Wednesday, August 31, 2016

देशबिदेश बाट सहयोग पछि जीवनदान पाउने भए बिष्णु भुजेलले

भदौ १५, अनु सुबेदी (जापान)   
दुवै किड्नी फेल भएर मृत्यु को मुख मा पुगेर पैसा को अभाब ले उपचार गर्न नसकिरहेका तनहुँ मिर्लुङ ९ का बिष्णु भुजेलको सहयोगका लागि सामाजिक संजाल फेसबुक तथा विभिन्न व्यक्ति को सहयोग मार्फत दस लाख भन्दा बढी रकम जम्मा भएको छ l 
देश भन्दा बाहिर रहेर श्रम गरिरहेका नेपालि हरुले फेसबुक मा "बिष्णु भुजेल बचाउ" नामक ग्रुप बनाएर सहयोग को अपिल गरिएको थियो l धेरै नेपालि हरु ले बिष्णु लाइ बचाउन को लागि आफुले सहयोग गर्न तयार रहेको र आफ्नो तर्फ बाट सहयोग रकम पनि घोषणा गरेका थिए l उक्त अभियान बाट संकलन गरिएको सम्पूर्ण रकम दुवै मा बस्ने नेपालि हरु ले नेपाल पठाइएको थियो। 
यस अभियानमा युएई बाट गोविन्द थापा, कृष्ण बहादुर रायामाझी, अर्जुन खड्का, कुमार थापा, रबिन्द्र खड्का, रमेश खड्का, लक्ष्मण थापा , राज कुमार पाण्डे त्यस्तै साउदी अरेबिया बाट काजिराम खड्का, हरि अधिकारि, हिरा प्रकाश बानियाँ, राजु अधिकारी, हरि चन्द्र देउजा, अफ्गानिस्तान बाट राजु अधिकरी, अष्ट्रेलिया बाट सुर्य खड्का लगायत ले रकम सहयोग गर्नु भएको थियो । 
त्यसैगरी नेपाल बाटै पनि सहयोग रकम संकलन भएको थियो, काठमाडौं निबासी दिपु गल गुरुङ, कृष्ण थापा, सुर्य कार्की, बिनोद अधिकारी साथै काठमाडौं बहिर अर्थात दमौलीबाट सहयोग रकम संकलन मा साथ् दिनुहुनेमा रमेश थापा, भरत अधिकारी, रामकृष्ण कुवर, श्याम मौराती, चक्रबहादुर अधिकारी लगायत रहनु भएको थियो। 
संकलित जम्मा रकम मा पठाउन बाकि रहेको पाच लाख अठाइस हजार रकम पनि यहि मंगलबार नै पीडितलाई हस्तान्तरण गरिएको छ । आर्थिक अभाब ले समस्या मा परेका भुजेल को आर्थिक संकलन पछि यहि भदौ १७ गते सुक्रबार सल्यक्रिया हुने भएको छ l




via IFTTT

from SHYANE http://ift.tt/2bVowit
via IFTTT

Monday, August 29, 2016

इटहरीमा "B-Boying Battle" प्रतियोगिता सम्पन्न : धरान बिजयी (फोटो फिचर)

भदौ १४, इटहरी
युवापुस्ता मा निकै नै लोकप्रिय बन्दै गएको हिपहप सस्कृति ले मोफसल मा पनि निकै राम्रो स्थान पाउदै गएको छ l यहि क्रम मा गएको सनिबार अर्थात भदौ ११ गते Dare Death Crew को संयोजकत्व मा Revash Crew ले "B Boying Battle" सो को आयोजना गरेको छ l 
प्रतियोगितात्मक उक्त शो मा पुर्वाञ्चल भरि बाट ३० B-Boy हरु ले सहभागिता जनाएका थिए l सबै युवा वर्ग का सहभागी हरु मध्ये बाट पहिलो चरण मा टप १६ छनौट गरि उत्कृष्ट प्रतियोगी हरुलाई अन्य चरण मा प्रवेश गराउदै 1 On 1 Battle तर्फ B -Link Crew धरान बाट B-Boy "Dawa"  र 7 To Smoke Battle तर्फ धरान कै Siddartha Crew का B-Boy "Gozy" ले उपाधि हासिल गरेका छन् l 
इटहरी स्थित बरगाछी मा रहेको अभियान नेपालको भवनमा संचालित सो प्रतियोगिताको निर्णायक B-Link Crew धरान का B-Boy "Check" रहनु भएको थियो भने DJ मा DJ "Zossi" का साथ् MC अर्थात कार्यक्रम संचालन सरोज श्रेष्ठ ले गरेका थिए l 
अब को युवा जमात लाई पनि हिप हप को बारेमा सिकाउने उद्देश्य ले इटहरी मा स्थापना भएको Dare Death Crew ले सानो सानो भाई बैनी हरुलाई हिप हप को बारेमा सिकाउदै आईरहेको छ l 
हेर्नुस उक्त सो मा डी थ्री को क्यामेरा मा कैद भएका ३३ तस्बिर हरु :






