Sunday, October 30, 2016

नरहरी प्रेमीको देउसी भैलो गीत "बर्शै र दिनको" सार्वजनिक (भिडियो सहित)

कार्तिक १४, इटहरी,
गायक, गीतकार तथा संगीतकार नरहरी प्रेमीको देउसी भैलो गीत बर्शै र दिनको सार्वजनिक भएको छ । शब्द संगीत अनी स्वर तिनै बिधा सम्हालेका गायक प्रेमिलाई सो गीतमा बरिस्ठ गायिका लक्ष्मी बस्नेतले साथ दिनु भएको छ ।
भिडियो सहित सार्वजनिक भएको सो गीतलाई सन्तोष प्रगाढले संगीत सम्योजन गरेका हुन भने भिडियोमा छायाँकन बिक्रम कार्कीको, सम्पादन राज कुमारको, अभिनय सन्तोष गुरुङ, सुमिना लो  अनि निर्देशन आशिक राईको रहेको छ ।
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2fjRWv5
via IFTTT

बिकाश र सेलिनाको "तिम्रो मनको मझेरीमा" गीत को शूटिंग सकियो

कार्तिक १४, इटहरी,
नेपाली संगीत मा गीत हरु आउने क्रम जारी रहेकै बेला एउटा नया गीत को आगमन हुने भएको छ | नेपाली गीत संगीत का पारखी ले यसपटक रोमान्टिक गीत सुन्ने अवसर प्राप्त गर्ने छन् l 
 भर्खरै मात्र उक्त गीत को शूटिंग कार्य सकिएको छ l रोमान्टिक विधा मा बनेको यस गीत मा बिकाश कर्ण र सेलिना कुँवर ले आवाज दिएका छन् भने संगीत सन्तोष राजले दिएका छन् l  

उत्सव दाहाल को छायांकन रहेको यस गीत को संगीत संयोजन को काम भारत को मुम्बई मा गरिएको छ l 
फिल्मी सैलिमा मा बनेको यस गीत लाई सबै पुस्ता तथा स्रोताले मन पराउने दाबी यस गीतका संगीतकार सन्तोष राज ले गरेका छन् l



via IFTTT

from SHYANE http://ift.tt/2f17XCw
via IFTTT

Friday, October 28, 2016

तिहार बिशेष गीत "मुखै पोल्यो सेलरोटी खानाले" सार्बजनिक (भिडियो सहित)

कार्तिक १२,(सुवास संकल्प)-इटहरी,
नेपालि हरुको दोस्रो महान पर्व तिहार लाई लक्षित गरेर हरेक साल विभिन्न तिहार बिषेश गीत तथा भिडियोहरु बजारमा आउने गर्दछ l 
यहि क्रममा पुर्व मा सक्रिय युवा उद्धमी तथा इटहरी बाट संचालित एरिना टेलिभिजन का संचालक समीर कार्की ले पनि तिहार बिशेष गीत सहित भिडियो बजारमा ल्याउनुभएको छ l "मुखै पोल्यो सेलरोटी खानाले" बोलको उक्त गीत कार्की को पहिलो तिहार बिशेष गीत हो l 
उक्त गीत मा नरेश खड्काको सब्द तथा संगीत, बलराम समालको संगीत संयोजन रहेको छ भने रोशन श्रेष्ठ, एलिशा बास्तोला तथा एरिना टीमलाई भिडियो मा देख्न सकिन्छ l भिडियो को छायांकन मा निक बिष्ट, बिनय हमाल र कुशल कार्की रहेका छन् भने भिडियो निर्देशन सुवास संकल्प, नृत्य निर्देशनमा लक्ष्मी समाल रहेका छन् l 


हेर्नुस भिडियो :





via IFTTT

from SHYANE http://ift.tt/2eONEdv
via IFTTT

Wednesday, October 26, 2016

चेल्सी पराजित, म्यानचेस्टर विजयी

कात्तिक ११ । इङ्लिस लिग कप फुटबलअन्तर्गत बुधबार राति भएका खेलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदा चेल्सी पराजित भएको छ ।
आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई १-० ले हरायो ।
खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुंवा माटाले ५४ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
राति नै सम्पन्न अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले चेल्सीलाई २-१ ले हराएको छ ।
वेष्ट ह्यामका लागि कोयाटे र फर्नान्डेजले एक–एक गोल गरे । चेल्सीका ग्यारी केहीलले ९० औं मिनेटमा एक गोल फर्काएका थिए ।
लिग कप फुटबलकै अर्को खेलमा साउथह्याम्पटनले सण्डरल्याण्डलाई १-० ले हराएको छ ।


