Friday, September 30, 2016

उदितको कर्णप्रिय गीत "तिमीलाई देखेर"को रिमेक भर्सन लिएर आए बिकाश (भिडियो सहित)

असोज १४,(सुवास संकल्प), इटहरी,
करिब चार दशक अगाडी रेडियो नेपाल मा रेकर्ड भएको भएको गीत "तिमीलाई देखेर आँखा त्यहि छोडी हिडे म.." बोलको गीत अहिले सम्म निकै चर्चित छ l जुन गीत मा स्वर उदित नारायण झा तथा संगीत बरिस्ठ संगीतकार स्व.नाती काजी श्रेष्ठ ले दिनु भएको थियो l 
हाल त्यहि कालजयी गीतलाई केहि भिन्न ढंगबाट प्रस्तुत गर्दै गायक बिकाश कर्णले अडियो तथा भिडियो एक साथ् सार्बजनिक गरेका छन्सा l  सानै देखि उक्त गीत सुन्दै हुर्केको र निकै मन पर्ने भएर श्रोता समक्ष ल्याएको कुरा गायक बिकाश बताउछन् l हुन त  उक्त गीत लाई पहिला नै गायक प्रकाश तिमिल्सिना ले ल्याई सकेका हुन् तर यस गीत को अडियो मा नयापन भएको र अरु भन्दा भिन्न भएको दावी गर्छन गायक बिकाशले l

उदित नारायण झा बाट निकै प्रभावित गायक बिकाश करिब एक दशक देखि संगीत क्षेत्र मै संघर्ष गर्दै छन् l  भिन्न भाषा मा गाउने क्षेमता भएका गायक बिकाश को आगामी दिन मा सफल पार्श्व गायक बन्ने इच्छा रहेको बताए l गायक बिकाश ले ल्याएका यो गीत मा संगीत संयोजन निश्चल भण्डारी को छ भने भिडियो लाई राज ओशोले निर्देशन गरेका छन् l त्यस्तै भिडियोमा एलिना पौडेल र हरि पराजुली लाई देख्न सकिन्छ l 
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2cHcgji
via IFTTT

कस्ले भन्दै छन् ? गायिका टिका प्रसाईलाई : 'तिमी मलाई मन पर्छ' (भिडियो सहित)

असोज १४, इटहरी,
सुमधुर स्वरका धनि गायक सन्जिब पराजुली र गायिका टिका प्रसाईंको स्वरमा सजिएको निक्कै सुमधुर गीत 'तिमी मलाई मन पर्छ' हालै सार्वजनिक भएको छ। 
धेरै समय पछि यति मीठो गीत नेपाली सांगीतिक क्षेत्रमा आएको छ । यस गीतमा शब्द-सङ्गीत टिका प्रसाईंको र सङ्गीत-संयोजन गोपाल रसाइलीको रहेको छ । म्युजिक भिडियोलाई चर्चित निर्देशक जीवन रसाइलीले निर्देशन गरेका हुन् भने सम्पादन आइ भी एम प्रोडक्सन, अस्ट्रेलिया ले गरेको हो । 
भिडियोमा अष्ट्रेलियाका विभिन्न रमणिय दृश्यहरुलाई कैद गरिएको छ जसमा रस्ना प्रधान र विशाल भारतीको रोमान्स हेर्न सकिन्छ। यस गीतले श्रोता र दर्शकहरूको मन उत्तिकै जित्ने अपेक्षा गरिएको छ। 

हेर्नुस भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2cH8C8V
via IFTTT

Model : Sarala Thapa


Model : Sarala Thapa
Photo : Saptahik


                                                                                                           फोटो साभार : कान्तिपुर साप्ताहिक 



via IFTTT

from SHYANE http://ift.tt/2dfyFYQ
via IFTTT

Wednesday, September 28, 2016

संचारकर्मीले सार्बजनिक स्थलमा आफ्नै श्रोतालाई अंगाल्दै गर्दा भेटिए (भिडियो सहित)

असोज ४, इटहरी
मोफसल मा रही बिगत लामो समय देखि निरन्तर संचार क्षेत्र मा लागिरहेका संचारकर्मी सुवास संकल्प रेडियो मा कार्यक्रम चालाउदा खेरि का आफ्नै आवाज को सुभचिन्तक संग अँगालो मारिरहेको अवस्थामा इटहरी को जुटबिकाश मा भेटिएका छन् l
संचार कर्म संगै कलाकारिता पनि गरिरहेका संकल्प को यो अवस्था भने रियल मा नभई रीलमा मात्र हो l "हाल खुल्ला प्रतिस्पर्धा मा छोडिएको नेपालि फिल्म पुरानो डुङ्गा को "निर जैले रिसाउने.." गीत को कभर भिडियो मा यस्तो किसिमको दृश्य देखिएको हो l" भिडियो निर्माणको लागि कलाकार खोजि गर्ने क्रम मा खोटाङ्ग घर भई हाल तरहरा मा रहेकी अनु राई संग फेसबुकमा सम्पर्क भयो l
"यो एउटा संयोग पनि मिलेको हुन सक्छ" सुवास भन्छन "उसले ४ बर्ष पहिले देखि मैले रेडियोमा चलाएको कार्यक्रम हरु सुन्दै आईरहेकी रैछिन्, केहि समय मात्र भयो फेसबुकमा हाम्रो भेट भएको, त्यसपस्चात हाम्रो कुरा हुन थाल्यो" l संगै अनु ले थपिन "वहाको बारेमा मलाई केहि थाहा थ्यो, फेसबुक मा साथि बने पछि झन् बढी थाहा भयो अनि मैले आफ्नो पनि कलाकारिता मा लाग्ने कुरा भने पछि वहा बाट मैले यो अवसर पाएको हु" l
भिडियो मा संकल्प र अनु को जोडी संगै अर्को जोडी लाई पनि देख्न सकिन्छ कभिन र दीया l
पछिल्लो समय इटहरी को विभिन्न मिडिया मा कार्यरत सुवास संकल्प, सरोज श्रेष्ठ र उमेश राई तथा कलाकारिता क्षेत्र मा रहेका कभिन राई र केशब राई जस्ता युवा हरुको समूह मिलेर संचालित डि थ्री प्रोडक्सन नेपाल ले यो भिडियो निर्माण गरेको हो भने उक्त भिडियोमा निक बिष्ट ले क्यामेरा चलाएका छन् l 
हेर्नुस भिडियो :





via IFTTT

from SHYANE http://ift.tt/2cCKc0s
via IFTTT

Tuesday, September 27, 2016

दशैं आयो : "चंगा चैट" भन्दै नाच्दै आए अल्मोडा संगै भीमफेदी गाईज (भिडियो सहित)