via IFTTT

from SHYANE http://ift.tt/2c57GNi
via IFTTT

Saturday, August 27, 2016

पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल हुने

भदौ ११ । पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ ।
४० वर्षमाथिका खेलाडीलाई लक्षित गरी आगामी कात्तिक ४ देखि ६ गतेसम्म प्रतियोगिता गर्न लागिएको कास्की जिल्ला बास्केटलबल संघले जनाएको छ ।
प्रतियोगितामा १२ टिमले भाग लिने बताइएको छ ।
प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले पहिलो हुने टिमलाई ४० हजार ४ सय ४४ र दोस्रो हुनेलाई २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न चार लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
पहिलोपटक पोखरामा भेट्रान्स बास्केटबल प्रतियोगिता गर्न लागिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बास्केटबल संघ कास्कीका अध्यक्ष नेत्रबहादुर सेनले बताए ।


from ARENA http://ift.tt/2bsBRAL
via IFTTT

एनआरटी शीर्ष स्थानमा

भदौ ११ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम (एनआरटी) शीर्ष स्थानमा उक्लिएको छ ।
लिगको तेस्रो खेलमा शनिबार ब्वाइज युनियन क्लबलाई २–१ ले पराजित गर्दै एनआरटी ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।
यसअघि मध्यपुर युथ एसोसिएसनसँग १–१ को बराबरी खेलेसँगै एनआरटीलाई झड्का लागेको थियो ।
शनिबारकै अर्को खेलमा मध्यपुरले लगातार दोस्रो खेलमा अंक बाँड्नेक्रममा रानीपोखरी कर्नर टिम (आरसीटी)सँग १–१ गोलको बराबरी खेलेको छ ।
यो बराबरीले भने आरसीटी गोलअन्तरमा एनआरटीसँग पछि पर्दै दोस्रो स्थानमा झरेको छ । मध्यपुर ५ अंकसहित तेस्रो स्थानमा छ ।


from ARENA http://ift.tt/2bHswUD
via IFTTT

अन्तरविद्यालय बास्केटबलको दोस्रो दिन शनिबार आठओटा खेल

भदौ ११ । दोस्रो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन शनिबार आठओटा खेल भएका छन् ।
कीर्तिपुरस्थित पुष्पसदन आवासिय माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा सिनियरतर्फ कमल इंग्लिस स्कुल, ग्रीनफिल्ड स्कुल, ब्राइट होराइजन, न्यू जेनिथ स्कुल र इनोभेटिभ एकाडेमीले जित हासिल गरे ।
कमल इंग्लिस स्कुलले हिमालयन बोर्डिङ स्कुललाई ४४–३४ ले पराजित गर्दा ग्रीनफिल्ड स्कुलले एलआरआइ स्कुललाई ४०–३३ ले पराजित गर्‍यो ।
यस्तै, ब्राइट होराइजनले बृहस्पति विद्यासदनलाई ३३–२६ ले, न्यू जेनिथ स्कुलले ज्ञानोदयबाल बाटिकालाई ३२–१६ ले र इनोभेटिभ एकाडेमीले राराहिल मेमोरियललाई ४४–२८ ले पराजित गर्‍यो ।
यस्तै, जुनियर बास्केटबलतर्फ इनोभेटिभ एकाडेमीले न्यू जेनिथलाई ४०–२४ ले, ग्रीनफिल्डले एलआरआइलाई ३८–८ ले र हिल्टाउन इन्टरनेसनल स्कुलले कमल इंग्लिस स्कुललाई ३०–४ ले पराजित गर्‍यो ।
प्रतियोगितामा सिनियरतर्फ १८ टिम र जुनियरतर्फ १३ टिमको सहभागिता रहेको छ ।


from ARENA http://ift.tt/2bq5caJ
via IFTTT

सपनीमा तिमि भन्दै आए गायक स्वरुपराज आचार्य (भिडियो सहित)