from ARENA http://ift.tt/2eT0epT
via IFTTT

तरुण कप फुटबलको उपाधि फिदिमले जित्यो

कात्तिक ११  । पाँचथरको फिदिममा सम्पन्न जिल्लास्तरीय नकआउट तरुण कप फुटबल २०७३ प्रतियोगिताको उपाधि फिदिमले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा आङसराङलाई १–० ले पराजित गर्दै फिदिमले उपाधि चुमेको हो ।
फिदिमको जितमा दोस्रो हाफको इन्जुरी समयमा नरेस सम्हाम्जेले निर्णायक गोल गरे ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ फिदिमकै सन्जु तामाङ घोषित भए ।
नेपाल तरुण दलको ६४औं स्थापना दिवसको अवसरमा तरुण दल पाँचथरले आयोजना गरेको प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३५ हजार रुपैयाँ हात पारे ।
विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले पुरुस्कार वितरण गरेका थिए ।


from ARENA http://ift.tt/2fhJOKv
via IFTTT

म जिल्ल परेँ। अनुहार लाजले रातो भएको मैले उसैको आँखामा हेरेर चाल पाएँ (पुरा पढ्नुस)

कार्तिक १०, (अनु सुबेदी)-जापान,
म भर्खर कामबाट रुममा फर्कदै थिएँ। करिब रातको ९ बजेको थियो। उसले फोन गर्यो। म छक्क परेँ। अरे उसको त नाईटमा काम थियो आज काममा किन गएनछ। बिरामी पो भएछ कि भन्दै हतारिँदै फोन उठाएँ तर ऊ त ठिकठाक रोम्यान्टीक मुडमा पो बोल्दै छ।


’ए लुरी काम सकियो? तिम्रो काम सकिने टाईमको पर्खाईमा थिएँ।’

’ल किन नि! अनि आज काममा किन नगएको नि?’

’कति बोलेकि हो। म तिमीलाई पार्कमा कुरेर बसेको छु यहाँ आउ अनि भन्छु।’ उसले नजिकैको पार्कमा बोलायो।

म पनि खुशी हुँदै फोन काटेर उसले बोलाएको पार्कमा पुगेँ। यताउता हेरेँ अहँ उसलाई देखीनँ। फोन गरेँ, फोन पनि उठाएन ।
 एक्कासी कसैले मलाई पछाडिबाट कसेर हग गर्यो, म तर्सिएँ। म फर्केर हेर्न खोजेँ। उसले आँखा बन्द गरिदियो। मैले उसलाई महशुस गरेँ र उसको हात फुकाउदै भनेँ,


’पागल।’

’पागल्नी!’ ऊ मुस्कुरायो। अनि बिस्तारै मेरो कानको नजिक आएर तातो-तातो स्वास फेर्दै बिस्तारै स्वासवे नै बोल्यो,

’ह्याप्पी बर्थ डे लुरी। आई लव यु ।’


म अक्क न बक्क भएँ। कुनै शब्द नै रहेन उसलाई फर्काउने। आफ्नो बर्थडे म आफैँलाई थाहा थिएन। कामको प्रेसरले गर्दा केही याद थियन उसको त्यो विशले म मनलाई सम्हाल्न सकिरहेकी थिइनँ। आँखा र मन दुबै भरिएर आए। दिन बितेर रात परिसक्दा पनि कसैले मेरो जन्मदिन याद गरेका थिएनन्।


उसले मलाई फेरी कसेर हग गर्यो र भन्यो,

’तिमीलाई ठुलो गिफ्ट छ एसेप्ट गर्छेउ नि लुरी मेरो गिफ्टलाई ?’


’महँगो भए त गर्दिनँ।  तपाईको माया छ नि सबैभन्दा ठुलो त, अरु किन चाहियो र?’
उसले मेरो कपाल दाँतले तान्दै भन्यो, ’महँगो छैन लुरी। तिमीलाई महँगो दिन कहाँ सक्छु र!’
मैले उसको हात फुकाउदै भनेँ, के हो छिटो भन्नुस् न।’
उसले आफ्नो पकेटबाट औठी निकाल्दै मेरो औलामा लगाउदै देब्रे कानमा तातो स्वासले भन्यो, आज तिम्रो बर्थडे को दिन म तिमीलाई मेरो थर दिन चाहन्छु स्विकार्छौ?’