असोज ११, (सुवास संकल्प), इटहरी, 
नेपालि हरु को महान पर्व दशैं तिहार हाम्रै घर आगन मा आईसकेको छ l यहि माहोल मा कलाकार हरु लाई पनि गीत गाउन र भिडियो निकाल्न भ्याई नभ्याई छ l 
पहिले फाट्ट फुट्ट नाम आए पनि "पानि पर्यो असिना झर्यो" गीत बाट एकै पटक चर्चा को सिखर मा पुगेका गायक तथा संगीतकार अल्मोडा राना उप्रेती ले पनि यतिखेर दशैं बिसेष गीत सार्वजनिक गरेका छन् l 
 डान्सिङ्ग बिट मा रहेको उक्त गीत को भिडियो मा य़ुटुब मा विभिन्न गीत को कभर भिडियो बनाएर चर्चा बटुल्दै गरेका डान्स ग्रुप भीमफेदी गाईज लाई देख्न सकिन्छ l 
दशैं लाई लक्षीत गरेर निकालिएको उक्त गीत तथा भिडियो Multi Matte को प्रस्तुति हो भने भीमफेदी गाईज ले भिडियो को कोरियोग्राफी गरेका छन् l त्यस्तै सीमा गुरुङ को मेकअप र अर्जुन तिवारी ले क्यामेरा चलाएका छन् भने भिडियो लाई जीवन थापा ले एडिट तथा निर्देशन गरेका छन् l
भिडियो :







via IFTTT

from SHYANE http://ift.tt/2doIAgw
via IFTTT

आफ्नै आमाबाट राजेश पायल राईको ‘दर्शन नमस्ते–३’ सार्वजनिक : १५ लाखमा विन्धवासिनीले सर्बाधिकार किन्यो

असोज ११, इटहरी,  
नेपाली सुगम गायन तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईको अत्याधिक पर्खाइमा रहेको एल्बम ‘दर्शन नमस्ते’को तेश्रो श्रृङ्खला ‘दर्शन नमस्ते–३’ सार्वजनिक भएको छ । 
राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी फुड ल्याण्डमा सोमबार आयोजित कार्यक्रममा ‘दर्शन नमस्ते–३’ एल्बम राजेशपायलका बाबु रत्न र आमा साँचीलक्षमी राईले संयुक्त रुपमा लोकार्पण गरे । एल्बम लोकार्पणपछि रत्नले भने, ‘यो मेरो काँइलो छोरा हुन्, तपाइँहरुको चाहिँ गायक राजेशपायल राई ।’ उनले चर्चित गायकको बाबु हुन पाउँदा खुसी लागेको बताउँदै भने, ‘छोरोको एल्बम विमोचन गर्न पाउँदा कसलाई खुसी लाग्दैन र ।’ 
फरक–फरक स्वादका गीत समावेश गरिएको एल्बमलाई विन्धवासिनी म्यूजिकले बजारमा ल्याएको हो ।
कार्यक्रममा विन्धवासिनीले गायक राजेशपायललाई १५ लाखको चेक हस्तान्तरण गरेको थियो । १५ लाखमा एल्बमको अधिकार किनिएको हो । नेपाली सांगीतिक क्षेत्रको व्यापारिक बजारमा खस्किरहेको समयमा राइलाई विन्धवासिनीले मोटो रकम दिएर नयाँ प्रथाको सुरु वात गरेको छ । 
 कार्यक्रममा गायक राइले ३ वटा गीत गाएर पनि सुनाएका थिए । ‘दर्शन नमस्ते, कुल्ची हिँड, आयौ समिपै’ बोलको गीत गायक राइले प्रत्यक्ष गाएर सुनाएका थिए । गायक राइले ‘दर्शन नमस्ते ३’ एल्बम बजारमा ल्याउनु आफैमा चुनौती भएको भन्दै सबैलाई मनपर्ने शैलीमा गीत तयार पारेको बताए । 
उनले डिसेम्बरबाट गीतका भिडियो निर्माण सुरु गर्ने पनि जानकारी दिए । यो एल्बममा ९ वटा गीत समावेश गरिएको छ । ‘दर्शन नमस्ते, कुल्ची हिँड, लभ यू, छेनौ त, आयौ समिपै, कोही बिना, लाटो रिस, कान्छाले, बाबै आराखा’ बोलका गीत एल्बममा समावेश गरिएको छ । 
महेश खड्का, हरि लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन, इन्दिरा जोशीको यो एल्बममा संगीत छ । यस्तै, महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई, केदार सुनुवारको यो एल्बमका गीतमा शब्द समावेश गरिएको छ । 



via IFTTT

from SHYANE http://ift.tt/2d0fwcv
via IFTTT

Monday, September 26, 2016

म्युजिक भिडियो मार्फत हट अवतारमा आए सुरज सिंह ठकुरी र मरिस्का पोख्रेल (भिडियो सहित)

असोज १० (सुवास संकल्प) इटहरी,
समय अनुकुल परिवर्तित सांगीतिक बजार मा नया नया गायक तथा गायिका, कलाकार तथा म्युजिक भिडियो हरु को उत्पादन निकै नै हुने गरेको छ l 
यसै क्रम मा नव गायक दीपक गुरुङ को आवाज मा रहेको गीत लाई भिडियो को रुप दिएर Multi Matte कम्पनि ले बजार मा ल्याएको छ l "म हराए" बोल को उक्त गीत रोमान्टिक रहेको छ भने भिडियो लाई पनि त्यहि अनुरुप प्रस्तुत गरिएको छ l 
मोडलिङ्ग दुनिया मा चलेको नाम सुरज सिंह ठकुरी र मरिस्का पोख्रेल लाइ निकै हट अवतार मा प्रस्तुत गरिएको छ l लभ र रोमान्स ले भरपुर भिडियो को सुरु देखि अन्त्य सम्मै पोख्रेल र ठकुरी लाई हट अवतार मा देख्न सकिन्छ l 
 उक्त गीत को लिरिक्स र म्युजिक चर्चित पप गायक कमल खत्री को रहेको छ भने शैलेन्द्र मान प्रधान "बाबु" ले सो गीत को एरेन्ज गरेका हुन् l 
यता भिडियो निर्माण को क्रम मा भिडियो लाई निर्देशन तथा एडिट गरेका हुन् जीवन थापा ले l त्यस्तै सो भिडियो का हरेक दृश्यलाई कैद गरेका छन् धिरज जंग साह, ड्रेस डिजाईनर इशु मगर हुन् भने मेकअप हापु ले गरेका छन् l 
भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2dmudoP
via IFTTT