नेपालि आधुनिक सुगम संगीत मा गायक हरु को नाम लिने हो भने अग्रपंक्ति मा आउने एउटा नाम हो, स्वरुप राज आचार्य l यिनै नेपाल का चर्चित अनि सुमधुर स्वरका धनी स्वरुपराज आचार्यको स्वरमा सजिएको नया गीत सपनीमा तिमि सार्बजनिक भएको छ ।
सेन्टिमेन्टल शैलिमा बनेको गीत सानुबाबु "सबित" बज्राचार्यले लेखेका हुन भने संगीत गोपाल रसाइलीले भरेका छन् । सबित बज्राचार्य र अप्सरा सुवेदीको मुख्य भुमिका रहेको यस भिडियो अपांगता भएका ब्यक्तीहरुलाइ प्रेरणाको उर्जा मिल्ने बज्राचार्य बताउछन । 
द मोन्टाज ग्रुपले निर्माण गरेको उक्त भिडियोलाई खासिङ राईले निर्देशन गरेका हुन भने बिबेक श्रेष्ठले निर्देशन मा उनलाई सघाएका छन । रोशिकको छायांकन रहेको उक्त भिडियोलाई पवन सुस्लिङले सम्पादन गरेका छन ।
अपाङ्ग व्यक्ति लाई नै भावनात्मक शैली ले प्रस्तुत गरिएको उक्त गीतलाई युटुब बाट साबर्जनिक भई सकेको छ l
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2bYsxBt
via IFTTT

हास्य शृंखला "जोकर" मा निर्देशकीय क्षमता प्रस्तुत गर्दै भोला तिमिल्सिना


दिपेन्द्र खड्का, साउदी 
नेपालि हास्य शृंखला "जोकर" यहि अगस्ट १४ को दिन औपचारिक रुपमा सार्बजनिक गरिएको छ । गत आईतबार एउटा कार्यक्रम बीच हास्य शृंखला "जोकर" सर्बसहमत सुचारु गरिएको हो । 
जोकरका निर्माता रत्न बानियाले युवा जन शक्ति उतार चाढाब लाई आधार बनाएर निर्माण सुरु गरिएको बताउनु भयो । त्यस्तै जोकरका निर्देशक भोला तिमिल्सिना ले दर्शकको मन जित्ने आत्माबिस्वास का साथ् दर्शकको सल्लाह र सुझाब लाई लिएर अघि बढ्ने कुरा बताउनु भयो । तिमिल्सिना म्युजिक भिडियो को अब्बल तथा अनुभबी निर्देशकमा गनिनु हुन्छ र अर्का निर्देशक चन्द्रमणि मुडभरीले जोकरले सबैको मन जित्ने र भरपूर मनोरंजन दिने बताउनु भयो । 
जोकरमा कलाकारहरु भोला तिमिल्सिना, चन्द्र मणि मुडभरी, रत्न बानियाँ, धनश्याम मुडभरी, सुमित्रा भण्डारी, बाबु राजा एस.के., लोकेश मुडभरी, राजेश आचार्य, सबिता श्रेष्ठ, रोस्मित अधिकारी, इमी मगर, शिव कुमारी अर्याल लगायत कलाकारको सशक्त अभिनय देख्न सकिन्छ । बिकाश गन्धर्बको छायाङ्कन र संगीत बानियाको सम्पादन रहने हास्य शृंखला जोकरलाई झरना फिल्मसले निर्माण गर्ने छ । 
शृंखलाका निर्देशक द्वय भोला र चन्द्र मणिले आउदा दिनहरुमा नया नया चाख लाग्दा कथाहरु लिएर दर्शक सामु आउने बताउनु भयो । अहिले सम्म २ भाग सकिएको छ त्यो २ भाग सम्म आईपुग्दा भोला दीप यात्री र सबै कलाकारहरुको उत्क्रिष्ठ अभिनय रहेको छ l 



via IFTTT

from SHYANE http://ift.tt/2boYGUw
via IFTTT

उमेर पुग्यो बैश चढ्यो कति बसौ माईतमा भन्दै छिन सुनिता (हेर्नुस भिडियो)