म जिल्ल परेँ। अनुहार लाजले रातो भएको मैले उसैको आँखामा हेरेर चाल पाएँ।


’मैले हाम्रो बारेमा बाबा मम्मी सँग कुरा गरेको हिजो, बुहारी लिएर नेपाल आईज बिहे गर्न भन्नु भएको छ। म सँग बिहे गर्छेउनि लुरी?’

मेरो बोली फुटेन मात्र खुसीका आँशुहरुले उसको कुम भिजाईरहेँ जसरी उसले पनि मेरो हृदय निथ्रुक्क भिजाइदिएको थियो मायाको वर्सातले। बर्षौदेखि हामीले एक्लाएक्लै चुपचाप देखेको सपना जो पुरा हुदै थियो। उसले मेरो मौनताको अर्थ बुझ्यो र मलाई निदारमा खुसीका चुम्बनहरु बर्षाईरहयो।


जन्मदिनमा त्यो भन्दा अमुल्य चिज मेरो लागी अरु के हुन सक्ला र! म मख्ख थिएँ त्यो चिसो सिरेटोमा उसको न्यानो अँगालोमा बाँधिन पाउँदा। लाग्यो समय पनि टक्क अडिएर हाम्रो मायाप्रेम हेरिरहोस्।



via IFTTT

from SHYANE http://ift.tt/2evGt9z
via IFTTT

Tuesday, October 25, 2016

प्रणव आकाशको निर्देशनमा “कन्ट्रिसाइड अरोमा” भिडियो सहित)

नेपालि चलचित्र उधोगमा नया कलाकार थपिने  क्रम  तिब्र गतिमा अघि बढ्दै छ र  युवाहरुको पनि  चलचित्रमा आर्कषण बढिरहेको बेला रङगमञ्चबाट अगाडि बढिरहेका कलाकार प्रणव आकाशको निर्देशनमा बनेको र्सट फिल्म “कन्ट्रिसाइड अरोमा” रिलिज भएको छ ।
शुक्रबार युट्युबबाट रिलिज भएको फिल्मले हरेक नकारात्मक कुराबाट सकारात्मक बाटो पहिचान गर्ने इच्छा शक्ति हुनुपर्ने सन्देश दिएको छ । मनोरोगबाट ग्रस्त युवकको गाउ‘प्रतिको धारणा र परिस्थितीले परिर्वतन गरेको उसको नजरलाई फिल्ममा देखाउन खोजिएको छ ।

६ मिनेट ४९ सेकेन्ड लम्बाइको यस चलचित्रमा प्रणव आकाश, बुठाथोकी सन्तोष, अर्जुन पाण्डे, शान्तराज गौतम, निरज अधिकारी लगाएत कलाकारको अभिनय रहेको छ । फिल्मलाई लोगो कृयसन्स्ले प्रस्तुत गरेको हो ।

यस्तो बनेको छ “कन्ट्रिसाइड अरोमा”





via IFTTT

from SHYANE http://ift.tt/2eBO8nd
via IFTTT

Thursday, October 20, 2016

लगनगाठो कस्दै नायिका उषा पौडेल : हेर्नुस को हुदै छ उनको जीवनसाथी ?

कार्तिक ४,(सुवास संकल्प)-इटहरी,
नेपालि सिने नगरी मा कुनै समयको स्थापित नायिका उषा पौडेल को बिबाह मिति सार्बजनिक भएको छ l
केहि बर्ष अघि देखि जन्मभूमि नेपाल छोडेर अमेरिका नै बस्दै आएकी उषा ले केहि चलचित्र मा देखा परिसकेका  सुधांशु जोशी संग लगनगाठो कस्न लागेकी हुन् l
यहि मङ्सिर ९ गते बिबाह मिति तय भएको छ भने तीन हप्ता अगाडी मात्रै उषा-सुधांशु बीच ईन्गेन्जमेन्ट भएको खबर प्राप्त भएको छ l नायिका उषा पौडेलले एक हिन्दी टेलीभिजनमा समेत काम गरेकी छिन भने अमेरिका मै बस्दै आएका सुधांशु संग त्यहि भेट भएको थियो l
केहि समयको भेटघाट पछि उनीहरु ले सम्बन्ध लाई अझ गसिलो बनाउने सोच सहित उषा र सुधांशु ले बिबाह गर्ने निर्णय गरेका हुन् l




via IFTTT

from SHYANE http://ift.tt/2eJASyc
via IFTTT

Wednesday, October 19, 2016

चर्चामा पाकिस्तानी चिया पसले, संसारभर भाईरल भयो उनको तस्बिर : नरेन्द्र मोदी संग पनि तुलना