Friday, September 23, 2016

गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ सार्वजनिक ( हेर्नुहोस् भीडियो )

असोज ६, इटहरी,
गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भीडियो सार्वजनिक भएको छ । जसमा शब्द तथा संगित उदय सोतांगको रहेको छ ।
गायिका प्रसाईंको ‘मेलोडी’ एल्बममा समावेश यस गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । जसमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले भिडियो निर्देशन गरेका हुन् ।


‘सेल्फी को जमाना’ गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको ‘तिमी भन्छौ भने’, ‘नतोडन ती बाचाहरु’ लगाएत अरु धेरै चर्चित गीतहरु यस अघि नै सार्वजनिक भइसकेका छन् भने एक सय बढी गीतहरु रेकर्ड भइ सकेका छन् ।
जसमध्ये केहि हफ्ता अघि मात्रै सार्वजनिक गीत ‘तिमी मलाई मन पर्छ’ले अत्यधिक सफलता पाएको छ। नेपाली गीत-संगीतमा गायिका प्रसाईं एक उदियमान कलाकार हुन्।
हेर्नुहोस् भीडियो




via IFTTT

from SHYANE http://ift.tt/2cX4uFM
via IFTTT

सर्यो सायद २ को रिलिज मिति : अब चैत्र ११ गते प्रदर्शन हुने

आगामी मंसीर ३ गते प्रदर्शन को तयारि मा रहेको फिल्म ‘सायद २’ ले रिलिज मितिलाई पर सार्दै चैत्र ११ गते रिलिज मिति तय गरेको छ । फिल्मकी प्रस्तुतकर्ता दुर्गिश थापाका अनुसार मुख्य चाड दशैं र तिहारको कारण फिल्मको काममा अवरोध हुने भएपछि रिलिज मितिलाई चैत्रमा पुर्याईएको हो ।
‘फिल्मको काम धमाधम भइरहे पनि दशैं र तिहारको कारण काम समयमा नसकिने भएपछि फिल्मलाई चैत्रमा पुर्याउन बाध्य भयौं, ’दुर्गिशले भनिन्,‘फिल्म वितरकले पनि यही सुझाव दिनुभएपछि हामी पछि सरेका हौं ।’ फिल्मलाई उपत्यकामा डीसीएन र मोफसलमा एफडीले वितरण गर्दैछ ।
दुर्गिश फिल्मस् को व्यानरमा निर्माण गरिएको फिल्ममा पुष्पराज न्यौपानेको लेखन र निर्देशन रहेको छ । बलिउडका फिल्महरु ‘डेन्जरस इस्क’, ‘राज ३’, ‘हेट स्टोरी २’ र ‘हेट स्टोरी ३’ मा सहायक निर्देशक भएर काम गरिसकेका पुष्पराजले दुर्गिश ब्यानर को फिल्मबाट नेपालि फिल्म निर्देशन डेब्यु गरेका हुन् ।
सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछानेको लगानी रहेको फिल्ममा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, रुबिना श्रेष्ठ, कुशल पाण्डे, सुनिल रावल, सुशिल सिटौला, निशा कार्की र बुद्धिलाल मगरको अभिनय छ । फिल्ममा सुनिलकै कथा, राजुविक्रम थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, गोविन्द राई र विक्रम स्वारको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द, सुगम पोखरेल र कालिप्रसाद बास्कोटाको संगीत छ ।



via IFTTT

from SHYANE http://ift.tt/2d63DmI
via IFTTT

Thursday, September 22, 2016

डनडिफ़र बाट मुक्ति पाउने उपाय

पिम्पल प्राय किशोर किशोरीको साझा समस्या हो । किशोर अवस्थामा हर्मनमा हुने परिवर्तनसँगै प्रायको अनुहारमा पिम्पल आउँछ । कहिलेकाहिँशरिरमा विशेष गरी पिठ्युमा पनि पिम्पल आउँछ । तर, कहिलेकाहिँ अन्य उमेरका मानिसलाई पनि पिम्पल आउने गर्छ । कतिपय अवस्थामा शरिरको स्याहार गर्दा गर्दै पनि पिम्पल देखिन्छ ।
 
पिम्पलबाट जोगिने केही उपाय
दिनमा दुई तीन पटक राम्रोसँग अनुहार धुनुपर्छ । अनुहार धुँदा छाला सफा हुनुका साथै कोषमा ऊर्जा दिन्छ । नियमित छाला सफा गर्दा अनुहारमा भएका धुलोका कण हटाइदिन्छ । तर, अनुहार धुने नाउमा बारम्बार धुनु पनि हुँदैन । किनकी यसले अनुहार फुस्रो हुन सक्छ ।
 
नियमित फेसवास लगाएर मुख धुने । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवास लगाउदा पिम्पलका समस्या हट्छ ।
 
जतिखेर पनि शरिरलाई हाइड्रेड राख्ने । नियमित पाउनी पिउँदा छालाको तन्तुहरु सफा हुन्छ ।
 
कहिल्यै पनि पिम्पलाई हातले छुनु  हँुदैन । अत्यधिक समस्या देखिएमा छालाविज्ञलाई देखाउनु पर्छ ।
 
पिम्पललाई कहिल्यै पनि ननिर्चोने । निचोर्दा गालामा दाग बस्छ ।
 
यदि नियमित रुपमा सेभिङ गर्नुहुन्छ भने राम्रो रेजर प्रयोग गर्ने । सेभिङ क्रिम लगाउनुअगाडि राम्रोसँग तातो पानीले अनुहार पखाल्ने ।
सकभर बढी चिल्लो, पिरो र अमिलो नखाने ।
 
अन्य उपाय
कागतीलाई काटेर आधा बनाउनुहोस् । कागतीलाई हल्का पिम्पल वरपर दल्नुहोस् । कागतीमा साइट्रिक एसिड हुन्छ जसले व्याक्टेरियालाई मारिदिन्छ । तर, निकै चहरायो भने धेरै नदल्नुहोस् ।
 
