनुहोस्

७-भुजंगासन

पेटको बल गरेर पल्टिनुहोस् । दुवै हातलाई कम्मरको नजिक जमिनमा टेकाउनुहोस् । अब यसको सहायताले शरीरलाई माथि उठाउनुहोस् । केहि समय सम्म यहि पोजिशनमा रहनुहोस् । यसलाई १० पटक दोहोर्याउनुहोस् ।

The post के तपाई होचो हुनुहुन्छ ? यस्तो छ, उचाई बढाउने अत्यन्तै उपयोगी ७ उपाय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DzzQwf
via IFTTT

छिमेकीसंग ५०० सापटी मागेर नायक बनेका नाजिर …

थ्रिएटर हुँदै ‘पुण्टे परेड’ बाट आफनो अभिनय यात्रा सुरु गरेका नायक नाजिर हुसेनले सोलो हिट चलचित्र नदिए पनि उनको व्यस्ततामा भने कुनै कमी आएको छैन । हाल राज्जा रानीको प्रमोसनमै व्यस्त रहेका उनको अर्काे चलचित्र कागजपत्र पनि फ्लोरमै रहेको छ । दुब्लो शरिर ,कालो बर्ण तर अभिनय भने जोडदार ।

यहि क्षमताको कारण आज नाजिर चर्चित छन् । उनी मुस्लिम समुदाय त्यसमा पनि मधेशका बासिन्दा उनलाई धेरैले भारतीय भनेर टिप्पणी गर्छन् । तर उनी बिरगञ्जमा बस्ने रैथाने नेपाली हुन् । उनको संघर्षको कथा पनि बेग्लै छ । बिरगञ्जमा हुँदा शिक्षण पेशामा समेत आवद्ध रहेका उनी त्यसपछि अभिनयको भुत चढेर काठमाडौँ आएका थिए ।

थ्रिएरटमा काम गर्न थालेका उनलाई त्यतीबेला बज्रपात प¥यो जतिबेला उनको आमाको निधन भयो । हरेक कुरामा साथ दिने आमाको निधन भएपछि उनलाई अभिनयकै लागि परिवारबाट सहयोग भएन । घरमा दाईहरुसंग झगडा गरि छिमेकी दाईसंग ५०० रुपैयाँ सापटी मागेर पुन काठमाडौँ छिरेका नाजिर आज त्यही ५०० ले स्टार बनाईदिएको भनी धक फुकाएर भन्न हिच्किाउँदैनन् ।

होस्टल रिर्टन्सबाट व्यवसायिक हिसाबले नायककोरुपमा स्थापित नाजिर भन्छन् आज म जुन स्थानमा छु खुसी छु । नाजिरको यति बेला नयाँ चलचित्र राज्जा रानी पुष २१ गतेबाट रिलिज हुँदैछ । मधेशमा रहेको दाईजो प्रथा र छोरीको अवस्थालाई चित्रण गरिएको राज्जा रानी यतिबेला प्रमोसनको क्रममा रहेको छ ।

The post छिमेकीसंग ५०० सापटी मागेर नायक बनेका नाजिर … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CsneHY
via IFTTT