कार्तिक ३, इटहरी, 
पाकिस्तानमा एक चिया बेच्ने व्यक्ति इन्टरनेटको नयाँ सनसनी बनेका छन् । यी व्यक्तिको तस्बिर सोसल मिडियामा तीब्र रुपमा भाइरल हुनुका साथै महिलाहरुमा उनीमाथि आफ्नो प्रेम दर्साउनका लागि होडबाजी गरिरहेका छन् ।
यी व्यक्तिलाई पाकिस्तानीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गरेर सोसल मिडियामा ठट्यौलीसमेत गरेका छन् । यी व्यक्तिको तस्बिर सोसल मिडियामा आएलगत्तै महिलाहरु उनीमाथि फिदा भएका छन् । यी व्यक्तिको व्यक्तित्वको बारेमा मानिसहरु प्रतिक्रिया जनाइरहेका छन् र बलिउड स्टारसँग तुलना गरिरहेका छन् ।
 वास्तवमा @jiah_ali  इस्लामावादका यी चिया बेच्ने व्यक्तिको तस्बिर पोष्ट गरे जुन सोसल मिडियामा भाइरल बन्यो । निलो आँखा भएको यी व्यक्तिको तस्बिरमा मानिसहरुले निकै चाख लिइरहेका छन् । महिलामात्र नभई पुरुषले पनि यी व्यक्तिको बारेमा आ–आफ्नो धारणा व्यक्ति गरिरहेका छन् ।
कसैले आफूलाई यी चिया बेच्ने व्यक्तिजस्तै श्रीमान् चाहिएको बताएका छन् भने कसैले उनलाई बलिउडका निकै चर्चित कलाकारभन्दा सेक्सी भएको टिका–टिप्पणी गरेका छन् । उनको विषयमा सोसल मिडियामा कस्तो प्रतिक्रिया आइरहेको छ, हेरौं । 



                                                                                                                          रातोपाटि बाट 





via IFTTT

from SHYANE http://ift.tt/2dq1gaz
via IFTTT

Monday, October 17, 2016

दयाहांग,नाजिर र बुद्दि तामाङ्ग"हैट"लाई प्रत्यक्ष भेट्ने हैन ? : नाटक लिएर आउदैछन पुर्वाञ्चल

कार्तिक १,(सुवास संकल्प)-इटहरी,
कलाको क्षेत्रमा पुर्वाञ्चल पनि निकै बिकशित हुदै गई रहेको समयमा पुर्वमा पनि कलाकार हरुको जमघट र कला सम्बन्धि बिबिध विधामा विभिन्न क्रियाकलाप हुदै आईरहेको छ l त्यस्तै नेपालि फिल्म नगरी मा रंग मंच का कलाकारको उपस्तिथी बढिरहेको क्रममा काठ्माण्डो केन्द्रित रंगमंच का कलाकार हरुले नाटक प्रदर्शनीको लागि पछिल्लो समय मोफसलको यात्रा पनि थालनी गरिरहेको छ l 
यहि क्रम मा रंगमंचमा सफल कलाकार हरु जन्माउने मण्डला थिएटर नेपाल संगको सहकार्य मा लेट्स इन्टरटेन्मेण्ट ले पुर्वाञ्चल लाई प्राथमिकतामा राख्दै "पुर्वाञ्चल नाट्य यात्रा २०७३" सुरु गर्ने भएको छ l कार्तिक ३ गते देखि लगातार कार्तिक १३ गते सम्म को नाट्य यात्रा मा चर्चित कलाकार हरु दयाहाङ्ग राई, नाजिर हुसेन, बुद्दि तामाङ्ग "हैट" को साथ् मा सिर्जना सुब्बा, राजन खतिवडा, प्रदिप कुमार चौधरी, सोमनाथ खनाल, सुलक्षण भारती, उमेश तामाङ्ग, बिकाश जोशी, आर्जेश रेग्मी, सारदा अधिकारि, निमिश कट्टेल, इन्गीहोपो कोईच सुनुवार, शक्ति राई, सिजन दाहाल, रोहित पौडेल. अनिल कार्की, सुरेश कार्की र आधा सुर को सहभागिता रहने छ l 
"घुम्ती रंगमंच" र "हल मन्चन" गरि नाटक लाई दुई भाग मा विभाजन गरिएको छ l घुम्ती रंगमंच अन्तर्गत राजन खतिवडा निर्देशित "मनचिन्ते फिरन्ते" नाटक कार्तिक ३ गते साझ ६ बजे धरान, कार्तिक ४ गते बिहान १० बजे इटहरी, कार्तिक ४ गतेकै साझ ६ बजे बिराटनगर, कार्तिक ५ गते बिहान १० बजे लेटाङ्ग को फडानी स्कुल, कार्तिक ५ गते साझ ६ बजे बेलबारी, र कार्तिक ६ गते साझ ६ बजे दमक मा मन्चन गरिने छ भने उक्त नाटक निसुल्क हेर्न पाईने छ l त्यस्तै हल मन्चन अन्तर्गत दयाहांग राई निर्देशित "डिग्रि माईला" कार्तिक ९ गते दिउसो १ र ४ बजे दमक, कार्तिक १० गते दिउसो १ र ४ बजे बेलबारी, कार्तिक ११ गते दिउसो १ र ४ बजे इटहरी, कार्तिक १२ गते दिउसो १ र ४ बजे बिराटनगर र कार्तिक १३ गते दिउसो १ र ४ बजे धरान मा मन्चन गरिने छ भने यो नाटक हेर्न लाई ३०० र ५०० को टिकट निर्धारण गरिएको छ l 