कच्चा आलुः आलुलाई स्लाईस पार्नुहोस् र पिम्पलहरुमा बिस्तारै दल्नुहोस् । आलुमा हुने जलनबिरोधी तत्वले अनुहारको घाउलाई आनन्द प्रदान गर्छ । आलुको टुक्रा झन्डै ५ देखि १० मिनेट राख्नुहोस् ।
 
चियाको तेलः चियाको तेलमा पनि व्याक्टेरिया बिरोधी तत्व हुन्छ । यसले पिम्पललाई शान्त बनाउनुछ । यसको कुनै साईड इफेक्ट पनि हँुदैन ।
एस्पिरिनः एस्पिरिनका दुई ओटा ट्याबलेटलाई पिसेर पानीमा मिसाउनुहोस  अनुहरमा बिस्तारै दल्नुहोस् । एस्पिरिनमा हुने सालिसाइक्लिक एसिडले गालाको व्याक्टेरियालाई मार्छ । यसले छालालाई पनि सुख्खा पार्छ ।
 
स्याउको भिनेगरः स्याउको भेनेगरले पनि छालाका मृत कोषलाई नष्ट गरि छाला सफा बनाउँछ । भिनेगर लगाएर १० मिनेटपछि चिसो पानीले धुनुहोस् ।
टुथपेस्टः अनुहारमा टुथपेष्ट ? अचम्म लाग्छ होल । टुथपेस्टमा सिलिका हुन्छ । पिम्पलमा हल्का टुथपेस्ट दल्नुहोस् ।


from SHYANE http://ift.tt/2ddSiOK
via IFTTT

दिमाग चम्काउने आइडिया

मानिस शारीरिक र मानसिक रुपमा फूर्तिलो हुनु आवश्यक पर्छ । दिमागलाई स्वस्थ राख्ने केही उपाय अपनाउ सकिन्छ ।

हिडडुल गर्नेः हिडडुल गर्दा दिमागको स्मरणशक्ति बढ्ने भएकोले नियमित हिड्ने बानी बसाउनुपर्छ । जति हिडडुल गर्न सक्यो त्यति नै स्मरणको लागि सहयोग गर्ने हिपोक्याम्पस बढ्ने अनुसन्धानले पनि देखाएका छन् । तसर्थ जति सक्दो बढी हिड्नुहोस्, ताकी तपाईको दिमाग बढी सक्रीय होस् ।

कफी पिउनुहोस्: ठिक्क मात्रामा नियमित कफी पिउनाले स्मरण क्षमतामा सकरात्मक असर गर्ने विभिन्न अध्ययनले देखाएका छन् । बिहानको कफी वा चियाले स्मरण तेज गर्छ । कफीको असर लामो समयसम्म रहने भएकोले दिमागलाई फूर्तिलो बनाउन महत्वपूर्ण मानिन्छ ।

ध्यान गर्नेः वास्तवमा ध्यानले मानिसको दिमागलाई निकै फूर्तिलो र तेज बनाउछ । वास्तविक ध्यानले तपाईको दिमाग वास्तविक भन्दा साढे सात वर्ष कलिलो बनाउँछ । तसर्थ ५० वा सो भन्दा माथि उमेरका मानिसले नियमित ध्यान गर्नुपर्छ । ध्यानले वास्तवमै दिमागका नयाँ कोष उत्पन्न गर्ने विभिन्न अनुसन्धानले देखाएका छन् । जतिसुकै उमेर भए पनि दिमागले तपाईको दिमागको स्मरण बढाउछ ।

पर्याप्त निन्द्राः दिमागलाई तेजिलो बनाउन पर्याप्त निन्द्रा पनि आवश्यक छ । गहिरो निदाउने व्यक्तिको स्मरण शक्ति पनि बलियो हुन्छ । दिमागले राम्रोसँग काम गर्न बयस्कको दिमागलाई दैनिक ७ घन्टा निन्द्राको आवश्यक पर्छ ।

विभिन्न खेल खेल्नेः खेल खेल्दा दिमाग सक्रिय हुन्छ ।  तसर्थ फुर्सदको समयमा खेल्नुपर्छ । शारीरिक रुपमा बाहिर जान समय नभएमा कम्पयुटरमा नै चेस, पजल तथा अन्य खेल्दा दिमाग तेजिलो हुन्छ । किनकी खेलले दिमागको व्यायाम गराउँछ ।

संगीत सुन्नेः स्मरण शक्ति बढाउन संगीतकार बन्नुपर्छ भन्ने छैन । संगीत सुन्दा पनि हुन्छ । संगीत सुन्दा दिमागको कोषलाई बलियो बनाउँछ । 


from SHYANE http://ift.tt/2cVPvud
via IFTTT

कम्बर स्लिम देखाउने उपाय

–एक चम्चा जैतुनको तेल र अलिकति एभोकाडो हालेर दिनहुँ खाने गरेमा एक महिनामै कम्मर एकतिहाइले घटेको पाइएको छ ।
 
–डिप्रेसन भएका अथवा हुने लक्षण देखिएका महिलाको कम्मरमा बोसो बढी लाग्ने गरेको पाइएको छ । त्यही भएर प्रसन्नचित्त रहेर समेत कम्मरलाई छरितो बनाउन सकिन्छ ।
 
–नियमित व्यायाम गर्नाले शरीरको बोसो अन्य ऊर्जामा रूपान्तरित हुन्छ । यसो गर्दा कम्मरमा रहेको बोसो नष्ट हुन्छ र कम्मर छरितो हुन पुग्छ ।

–जंक फुड नखाने । चिप्सलगायत फास्टफुडमा कार्बोहाइड्रेट र कोक, फ्यान्टाजस्ता पेय पदार्थमा चिनी बढी हुन्छ । यिनलाई खानाले शरीरमा चिनी र इन्सुलिनको मात्रा ह्वात्तै बढ्न पुग्छ । इन्सुलिन बढेमा शरीरको मध्य भागमा बोसो जम्मा हुन्छ । त्यी भएर कम्मर छरितो बनाउन जंक फुड नखाई हरियो तरकारी र सलादमा जोड दिनुपर्छ ।

–म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको रगतमा चिनी र इन्सुलिनको मात्रा कम हुने भएकाले दिनमा दुई पटक हरियो सागसब्जी, केरा र भटमासका परिकार खाने गर्नुपर्छ । यस्ता खानामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।
 
–रातो मासुको सट्टा माछा खाने बानी बसाले कम्मरमा लागेको अनावश्यक बोसो कम हुँदै जान्छ । मासु नै खाने हो भने खसी, राँगा आदिको नभई कुखुराको खानुपर्छ ।
 
–मदिरा बढी सेवन गर्ने महिलाको शरीरमा बोसो बढी जम्मा हुने भएकाले कम्मरलाई छरितो पार्न मदिरा नखाने वा कम खाने गर्नुपर्छ ।

–पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल लगायतको मात्रा घट्न पुग्छ । साथै, शरीरमा रहेको क्यालोरी पनि बढी नै खर्च हुन्छ । पसिना निकाल्ने सबैभन्दा उत्तम उपाय भनेको जगिङ हो । तसर्थ, हरेक बिहान जगिङ गरेर समेत कम्मरलाई छरितो बनाउन सकिन्छ ।


from SHYANE http://ift.tt/2cVP3My
via IFTTT

अनियमित महिनावारी र बाझोपन निम्त्याउने पीसीओएस के हो ?