भदौ ११, इटहरी 
पूर्वेली गायीका सुनिता कटवालले यस बर्ष पनि तीज गीतको म्यूजिक भिडियो बजारमा ल्याउनु भएको छ । इटहरीलाई कर्मथलो बनाउदै आउनु भएकी गायीका सुनिताले यो बर्षको तीजलाई लक्षित गरी आफनै शब्द र स्वरमा ‘उमेर पुग्यो बैश चढ्यो कति बसौ माईत यो शाल त शिवजी जुराईदेउन साईत’ बोलको तीज गीतको म्यूजीक भिडियो हालै बजारमा ल्याउनु भएको हो । 
बलराम समालको सङ्गीत रहेको उक्त तीज गीत लोक भाकामा भएको गायीका कटवालले बताउनु भयो । गत बर्ष देखी तीजका गीत बजारमा ल्याउन थाल्नु भएकी गायीका गत बर्ष आफ्नो गीत मनपराउने दर्शक र श्रोताको चाहाना अनुसार यस बर्ष पनि तीज गीत बजारमा ल्याएको बताउनु हुन्छ । 
न्यू बज क्रिएसनको छायाकङ्न र सम्पादनमा बजारमा आएको भिडियोमा सबिता परियारले कोरीयोग्राफर गर्नु भएको छ भने उक्त गीत इटहरीको पाथिभरा रेकडिङ स्टुडियोमा रेकर्ड गरीएको हो । स्टुडियोका प्रमुख सङ्गीत प्रशिक्षक समेत रहनु भएका संगीतकार बलराम समाल सुनिताको तीज गीत श्रोता र दर्शकको मन छुने गीत भएको बताउनु हुन्छ । 
भिडियोको मुख्य भुमीकामा कोरीयोग्राफर परियार र अस्मिता कोईराला रहेका छन । पप आधुनिक बिधाका गीत गाउदै आउनु भएकी गायीका कटवाल एकै ब्यक्तिले मेहनत गर्दा सबै किसिमका गीत गाउन सकिन्छ भन्ने प्रमाणीत गर्न यस बर्ष लोक गीतमा बल गरेको बताउनु हुन्छ ।
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2bIfxPH
via IFTTT

Friday, August 26, 2016

कमल खत्रीको ड्रीम प्रोजेक्ट : छोटो समयमा तीन लाख बढीले हेर्यो (भिडियो सहित)

नेपालि चर्चित पप गायक कमल खत्री को ड्रिम प्रोजेक्ट भनिएको "म गीत हु तिम्रो" ले युटुब मा राम्रो माया कमाई रहेको छ l करिब २ महिना को अबधि मा नै तीन लाख बढी ले उक्त भिडियो लाई हेरेका छन् l आफ्नै लगानी, आफ्नै युटुब च्यानल, आफ्नै सब्द तथा म्युजिक रहेको र निकै मेहनत गरिएको अनि आफ्नो पहिलो मोडलिङ्ग भएको कारण ने गर्दा पनि यो गीत लाइ खत्री ले ड्रीम प्रोजेक्ट को रुप मा लिएका छन् l 
कमल लाई हिट बनाएको "तिम्रो आत्मामा" पछि प्रतिक्षित मानिएको उक्त भिडियो ले आखिरमा सफलता पनि पाई रहेको छ l युवा पुस्ता मा निकै लोकप्रिय कमल देश तथा बिदेश का स्टेज कार्यक्रम तथा महोत्सब हरु मा पनि निकै ब्यस्त बनेका छन् l आफ्नो मेहनत र आफ्नो कलाको रोयल्टी मा निकै बार्गेनिङ्ग गर्नु परेको ले पनि पछिल्लो समय कमल आफ्नै अग्रसरतामा य़ुटुबमुखी बनेका हुन् l 
 आफ्नै च्यानल बाट अपलोड गरीएको उक्त भिडियो मा कमल संग स्वर मा स्वर मिलाएकी छिन सुमधुर स्वरका धनि सिम्पल खरेल ले l उनले स्वरमा मात्र नभएर मोडलिङ्ग मा पनि खुबै जमेर साथ् दिएकि छिन l रीकेश गुरुङ को एरेन्ज रहेको सो गीत को भिडियो लाई अनिल के मानन्धर ले खिचेका छन् भने निर्देसन तथा सम्पादन जीवन थापा ले गरेका छन् l 
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2bHfsvP
via IFTTT