via IFTTT

from SHYANE http://ift.tt/2dXY8GL
via IFTTT

Thursday, October 13, 2016

पातले सरिर ढाकियो : हेर्नुस-Hot & Sexy Model sirjana Khatri (Photoshoot)

Model sirjana Khatri
                                                                                                                     फोटो : कान्तिपुर साप्ताहिक 



via IFTTT

from SHYANE http://ift.tt/2dZYnl0
via IFTTT

Sunday, October 9, 2016

खुलासा : छबि-सिल्पाको बिहे चर्चा संगै नायिका तथा निर्मात्री रेखा थापा पनि घरजमको तयारिमा

असोज २१, इटहरी,
नेपालकी चर्चित नायिका तथा फिल्म निर्माता रेखा थापाले आउँदो मंसिरमा नयाँ घरजम गर्ने तयारी गरेको बताएकी छन् । उनका पूर्वपति छवि ओझाले दशैंको टिकाको साइतमा नवनायिका शिल्पा पोखरेलसँग विहे गर्ने खबर बाहिर आइरहेका बेला रेखा थापाले पनि आफ्नो विहे मंसिरको पहिलो साता हुने खुलासा गरेकी हुन् ।

बिबिसी नेपालि सेवा को फेसबुक लाईकर ३० लाख पुगेको उपलक्ष्य मा पहिलो फेसबुक भिडियो लाईभ अन्तर्वार्तामा नायिका थापाले आउने मंसिरमा विहे गर्ने तयारी रहेको बताइन् । तर हुनेवाला पतिको नाम चाहीँ खुलाउन चाहिनन् । हुनेवाला पति को त ? भन्ने पत्रकारको जिज्ञासामा, उनले नाम अहिले नभनौं तर पेशा चाहीँ चलचित्र क्षेत्रको भन्दा बाहिरको हो, विहेपछि थाहा भइहाल्छ नि भनेर बात मारिन् ।

यसअघि नै रेखाले आफूले विगतलाई सम्मान गर्दै अर्को विहे गर्ने तयारीमा रहेको बताइकी थिइन् । उक्त अन्तर्वार्तामा छविराज ओझासँग आफ्नो विहे नभएको समेत रेखाले दावी गरिन् । निर्माता छविराज ओझा र रेखा मध्य कसको पहिले बिहे हुने हो त्यो भने दर्शक श्रोतले पर्तिक्षा गर्नु पर्ने देखिन्छ l 
                                                                                                   बिबिसी नेपालि सेवाको फेसबुक बाट 



via IFTTT

from SHYANE http://ift.tt/2dcI82D
via IFTTT

Friday, October 7, 2016

हामि जस्तो करोडपति मान्छेलाई गरिब हुन गाह्रो हुदैन ? हेर्नुस "जात्रा" (भिडियो सहित)

