Tuesday, November 29, 2016

क्या दामी केकी अधिकारी (भिडियो सहित)

मंसिर १५, इटहरी, 
चर्चित कलाकार केकी अधिकारीद्वारा अभिनित म्युजिक भिडियो  सार्वजनिक गरिएको छ । इलामेली नवगायक पदम आचार्यको स्वरमा सजिएको "क्या दामी" बोलको सो गितमा अर्का कलाकार बिशालले पनि साथ दिनुभएको छ । 
 
गितमा राम सिटौलाको श्ब्द र संगित रहेको छ।
Song Nepal बाट सार्वजनिक गरिएको सो म्युजिक भिडियोलाई करिव १५ दिनमा ६३ हजार जना भन्दा बढिले हेरिसकेका छन। भिडियोलाई बिशाल भण्डारीले निर्देशन गर्नुभएको छ। अर्जुन तिवारीले छायांकन गरेको सो भिडियोलाई निशान घिमिरेले सम्पादन गर्नुभएको हो ।
भिडियो 




via IFTTT

from SHYANE http://ift.tt/2fOZCU9
via IFTTT

सामाजिक संजालमा तरकारिवाली पहिले हिट चायावालाको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

मंसिर १५, इटहरी,
सामाजिक संजालमा रातारात चर्चित भएका पाकिस्तानी ‘चायवाला’ अर्शद खानको फेरि चर्चामा आएका छन्।
अनलाइन सपिङका लागि मोडलिङ गरिसकेका अर्शद अहिले म्यूजिक भिडियोमा देखा परेका छन्। उनमै समर्पित गीत ‘चायवाला’ को म्यूजिक भिडियामा देखा परेपछि उनी फेरि सामाजिक संजालमा चर्चाको पात्र बनेका छन्। 
उस्माइस खानले निर्देशन गरेको र पाकिस्तानी ब्यान्ड ‘लील माफिया मन्डीर’ को संगित रहेको ‘चायवाला’ गीतमा अर्शद खान देखिएका हुन्। 

हेर्नुहोस् भिडियो







via IFTTT

from SHYANE http://ift.tt/2gGVSmv
via IFTTT

Sunday, November 27, 2016

नेपालीको छोराले भारतको चर्चित टिभी च्यानलबाट प्रत्यक्ष दुनियाको भबिष्य हेर्दै (भिडियो सहित)

मंसिर १३, (सुवास संकल्प)-इटहरी,
२३ बर्षको उमेर मै अन्तराष्ट्रिय स्तरबाट ज्योतिष तथा बास्तुशास्त्रीमा राम्रो शीक्षा हासिल गर्ने व्यक्ति हुन् हरिहर अधिकारी l वर्ल्ड अस्ट्रोलोगर सोसाईटी बाट स्नातकोत्तर गरिसकेका हरिहर पछिल्लो समय सबै वर्ग का व्यक्ति हरु माझ चर्चित छन् l 
उनले गरेका केहि भबिश्यबाणि हरु सत्य साबित भएपछी चर्चा मा आए संगै महानायक राजेश हमाल को बिहेको प्रसङ्गमा पनि निकै नै चर्चा मा आएका थिए l उनै ज्योतिष तथा बास्तुशास्त्री हरिहर अधिकारीले कान्तिपुर टेलिभिजन मार्फत कार्यक्रम "मार्गदर्शन" लिएर आए पछि धेरै ले आफ्नो भबिष्यको बारेमा जान्ने मौका पाए भने उनि झनै लोकप्रिय को सिखर मा चड्दै गए l सानै उमेर मा यति धेरै प्रगति र सफलता देखेर उनको प्रसंसा गर्नेको पनि कमि छैन l 
केहि समय हराए संगै हाल उनले छिमेकी देश भारत बाट प्रसारित चर्चित केयर वर्ल्ड टेलिभिजन बाट मार्गदर्शन नामकै ज्योतिष तथा बास्तुशास्त्र सम्बन्धि कार्यक्रम सुरु गरेका छन् l उक्त कार्यक्रम केयर वर्ल्ड टेलिभिजन बाट एकै दिन मा दुई पटक अर्थात हरेक दिन बिहान ८ बजे र बेलुका ८:५० बजे प्रत्यक्ष हुन थालेको छ l यो कार्यक्रम यहि नोभेम्बर २७ तारिकबाट सुरु भएको हो भने कार्यक्रममा हरिहर संगै अर्की प्रस्तोतालाई पनि देख्न सकिन्छ l
हेर्नुस भिडियो :