पोलिसाईटिक ओभरी सिन्ड्रोम (पीसीओएस) साझा संकेत र लक्षणहरु के के हुन् ?
 
अनियमित मासिक धर्म–अनियमित पिरियड हुनु वा वारम्बार पिरियड हुनु
कहिले धेरै पिरियड हुनु वा अप्रत्यासित पिरियड हुनु
महिला उर्वरता नहुनुको प्रमुख कारण पीसीओएस पनि एक हो ।
पीसीओएस भएका ८० प्रतिशत महिला मोटोपनको शिकार भएका छन् ।
अनुहार, छाती, पेट वा माथिल्लो तिघ्रामा अत्यधिक रांै पलाउनु । हिरसुटिजम समेत भनिने यस समस्याबाट पीसीओएस भएका ७० प्रतिशत बढी महिला प्रभावित छन् ।
प्रौढ अवस्थामा पुगेपछि अनुहार लगायत छालाका अन्य भागमा दागी बस्नु ।
तेलीय छाला हुनु
बाक्लो, कालो छाला बन्नु जसलाई अकान्थोसिस निग्रिकन भनिन्छ ।
 
पीसीओएसले के गर्छ ?
पीसीओएसको वास्तविक कारण थाहा नभए पनि यस समस्यासँग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्वहरु अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने, एन्ड्रोजेन्स नाम गरेको हर्मनको मात्रा बढी हुने र मासिक धर्म अनियमित हुने गर्छ ।
 
इन्सुलिन प्रतिरोधी भनेको के हो ?
इन्सुलिन प्रतिरोधी यस्तो अवस्था हो जहाँ शरिरको कोष इन्सुलिनको असरलाई ‘रेस्पोन्स’ गर्दैन । जब शरिरले इन्सुलिनलाई रेस्पोन्स गर्दैन रगतमा ग्लुकुजको मात्रा बढी हुन्छ । शरिरले ग्लुकोजलाई कोषहरुमा पु¥याउन खोज्दा शरिरमा अझै बढी इन्सुलिन उत्पादन हुन्छ । इन्सुलिन प्रतिरोधले मेलिटसले डायबिजिट  गराउछ ।
 
उच्च तहको एन्ड्रोजेनले के गर्छ ?
उच्च भन्दा सामान्य तहको एन्ड्रोजेन उत्पादन हँुदा अन्डासयले हरेक महिना अन्डा उत्पादन गर्नबाट बन्चित हुन्छ ।
 
उच्च एन्ड्रोजनको तहले अनावश्यक रुपमा रौ बृद्धि हुन्छ र शरिरका विभिन्न भागमा धब्बा बस्छ ।
 
अनियमित रजस्वाले कस्तो समस्या गर्छ ?
अनियमित रजस्वलाले बाझोपन निम्त्याउँछ र केही महिलाको अन्डकोषमा असख्य साना सिस्ट उत्पन्न हुन्छन् ।
 
पीएओएस समस्या भएका महिलालाई स्वास्थ्यको कस्तो खतरा हुन्छ ?
पीसीओएसले प्रजनन प्रणालीमात्र नभएर शरिरको सम्पूर्ण भागलाई असर गर्छ । यसले जीवन भर महिलाको स्वास्थ्यमा  असर गर्ने सम्भावना हुन्छ ।
 
इन्सिुलिन प्रतिरोधले टाइप २ डायबिटिज मेलिटस र मुटुजन्य समस्या बढाउँछ । पीसीओएससँग सम्बन्धित अर्को अवस्था मेटाबोलिक सिन्ड्रोम हो । यस सिन्ड्रोमले डायबिटिज र मुटुको रोग बढाउँछ ।
पीसीओएस भएका महिला इन्डोमेट्रिकल हाइपरप्लासियाको समस्या हुन्छ जहाँ गर्भासयको रेखा युटिरसको लाईन निकै मोटो हुन्छ । यसले इन्डोमेट्रिकल क्यान्सरको खतरा बढाउछ ।
 
पीसीओएस भएका महिलालाई पनि उपचार सर्बसुलभ छ ?
पीसीओएसको समस्या समाधान गर्न उपचारका पर्याप्त तरिकाहरु रहेका छन् । लक्षण र अन्य स्वास्थ्य समस्या र गर्भवती बन्न चाहने वा नचाहने विषयमा निर्भर पर्छ ।
 
पीसीओएस भएका महिलालाई उपचार गर्न संयुक्त हर्मोनयुक्त जन्म नियन्त्रणको पिल्स प्रयोग गरिन्छ ?
पीसीओएस भएका गर्भवती हुन नचाहने महिलाले जन्म नियन्त्रण सम्बन्धी पिल्सलाई दीर्घकालिन रुपमा प्रयोग गर्न सक्छिन् । हर्मोनल पिल्समा इस्ट्रोजन र प्रोगेस्टिन हुन्छ । यी पिल्सले मासिक चक्रलाई नियन्त्रण गरी हिरसुटिजम घटाइदिन्छ । यी पिल्सले पाठेघरको क्यान्सरको खतरा पनि न्यून गरिदिन्छ ।
 
पीसीओएस भएका महिलामा तौल घटाउन कस्तो असर पर्छ ?
बढी तौल भएका महिलामा तौल घट्दा मासिक चक्र  नियन्त्रण गर्छ । मासिक चक्रलाई नियमित  बनाउन कम्तिमा १० देखि १५ पाउन्ड तौल घटाउनुपर्छ । तौल घटाउदा कोलेस्ट्रोल र इन्सुलिनको तह घटाउन सहयोगी हुन्छ र यसले अनुहारमा अत्यधिक रौं आउने समस्या निको गर्छ ।
 