असोज २१, इटहरी, 
हो, अधिकांश काठमाण्डौबासीले काठमाण्डौमा एउटा घर नहुने र १०-२० लाख पैसा बैंकमा नहुनेलाई मान्छे नै गन्दैनन् । यो सत्य हो कि हरेक युवाले धेरै सपना साँचेको हुन्छ । ति सपना उसका आफ्नै हुन् या परिवारका आखिर सपना सपना नै हुन् । उसका तिनै गह्रुंगा सपनाले उसलाई मेहनती होइन छरितो पैसा खोज्ने बनाउँदैछ । मेहनतले कमाउँदा झण्डै जीवन बित्छ तर, घर-गाडीको सपना तुहिएरै जान्छ तर चोरबाटोबाट पैसा कमाउँदा छिट्टै हात पर्न सक्छ । त्यसको अनपेक्षित नतिजा पनि त्यतिनै छिटो आउँछ जति छिटो पैसा आएको थियो । यस्तै कथामा आएको ‘जात्रा’को ट्रेलर ।
कार्तिक २६ गते रिलीज हुने यो चलचित्रमा प्रमूख पात्रहरु हुन् यसअघि ‘पशुपति प्रसाद’ नामक चलचित्रमा भष्मे डन बनेका बिपिन कार्की, सोहि चलचित्रमा हनुमानको भेषमा डुलिरहने रविन्द्रसिंह बानिया, बर्षा राउत लगायतका कलाकारहरु । ‘जात्रा’ ट्रेलरले माथी भनिएजस्तै एक सपना साकार पारिनुपर्ने ‘अल्टिमेटम’ पाएको युवाको जीवन दर्शाउँछ, जसले ससुरालीको भनाई सहनुपर्छ ।
उसले छ महिना मै काठमाण्डौमा घर ठड्याउनुपर्ने छ र उसले मेहनत होइन चोरबाटो बाट पैसा जम्मा पार्ने निधो गर्छ । प्रहरीद्वारा पक्राउ परेपछि श्रीमतीले छोड्छिन् । यहि वरपर छ ‘जात्रा ट्रेलर, जुन चलचित्र राजधानीको असन भित्रै छायांकन गरिएको छ । प्रदिप भट्टराईको लेखन-निर्देशन रहेको ‘जात्रा’लाई रबिन्द्र सिंह बानियाले बनाएका हुन् । षट्कोण आर्टस् को ब्यानरमा निर्मित चलचित्रको निर्माताहरुमा सिंगे लामा र यादव पौडेल छन् ।
                                                                                                           समाचार: ठुलोपर्दा डट कम बाट 
हेर्नुस ट्रेलर :





via IFTTT

from SHYANE http://ift.tt/2dBnskH
via IFTTT

इटहरी पछि झुम्कामा पनि सुबिधा सम्पन्न सिनेमा हल : खुल्यो "म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्स"

असोज २१, इटहरी,
सुनसरीको रामधुनीभासि झुम्का बजार ब्यवसायीक रुपले अगाडी बढिरहेको छ । बजार तिब्ररुपमा बृदि भईरहेको छ । ब्यवसायीहरु लगानी गर्नका लागी सहिठाउँ रोजने झुम्का बजार बन्दै गएको छ । 
 यसैगरी मनोरञ्जनका लागी ४ करोडको लगानीमा निर्माण गरीएको म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्स सुक्रवार देखि सञ्चालन हुदै छ । झुम्कामा अबका दिनमा दर्शकले गर्मि र बस्न सकस भएर चलचित्र हेर्नु भन्दा सजिलो अरामदायी संगले यस सिनेमा हलमा मनोरंजन लिन सकिने छ । 
रामधुनीभासि ५ स्थित झुम्का बजारको साईराम मार्केटमा रहेको “म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्स” सुक्रवार देखि प्रत्येक दिन चार शो चल्लने जस्मा बिहान ९ बजे र साँझ ६ बजेको शो मा हिन्दि चलचित्र चल्लने छ भने १२ बजे र ३ बजेको शोमा नेपाली चलचित्र चल्ने जनाएको छ । दर्शकहरुलाई मध्यनजर गर्दै यस हलमा बिशेष सुबिधा सहित सञ्चालन हुने सिनेमाहलका महाप्रबन्धक पर्शुराम चौधरीले जनाएको छ । 
चौधरीका अनुसार डल्बि डिजिटल साउन्ड सिस्टम पिक्चर क्वालिटी भएको साथ फुलऐसि,फराकिलो आरामदायी सिट भएको बिशेष सुबिधारहेको बताउनु भयो । यस सिनेमा हलमा तल्लो श्रेणिमा र माथि बाल्कोनी गरी एक सय पचासओटा आरामदायी सिट रहेको छ ।



via IFTTT

from SHYANE http://ift.tt/2d8UFnO
via IFTTT

झुम्कामा पनि सुबिधा सम्पन्न सिनेमा हल : खुल्यो "म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्स"