via IFTTT

from SHYANE http://ift.tt/2gx25Un
via IFTTT

नायिका स्वेताले स्वर्गीय पति श्री कृष्णलाई सम्झिन : भनिन के म तिम्रो हैन र ?

मंसिर १३, इटहरी,
स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठको निधन भएको २ बर्ष भन्दा बढि भईसकेको छ l उनको सम्झनामा श्री पत्नी स्वेता खड्का बेला बेला हरेक माध्यम बाट सम्झिने गर्छिन l 
पछिल्लो समय फिल्मी दुनिया बाट व्यावसायिक जीवन तिर मोडिएकि उनले फेरी एक पटक सामाजिक संजाल फेसबुक बाट आफ्नो स्वर्गीय पति श्री कृष्ण लाई "के म तिम्रो हैन र ?" भन्दै सम्झिएकि छिन l 
श्री को नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ गतेका दिन लगन गाँठो गाँसेका थिए । हनिमुन मनाउन भारत गएका बेला उतै प्रारम्भिक रुपमा निमोनियाले ग्रस्त भनिए पनि उनको निधन हाडको क्यान्सरले भएको हो भन्ने बताइन्छ । श्री ले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर अादि चलचित्रमा मुख्य अभिनय गरेका थिए। 
श्रेष्ठले विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरे । ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए। उनको अन्तिम चलचित्र कोहिनुर हो, यो चलचित्र मा स्वेता र श्री को जोडी लाई  देख्न सकिन्छ l



via IFTTT

from SHYANE http://ift.tt/2gAs2Qy
via IFTTT

Saturday, November 26, 2016

परे म त दंग भन्दै छिन गायिका मुना थापा मगर (भिडियो सहित)

मंसिर ११, इटहरी,
नेपाली लोक संगीत को बजारमा एउटा छुट्टै पहिचान बनाउन सफल गायिका मुना थापा मगरको सुमधुर स्वरमा अर्को एक नयाँ रमाईलो लोकदोहोरी गीत बजारमा आएको छ ।

मुनाको स्वर रहेको ‘फुल जस्तै फुलेको, जून जस्तै बलेकोे जवानी देखेर परे म त दंग’ बोलको उक्त गीत गायक पुरुषोत्तम सत्यालकोे लोकदोहोरी गीत जवानी भाग २ मा समाबेश गरिएको छ l स्मृती तिमिल्सिन गुरुआमाको निर्देशनमा  तयार भएकाे उक्त गीतको भिडियोमा रिना थापा र केशब बस्नेतको अभिनय देख्न सकिन्छ । 
मधुकर थापाको शब्द तथा लयमा तयार पारिएको यो गीतमा पुरुषोत्तम सत्यालले स्वरमा मुना थापालाई साथ दिएका छन । भिडियोको छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिष्टले गरेका हुन् भने गीत एम.पि.क्रियशनबाट बजारमा ल्याएको छ ।
भिडियो 




via IFTTT

from SHYANE http://ift.tt/2g3FttU
via IFTTT

Thursday, November 24, 2016

आफ्नै प्रेमको दागबत्ती दिएर कसरी क्रिया गरौ : (कथा) "नकोरिएकि पात्र म"