पीसीओएस भएका महिलालाई इन्सुलिनलाई संवेदनशिल बनाउने औषधीले कसरी उपचार गर्छ ?
डायबिटिज उपचारमा बारम्बार प्रयोग हुने इन्सुलिनलाई संवेदनशिल बनाउने औषधी पीसीओएसको उपचारमा प्रयोग गरिन्छ । पीसीओएस भएका महिलाले ती औषधीले एन्ड्रोगन तह घटाउन सहयोग गर्ने र अन्डाउत्पादन पक्रियामा सहयोग गर्छ । अन्डोत्सर्ग पक्रिया नियमित हुनुको अर्थ मासिक धर्म नियमति गराउँछ ।
 
पीसीओएस भएका महिलालाई गर्भवतीको सम्भावना बढाउन के गर्नुपर्छ ?
सफल अन्डोत्सर्ग प्रक्रिया गर्भधारणको पहिलो कदम हो । तौल बढी भएका महिलामा तौल कम गर्दा यो लक्ष्य प्राप्ति हुन्छ । महिलाको अन्ड उत्पादन पक्रियामा औषधी पनि प्रयोग हुन्छ । अन्य उपचार पक्रियाले काम गर्दा ओभरीको शल्यक्रिया पनि गरिन्छ । तर यो विधिको दीर्घकालिन असर भने प्रष्ट हुन सकेको छैन । 


from SHYANE http://ift.tt/2d1jPBU
via IFTTT

कण्डमको साटो प्लास्टिकको झोला प्रयोग गरेपछि

सम्भोगका क्रममा गम्भीर चोट लागेसँगै एक भियतनामी जोडी राजधानी हनोइको अस्पतालमा भर्ना भएका छन् ।
यौन सम्पर्क गर्दा यौनांगमा गम्भीर घाउ हुनुको कारण हो: उनीहरुको यौन सम्पर्क गर्दा कण्डमको रुपमा प्लास्टिकको झोलाको प्रयोग गरेका थिए ।
यौन सम्पर्क गर्न निकै मन लागेको तर कण्डम खरीद गर्न जान अति नै लाज लागेपछि उनीहरुले यौन सम्पर्क गर्दा गर्भ नरहोस् भनेर प्लास्टिकको झोला प्रयोग गरेका थिए । तर त्यसरी प्लास्टिकको झोला प्रयोग गरेर यौन सम्पर्क गर्दा उनीहरुको यौनांगमा बढि घश्रण हुँदा घाउका साथै रक्तश्राव पनि भएको बताइएको छ ।
भियतनामी पत्रिकाका अनुसार उनीहरुको यौनांगमा थप संक्रमण नहोस् भन्नका लागि एन्टिबायोटिक दिएर उपचार जारी छ ।
डाक्टरहरुले कण्डमको रुपमा प्लास्टिकको झोला प्रयोग गर्नु निकै अवैज्ञानिक रहेको भन्दै प्लास्टिकको झोला निकै बाक्लो रहेको हुँदा यौन सम्पर्कको बेला यौनांगमा कोतरिएको तथा घाउ बनेको बताएका छन् ।
स्मरण रहोस् भियतनाममा यौन शिक्षा तथा चेतनाको निकै कमी छ । केही समयअघि गरिएको एक अध्ययनले यौन सम्पर्कको अनुभव संगालेका युनिभर्सिटीका अविवाहित विद्यार्थीहरुमध्ये केवल एक तिहाइले मात्र यौन सम्पर्कका क्रममा कण्डमको प्रयोग गरेको देखाएको थियो । २५ प्रतिशतले आफुलाई कण्डम किन्न निक्कै लाज लाग्ने बताए ।


from SHYANE http://ift.tt/2d1jBuP
via IFTTT

लुकाएको फ्रेण्ड लिस्ट कसरी हेर्ने ?

सोसल मिडियामा फेसबुक एउटा यस्तो प्लेटर्फम बनेको छ जहाँ हरेक जो कोही एक अर्कोसँग जोडिएको हुन्छ ।
कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा रहेका फेसबुक फ्रेण्डको सूचिलाई लुकाउने वा हाइड गर्ने गर्दछन् । ता की उसका को को र कति साथी छन् भन्ने कुरा अरुले नदेखुन् ।
यसरी हाइड गरेपछि म्युचुअल फ्रेण्ड बाहेक अन्यको सूचि अरुले देख्न पाउँदैनथे । तर फेसबुकमा अरुले नदेखून् भनेर यसरी लुकाइएका साथीका सूचि गोप्य राख्न भने नसकिने भएको छ ।
किनकी यसरी तपाइँले हाइड गरेको फ्रेण्डलिष्ट तपाइँको फेसबुके साथीले सजिलैसँग हेर्न सक्दछ, यदि जुक्ति लगाउनेहो भने ।
तपाइँको कुनै फेसबुके साथीले यदि फ्रेण्ड लिष्ट हाइड गरेको छ र उसका फेसबुकमा को को साथी छन् भनी सबैको सूचि हेर्न चाहनुहुन्छ भने यसो गर्नुस्ः
. सबैभन्दा पहिले गुगल क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन इन्स्टल गर्नुहोस् ।
· सोही ब्राउजरमा फेसबुक अकाउन्ट लगइन गर्नुहोस् । तपाइँले जुन साथीको फ्रेण्ड लिष्ट हेर्न चाहनुहुन्छ उसैको फेसबुक आइडी सर्च गरी वालमा जानुहोस् ।
· फेसबुक वालमा रहेको फ्रेण्डस नामक अप्सनमा क्लिक गनुहोस् ।
· त्यसपछि त्यहाँ एउटा reveal friends नामक अप्सन आउनेछ । तपाइँको क्रोम ब्राउजरमा फेसबुक फ्रेण्ड म्यापर एक्सटेन्सन भएमात्र यो अप्सन देखा पर्नेछ ।
· उक्त अप्सनमा क्लिक गरेसँगै लुकाइएका फेसबुके साथीको सूचि स्क्यान सुरु हुन्छ ।
·  स्क्यानिंग पूरा भएसँगै तपाइँले आफ्नो फेसबुके साथीले हाइड गरेको फ्रेण्ड लिष्ट देख्न सक्नुहुन्छ ।