असोज २१, इटहरी,
सुनसरीको रामधुनीभासि झुम्का बजार ब्यवसायीक रुपले अगाडी बढिरहेको छ । बजार तिब्ररुपमा बृदि भईरहेको छ । ब्यवसायीहरु लगानी गर्नका लागी सहिठाउँ रोजने झुम्का बजार बन्दै गएको छ । 
 यसैगरी मनोरञ्जनका लागी ४ करोडको लगानीमा निर्माण गरीएको म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्स सुक्रवार देखि सञ्चालन हुदै छ । झुम्कामा अबका दिनमा दर्शकले गर्मि र बस्न सकस भएर चलचित्र हेर्नु भन्दा सजिलो अरामदायी संगले यस सिनेमा हलमा मनोरंजन लिन सकिने छ । 
रामधुनीभासि ५ स्थित झुम्का बजारको साईराम मार्केटमा रहेको “म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्स” सुक्रवार देखि प्रत्येक दिन चार शो चल्लने जस्मा बिहान ९ बजे र साँझ ६ बजेको शो मा हिन्दि चलचित्र चल्लने छ भने १२ बजे र ३ बजेको शोमा नेपाली चलचित्र चल्ने जनाएको छ । दर्शकहरुलाई मध्यनजर गर्दै यस हलमा बिशेष सुबिधा सहित सञ्चालन हुने सिनेमाहलका महाप्रबन्धक पर्शुराम चौधरीले जनाएको छ । 
चौधरीका अनुसार डल्बि डिजिटल साउन्ड सिस्टम पिक्चर क्वालिटी भएको साथ फुलऐसि,फराकिलो आरामदायी सिट भएको बिशेष सुबिधारहेको बताउनु भयो । यस सिनेमा हलमा तल्लो श्रेणिमा र माथि बाल्कोनी गरी एक सय पचासओटा आरामदायी सिट रहेको छ ।



via IFTTT

from SHYANE http://ift.tt/2d8UWHA
via IFTTT

२० वर्षपछि "ट्वाक्क टुक्क रिटर्न्स" : ऋषि धमलाको पनि अभिनय, नया कलाकारको खोजि

असोज २१, इटहरी, 
हाँस्यव्यंग्यको दुनियाँमा कुनै समय लोकप्रिय कार्यक्रम 'ट्वाक्क टुक्क' पुनः ट्वाक्क टुक्क रिटर्न्स को नाम मा सुरु भएको छ ल कान्तिपुर टेलिभिजन बाट यहि सुक्रबार बाट 'ट्वाक्क टुक्क रिटर्न्स' नामबाट  बेलुका साढे सात बाजे प्रसारण सुरु भएको कार्यक्रमलाई एड रिलिजले निर्माण गरेको हो भने निर्देशक दिनेश डिसी रहेका छन् । 
ट्वाक्क टुक्कको नयाँ संस्करणमा दिनेश डिसी,  महादेव त्रिपाठी, रेशम फिरिरी, शुशिला निरौला (बिम्ली),  जुंगे भट्टराई, माधव पण्डित, शंकर पाण्डे, सुरेश असिम लगायतका साथमा पत्रकार ऋषि धमलाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
हरेक हप्ता एक सेलिब्रेटीको समेत अभिनय राख्न लागिएको यस कार्यक्रमको दोस्रो भाग अर्थात आगामी साता भने जितु नेपाल रहनेछन् । यसमा नयाँ कलाकारको समेत खोजी भइरहेको निर्देशक डिसीले बताए ।



via IFTTT

from SHYANE http://ift.tt/2e9x4VG
via IFTTT

पुरा फिल्म "पशुपति प्रसाद" हेर्नुस : युटुब मार्फत फिल्म रिलिज (पुरा फिल्म सहित)