मंसिर ९, अनु सुबेदी (अनु उनि), फुकुओका जापान, 
ऊ एउटा राईटर थियो उसले धेरै राम्रा सबैका मन छुने प्रेम कहानिहरु लेखेर फेसबुक पेज र पत्रिकाहरुमा धेरै नै छाप्ने गर्थ्यो, उसका शब्द र कथाहरुका  फ्यान धेरै थिए उसले सबैका मन छुने लेख्थ्यो । अरु  फ्यान जस्तै म पनि उसको कथाहरु र उसका शब्दहरुको एउटी फ्यान थिए हरेक दिन  फेसबुक स्टाटस हेरिरहन्थे र मनमनै मुस्कुराउथे कहिले काँही उसका शब्दहरुमा आफुलाई पाउथे तर धेरै उसकै कथाकी पात्र डल्ली हुने गर्थी कहिले काँहि सोच्ने गर्थे कस्ति होली त डल्ली ? के साँच्चै डल्लि होली त बास्तबिक जीवन मा के ऊ छे होली त ? के उसको कथाको लागी कोरिएको नाम मात्र हो त डल्ली ? आखिर को हो उसकी डल्लि ? मनमा सधै यस्तै यस्तै कुराहरु खेलिरहन्थे, डल्लिको मनमनै मनले नै चित्र कोर्ने गर्दथे र डल्लिलाई सिङ्गारी दिन्थे अनेक रङहरुले कहिले घुम्टो ओडाईदिन्थे, कहिले कुर्ता सुरुबालमा सझिएकी सोझीसाझी बनाईदिन्थे भने कहिले मिनिस्कट पहिराईदिएर सेक्सी बनाईदिने गर्दथे l 
 प्रेम त म उसलाई गर्थे तर उसलाई भन्दा बढी उसकी कथाकी पात्र डल्लि सँग बसेको थियो धेरै नै प्यारी बनेकी थिई डल्ली l कहिले काँही जलन हुने गर्थ्यो मलाई डल्लि सँग जो मेरो ऊ सँग कथामा प्रेमिका बनेकी हुन्थी सधैँ । एक मनले भन्थ्यो धत पागल्नी l त्यो त कथामा मात्र कोरीएको नाम हो डल्ली किन यस्तो जलेकी ऊ तेरै हो एक दिन तँलाई  लिन आउने छ तैँले डल्लिलाई मनमननै ओढाएको घुम्टो झिकेर तेरो सिँउदो  रङग्याउन, मनले यति भने पछी म मुसुक्क मुस्कुराउथे उसलाई सम्झेर अनि फेसबुकको म्यासेन्जरमा उसलाई केहि न केहि लेखेर म्यासेजले जिस्काउथे तर ऊ अनलाईन भएनि मेरो म्यासेजको बेवास्ता गर्थ्यो तर ढिला भए पनि रिप्लाई गरिरहन्थ्यो म त्यतिमै चित्त बुझाएर आफ्नो मन समाल्ने गर्दथे । ऊ नेपाल म जापान त्यति टाईम नमिल्ने दिउसोभरी काम गर्यो थकाई लागेको हुन्थ्यो यता सुत्ने बेला हुदा उता बल्ल खाना बनाउने सुरसारमा हुन्थे सबै तर पनि म ऊसँग बोल्नको लागी हरबखत तयार हुन्थे तर उसले बेवास्ता गर्दा म त्यसै निदाउने रहेछु बिहान बल्ल उसको रिप्लाई देख्थे अनि दुखी हुन्थे तर आफ्नो मन कसो कसो बुझाउथे काम गर्दै थियो होला, केहि कुरामा ब्यस्त थियो होला अनि नेपालको ईन्टरनेट पनि त त्यस्तै छ कति खेर राम्रो कति खेर घुमेको घुमेई तर उसको लागी मनमा प्रेम कहिल्यै घट्न दिईन सधै भरि एकनासले रहन दिए समुन्द्रको पानी जस्तै । कहिले काँही मात्र कुरा गर्थ्यौ तर म उसको म्यासेज र कलको पर्खाईमा रहिरहन्थे । 