from SHYANE http://ift.tt/2cs2Fl7
via IFTTT

२१ रुपैयाँमा इन्टरनेट

वल्र्डलिंक कम्युनिकेसन्सले २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले २१ औं बाषिर्कोत्सवका अवसरमा यस्तो योजना ल्याएको हो ।
world-link-ispकम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमविपिएस गतिमा इन्टरनेट उपलब्ध गराउनेछ ।
यही शुल्कमा ग्राहकले जडान गर्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइराउटर र इन्टरनेट प्रोटोकल (आइपी) टिभी सेटअप बक्स निःशुल्क पाउनेेछन् ।
त्यस्तै १ बर्षको इन्टरनेट शुल्कतिर्ने ग्राहकले ३ महिनासम्म आइपी टिभी निशुल्क हेर्न पाउने छन् ।
वाइफाइ राउटर लिन चाहने ग्राहकले ३ हजार रुपैयाँ धरौटी राख्नुपर्ने छ । इन्टरनेट सेवा छोड्दा उक्त धरौटी कम्पनीले फिर्ता गर्नेछ ।
आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको नयाँ प्रविधिहो । यस प्रविधिबाट ग्राहकले इन्टरनेट फाइबरकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सकिने जालानले जानकारी दिए ।
‘आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ, उनले भने, यसमा टिभी हेर्दा एचडी गुणस्तरको पिक्चर हुने भएकाले धेरै गुणा स्पष्ट र सफा टिभी हेरेकोअनुभूति गर्न सकिन्छ,’ उनले भने ।
बाषिर्कोत्सबका अबसरमा कम्पनीले जाउलाखेलमा आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय जनाले रक्तदान गरेका छन् ।


from SHYANE http://ift.tt/2cVPLcm
via IFTTT

मोबाइलको सिग्नल कम छ ? यसो गर्नुस्

मोबाइल फोनमा कुराकानी गर्दा कहिलेकाहीँ बिचमै लाइन काटिन्छ । अझ आवाज प्रष्ट नआउने समस्या त निकै धेरै बेहोरिरहेका हुन्छौँ हामी ।
यसो हुनुको एउटा प्रमुख कारण मोबाइल सिग्नल कमजोर हुनु (चलनचल्तीको भाषामा टावर कम टिप्नु) हो ।
टेलिकमको कमजोर प्राविधिक संरचना तथा भौगोलिक अवस्थाका कारण पनि मोबाइल फोनको कमजोर सिग्नलले उपभोक्ताहरुलाई दुख दिइरहेको छ ।
उपभोक्ताले पाएको यो हैरानीको मुख्य दोषी टेलिकम कम्पनीहरु हुन् तथापि आफ्नो मोबाइल फोनमा सिग्नल कमजोर आइरहेको अवस्था वा सिग्नल प्राप्त हुन समेत कठिनाई परिरहेको अवस्थामा मोबाइल फोन प्रयोगकर्ताले समेत केही कुरामा ध्यान दिनुपर्दछ ।
यदि यसो गर्नेहो भने मौजूदा अवस्थामै तपाइँको मोबाइलले बढि सिग्नल प्राप्त गर्दछ वा मोबाइलमा टावर धेरै आउँछ ।
स्मार्टफोनमा मोबाइल सिग्नल नामक एपले मोबाइल तरंगको संकेतको स्थितिका बारेमा जानकारी दिन्छ ।
क्हिलेकाहीँ मोबाइलले राम्रोसँग सिग्नल नटिपेको अवस्थामा मोबाइल फोन स्विच अफ गरेर अन गर्दैमा मात्र पनि राम्रोसँग सिग्नल टिप्न सक्दछ ।
कहिलेकाहीँ स्मार्टफोन ह्यांग भएर वा स्मार्टफोनमा एकसाथ धेरै एपहरुले काम गरेको अवस्थामा मोबाइल सिग्नल प्राप्त गर्ने कार्यमा बाधा उत्पन्न भएको हुनाले त्यस्तो बेलामा मोबाइल फोन रिस्टार्ट गर्दा पनि सिग्नल राम्रोसँग प्राप्त हुन सम्भव हुन्छ ।
इदि तपाइँ अग्लो भवनको मुनि वा धेरै अग्लो अग्लो भवनहरुको बीचमा हुनुहुन्छ भने पनि त्यस्तोमा मोबाइलको सिग्नल कमजोर हुनसक्छ । त्यसैले त्यस्तो ठाउँमा मोबाइलमा कुराकानी गर्नुभन्दा केही खुला ठाउँमा गएरै कुराकानी गर्नु बेस हुन्छ ।
त्यस्तै अग्लो घरको भुइँताला वा घनावस्तीमा पनि मोबाइलको सिग्नल कमजोर हुनसक्छ । किनकी एउटै मोबाइल टावरमा धेरै मोबाइल फोनहरुको रेडियो तरंगको कनेक्टिभिटी भएको हुन्छ ।
स्मार्टफोनको ब्याट्री निकै कम हुँदा पनि मोबाइलको सिग्नल प्राप्तिमा असर पर्नसक्दछ । ब्याट्रीको चार्ज निकै कम हुँदा ब्याट्रीमा रहेको शक्ति स्मार्टफोनको सिग्नल प्राप्त गर्ने कार्यमा अपर्याप्त हुने र त्यस्तो बेला स्मार्टफोनमा कुराकानी गर्दा आवाज राम्रोसँग नसुनिने वा सिग्नल राम्रोसँग प्राप्त नहुने समस्या हुनसक्छ ।  त्यसैले स्मार्टफोनमा पर्याप्त ब्याट्री चार्ज गर्नुपर्दछ ।
मोबाइलको सिग्नलले राम्रोसँग काम गरिरहेको छैन तर वाइफाइ सुविधा उपलब्ध छ वा डाटा सर्भिसबाट पनि सस्तोमै राम्रोसँग फोन कल हुन्छ भने विभिन्न खाले फोन कलिंग एपबाटै फोन वा भिडियो कल गर्नु उपयुक्त हुन्छ ।


from SHYANE http://ift.tt/2d1hffm
via IFTTT

भित्तामा खेती गर्ने प्रविधि

विज्ञानले यस्ता चमत्कार गरिसकेको छ जसको कुनैबेला कल्पनासमेत गर्न सकिदैंनथ्यो ।
खेतबारीमा विभिन्न बाली लगाउनु स्वाभाविक हो । यतिमात्र होइन, बढ्दो शहरी जीवनशैलीमा घरको छत तथा कौसीमा तरकारीलगायतका खेती गरिनु पनि स्वाभाविक हो । तर भित्तामा पनि खेती गरिन्छ भन्ने कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । विज्ञानले यस्तै अपत्यारिलो कुरालाई चमत्कारका रुपमा सार्थक तुल्याउँदै आएको छ ।