असोज २१, इटहरी, 
बर्ष २०७३ को उत्कृष्ट चलचित्र मध्ये एक हो "पशुपति प्रसाद" l अब फेरी पनि यहि टीम ले अर्को चलचित्र निर्माण को घोषणा गरे संगै पशुपति प्रसाद लाई युटुब मार्फत वर्ल्ड वाईड रिलिज गरेको छ l 
 बक्सअफिस मा निकै नै धमाका मच्चाएको फिल्म पशुपति प्रसाद को टीम ले फिल्म हल मा रिलिज हुने दिन अर्थात सुक्रबार कै दिन युटुब मा पनि रिलिज गरेको हो l 
दिपेन्द्र के खनाल निर्देशित फिल्म ले आफुलाई हरेक कुरा मा अब्बल तुल्याएको थियो भने गत बर्ष मुभीमाण्डु पर्शन अफ द ईयर को उपाधि पनि हात पारेको थियो l यो फिल्म मा खगेन्द्र लामिछाने मुख्य भूमिका मा छन् l 
पुरा फिल्म तलको लिंक मा क्लिक गरेर हेर्न सकिने छ : 




via IFTTT

from SHYANE http://ift.tt/2cX1VoB
via IFTTT

Thursday, October 6, 2016

दशैँ तिहार मान्न गाउमै आईन गायिका मुना थापा मगर (भिडियो सहित)

असोज २०, (सुवास संकल्प)-इटहरी,
नेपाली लोकगायन क्षेत्रकी बहुचर्चित गायिका मुना थापा मगर र अर्का चर्चित गायक पुरुषोत्तम सत्यालको स्वरमा रहेको दशैँ बिसेष गीत हालै सार्बजनिक भएको छ l 
“दशैँ तिहार मान्न आउछु गाउँमा” बोलको गीत सार्वजनिक भएको हो l गीतमा मधुकर थापाको शब्द र पुरुषोत्तम सत्यालको लय रहेको छ । यसअघि पनि तीजको बेलामा मुना, पुरुषोत्तम र मधुकरको सहकार्यमा बजारमा आएको गीत पानी पोकेले दर्शक श्रोताको अत्याधिक माया पाएको थियो ।
अरुण थापा मगरको प्रस्तुति रहेको गीत एम.पि. क्रियशनमार्फत बजारमा आएको हो । स्मृति तिमिल्सिना गुरुआमाद्धारा निर्देशित गीतको म्युजिक भिडियोमा केशव बस्नेत र आर्या जोशीको अभिनय छ । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् ।
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2e63TD5
via IFTTT

तयार हुनुस "छमछमी-३" मा नाच्नलाई : कहिले देखि सुरु हुदै छ ? (हेर्नुस भिडियो)

असोज २०, (सुवास संकल्प)-इटहरी,
नृत्य पारखी हरुको लागि नेपालकै सबै भन्दा ठुलो प्लेटफ़म "राष्ट्रव्यापी एकल नृत्य प्रतियोगिता-छमछमी ३" फेरी सुरु हुने भएको छ l 
नेपाल को सरकारी मातहत बाट संचालित एक मात्र टेलिभिजन "नेपाल टेलिभिजन" ले संचालन गर्ने उक्त डान्सिङ्ग रियालिटी सो "छमछमी" को यो तेस्रो सृंखला हुने छ l नेपाल भरिका कुना काप्चा मा लुकेर रहेका नृत्य प्रतिभाहरु लाई उजागर गर्ने हेतु ले संचालन गरिएको उक्त प्रतियोगिता को नेपाल भरि अडिसन रहने छ l 
 छमछमी र छमछमी २ को अपार सफलता साथै राम्रो प्रतिभा लाई सबै सामु चिनाएर प्रसंसित छमछमी टीम ले यो तेस्रो सृंखला को पहिलो अडिसन मिति र स्थान छमछमी ३ को भिडियो प्रोमो संगै सार्बजनिक गरिएको छ l 
 प्रतियोगता को पहिलो अडिसन काठ्माण्डो मै यहि कार्तिक ४ र ५ गते रहने छ भने अडिसन स्थान नेपाल टेलिभिजन मा राखिएको छ l रियो मुख्य प्रायोजक रहेको यो प्रतियोगिता को अडिसन साथै फाइनल को प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन बाट गर्ने गरिन्छ l 
बिजेता ले विभिन्न पुरस्कार का साथै फिल्म, म्युजिक भिडियो तथा स्टेज कार्यक्रम हरुमा पनि बिषेश सहभागिता जनाउन पाउने गरेको छ l 


हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2dxKzg4
via IFTTT