अनलाईनमा भए पनि उसले कहिल्लै पहिला नबोलाउने सधैँ मै जबर्जस्ती बोलाउथे मन धेरैनै दुख्थ्यो तर ऊ सँग कहिल्यै गुनासो गरिन जब कल गर्थ्यौ तब उसले प्रेमको आश देखाउने गर्थ्यो मुख खोलेर नभए पनि शब्दहरुले म मख्ख पर्थे । प्रया म ऊ सँग उसकी कथाकी पात्र डल्लीको बारेमा कुरा गर्थे कथामै भए पनि ऊ मेरो प्रेमको बिचमा छे उसले कथामा डल्लिलाई खुब प्रेम गर्दथ्यो, जलन हुन्थ्यो भने कहिले काँही खुसी भएर डल्लिलाई प्रेम गर्दथे मेरो उसका कथाहरु डल्लि पात्रले गर्दा  पाठकहरुले खुबै रुचाईएका थिए उसको प्रगतीमा डल्लि पात्रको मुख्य भुमिका थियो सबैले उसलाई चिन्दथे र अहिले झन धेरैले चिन्ने भएको छ उसको प्रगति देख्दा मलाई खुब खुसी  मिल्थ्यो उसले प्रेम गर्ने सबै चिजलाई प्रेम गर्ने भएकी थिए र डल्लिलाई पनि । कहिले काँही लाग्थ्यो के साँच्चै डल्लि छ त कि कथाकि पात्र मात्र हो डल्लि र सोच्थे के म डल्ली र उसको बिचमा आएकी हु त ? मनमा यस्तै कुराहरु खेलेर मन अशान्त भईरहनथ्यो डल्ली को हो त ? उसले कहिल्यै भनेन डल्लीको बारेमा सधैँ कथाकी पात्र मात्र हो भनेर टारीदिन्थ्यो म चुपचाप मानिदिन्थे तर गुनासो गर्दिनथे ऊ सँग तर समयको खेलपनि कस्तो घुमाई फिराई डल्लिलाई मेरै सामु ल्याईदियो जे कुरा जान्न मेरो मन अशान्त भईरहन्थ्यो आज त्यै कुराको सबै उत्तर मैले एउटै ठाँउबाट पाए । उसको जस्तो त हैन तर साना साना कथाहरुको अलिअलि राइटर त म पनि थिए मैले ऊ, म र डल्लि सँग जोडीएको एउटा सानो कथा लेखेकी थिए मैले त्यो कथा आफ्नो फेसबुक पेज र केही ग्रुपहरुमा सेयर गरेकी थिए त्यो कथामा उसले पनि लाईक र कमेन्ट गरेको थियो सुईट स्टोरी भनेर उसको कमेन्टमा मैले लाईक गर्दै थिए अचानक उसको कमेन्टमा एउटा केटीको रिप्लाई देखे बधाई छ राईटर ज्यूँ , मेरो मनमा छुट्टै प्रकारको महसुस भयो कता कता चसक्क बिझाइ ऊ अन्जान केटी, उसको त्यो रिप्लाईले अनि उसको नाम किलिक्क गरेर उसको वालमा गय अनि सबै फोटाहरु सर्सर्ती हेरे केटी राम्री थिई सायद केमिकल प्रयोग गरिएका कस्मेटीक लाली पाउडर दलेर पनि होला म आफु यस्ता केमिकल प्रयोग गरिएका प्रोडक्ट प्रयोग गर्दिन त्यसैले पनि यस्ता प्रयोग गरेका केटीहरु कस्ता भनेर छुट्याउन त्यति सक्दिन । 