इजरायली कम्पनी ‘ग्रीन वाल’का संस्थापकहरु अहिले ‘भर्टिकल गार्डन’लाई मूर्त रुप दिन व्यस्त छन् । यो पद्धतिअनुसार मानिसले घरको पर्खालमा खेती गर्न सक्नेछन् । अग्ला घरका विशाल भित्ताहरुमा विभिन्न बाली लगाउने विषयलाई सार्थक तुल्याउने दिशामा उनीहरुले आवश्यक खोज तथा अनुसन्धान गरेका हुन् ।

सन् २००९ मा स्थापित ग्रीन वाल कम्पनीले विकास गरेको आधुनिक प्रद्यौगिकीको मद्दतमा मानिसले घरको भित्ताको भित्री र बाहिरी गरी दुबैपट्टी खेती गर्न सक्नेछन् । यो पद्धतिका लागि ग्रीन वाल कम्पनीले नै उब्जाउयोग्य माटो उपलब्ध गराउँछ ।
भर्टिकल प्लान्टिङ सिस्टमका लागि बिरुवालाई ‘स्मल मोड्युलर युनिट’ मा सघन रुपमा लगाउने गरिन्छ । बिरुवा भित्ताबाट तल नझरोस् भन्नका लागि पनि विशेष व्यवस्था गरिएको हुन्छ ।
कम्प्युटर प्रविधिको मद्दतले प्रत्येक बिरुवामा पानी पुर्‍याउने व्यवस्था गरिएको हुन्छ । फल लाग्ने समय भएपछि भने बिरुवालाई जमिनमा उतारिन्छ । ग्रीन वालले पर्खालमा खेती गर्नका लागि मनिटर, सेन्सर र कन्ट्रोल सिस्टम भने इजरायली वाटर म्यानेजमेन्ट कम्पनी ‘गेलकन’ को सहयोगमा विकसित गरेको हो ।
बढ्दो शहरीकरणका लागि खेतीका लागि जमिनको अभाव बढ्नु र जनसंख्या वृद्धिदर पनि लगातार बढ्दैजानु जस्ता कारणले खाद्य संकट निम्तिने निश्चित छ । यस्तो अवस्थामा पर्खालमा गरिने खेती पद्धतिको विकासलाई खाद्य संकट टार्ने एउटा प्रयासका रुपमा हेरिएको छ । (एजेन्सी)


from SHYANE http://ift.tt/2cs1z8U
via IFTTT

आरसीटी र एनआरटीले अंक बाँडे

असोज ६ । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत् विहीबार भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा घरेलु फुटबलमा लामो इतिहास बोकेका यी दुई परस्पर प्रतिद्वन्द्वी टोलीहरुले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलमा दुबै टोलीले प्राप्त अवसरहरु सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य बनेका हुन् ।
बराबरी खेलेसँगै ९ खेलबाट १९ अंक जोडेको एनआरटी अंकतालिकामा दोस्रो स्थानमा छ । समान खेलबाट १७ अंक जोडेको आरसीटी चौंथो स्थानमा छ ।
समान खेलबाट २० अंक जोडेको श्री कुमारी क्लब तालिकाको शीर्ष स्थानमा छ ।
आन्तरिक तथा आर्थिक समस्याका कारण केही समय फुटबलबाट विश्राम लिएका घरेलु फुटबलका पुराना टोलीहरु आरसीटी र एनआरटी पुनः शीर्ष डिभिजनमा उक्लिने प्रयासमा छन् ।


from ARENA http://ift.tt/2dnQ6r3
via IFTTT

मेस्सीले अब तीन हप्ता नखेल्ने

असोज ६ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग अंक दुरी कम गर्ने अवसर गुमाएको छ ।
ला लिगा अन्तर्गत बुधबारराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेल्यो ।
४१ औं मिनेटमा इभां राकिटिचले गोल गर्दै बार्सिलोनालाई अग्रता दिए पनि दोस्रो हाफको ६१ औं मिनेटमा एथ्लेटिको मड्रिड खेलमा फर्कियो । एथ्लेटिकोका एन्जल कोरेयाले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
यही खेलका क्रममा बार्सिलोनाका अर्जेन्टाईनी स्टार लियोनल मेस्सी घाईते भएका छन् । उनी कम्तीमा पनि तीन साता मैदान बाहिर रहने अनुमान गरिएको छ ।
यो बराबरीपछि बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग दुरी घटाउने अवसर गुमाएको छ । राति भएको खेलमा रियाल मड्रिडले पनि अंक गुमाएको थियो ।
लिगमा लगातार १७ जीतको कीर्तिमान बनाउने अवसर गुमाएको रियाल मड्रिडले भियारीयालसँग १–१ गोलको बराबरी खेलेको हो ।
रातीका खेलहरुपछि ला लिगाको अंक तालिकामा ५ खेलबाट १३ अंक जोडेको रियाल मड्रिड शीर्ष स्थानमा छ । ११ अंक जोडेको सेभिया दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको बार्सिलोनाको १० अंक भएको छ ।


from ARENA http://ift.tt/2cPODvg
via IFTTT

चौथो चरणमा कुन टीम कुनसँग

असोज ६ । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको चौथो चरणमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी भिड्ने भएका छन् ।
तेस्रो चरणका खेलहरुमा बुधबार विजयी हुँदै जोजे मौरीन्होको म्यान्चेस्टर युनाईटेड र पेप ग्वार्डीयोलाको म्यान्चेस्टर सिटीले सनसनीपुर्ण भिडन्त तय गरेका हुन् ।
बुधबार निकालिएको खेल तालिका अनुसार लण्डन क्लव चेल्सीले आफ्नै शहरको प्रतिद्धन्दी वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ । यसैगरी लिभरपुलले टोटनह्याम हट्सपरसँग खेल्दा आर्सनल र रिडिङ भिड्नेछन् ।


from ARENA http://ift.tt/2d1e3QP
via IFTTT

Wednesday, September 21, 2016

Model : Puja Shrestha

Name: Puja Shrestha
Vital Stats: 34’ 26’ 32’
Interested in: Music Videos, Advertisements, Ramp modeling and Photoshoots
Designed Dress: Gallery II Magenta/purple cocktail dress by Anita Shrestha, Fascino Boutique, Chabahil
Location: Sankhu

 






                                                                  Picture : http://kyaramro.com/



via IFTTT

from SHYANE http://ift.tt/2cX0Icb
via IFTTT