प्रसस्तै मात्रामा लाली पाउडर र गाजल प्रयोग भएका फोटाहरु थिए । कस्मेटीकको कमाल पनि होला र केही सुन्दर पनि होली सायद तर उसका दाँत सुबै मिलेका र  मिठो मुस्कान थियो त्यो केटीको प्रत्यक फोटोहरुमा उसका लाईक र कमेन्ट देखे प्रत्यक फोटोहरुमा गरिएका उसका कमेन्ट पढे जलन भयो उसले लबको रियाक्ट पनि गरेको थियो त्यो केटीको फोटोहरुमा मन समाल्न सकिन् ब्याक गर्न खोजे तर मेरो त्यो केटीको बायोग्राफीमा आँखा गए त्यहाँ लेखीएको थियो ' डल्लि ', म तिन छक परे अहिले सम्म मनमा उब्जिएका सबै प्रश्नको एकमुष्ट जवाफ पाए डल्लीको फेसबुक वालबाट डल्ली कथाकी पात्र नभएर उसको साँच्चैको जिन्दगीकी पात्र रहिछ । उसले कथामा मात्र नभएर बास्तबिक जीवनमा पनि डल्लिलाई जिबितै राखेको रहेछ म लुरी सधैँ उसलाई कथाकी पात्र मात्र सेचिरहे अनि उसको देखाबटी शब्दहरुमा फसिरहे । त्यो केटी अरु कोहि नभएर उसकी कथाकी पात्र डल्लि रहिछ हातबाट मोबाईल भुईमा झर्यो आँखाबाट आँशु गाला हुदै ओठ सम्म आएर मुख नुनिलो भयो मैले गरेको पबित्र प्रेम काँच सरि टुटिगयो l आँधी आयो, हुरी चल्यो सुनामिले लुटिगयो l पलभरमै मेरो प्रेममा प्रश्न चिन्न खडा गर्यो मेरो मनले तर जवाफ मैले दिन सकिन आफ्नै मनलाई । अब कसरी मारौ आफ्नो मुटु भित्र रहेको उसको प्रेमलाई ?? आफ्नै प्रेमको दागबत्ती  दियर कसरी क्रिया गरौ म ?? तर यस्तो प्रेमको पनि कसरी पुजा गरौ जुन प्रेम मेरो लागी थिएन र छैन पनि । म जीवन र मृत्युको दोसाँधमा परे सरह भए, सुकेको मुडो जस्तै जता पल्टायो उतै पल्टीने भए, जीवनमा कसैलाई प्रेम गरे त्यो पनि आज चार टुक्रा परिगयो ! देखेका सपनाहरु हुरि बनि उडाई लग्यो पलभरमै रित्तिए म, जसरी उसको प्रेमलाई आफ्नो मुटुबाट जन्म दिएकी थिए उसै गरी आफैले अब हत्या गर भन्दै छ यो मन मरेर जानु छ एकदिन कसै सँग खुसीले जिन्दगी जिउछु भन्ने सोचेको थिए तर सोचेको भन्दा फरक भैदियो हाम्रो सम्बन्ध ।
अनि जसो तसो मनलाई समालेर ऊ सँग भएका एकतर्फी मायाका म्यासेजहरु सबै डिलीट गरे भाईबरबाट उसको नम्बर डिलिट गरे अनि ग्यालरीमा उसको फेसबुक देखी डाउनलोड गरेर राखेका फोटाहरु डिलिट गरे अनि उसको र मेरो जोडेर राखेकी थिए फोटो फोनको वालपेपरमा त्यो पनि चेन्ज गरेर समुन्दरको किनारमा एक्लै बसेको मेरो फोटो राखे अनि आज बाट ऊ सँग  कुरा नगर्ने प्रतिज्ञा गरे मनले त कहाँ मान्छ र तर पनि उसलाई त भुलाउनै पर्छ जीवन लामो छ सधैँ भरी यकतर्फी माया गरेर आफुलाई जलायर  र आफ्नो मन कुडाएर कति दिन चल्छर अब म  बिर्सन बाहेक अर्को बिकल्प पनि त छैन भनि सबै तिर बाट हटाए उसलाई तर मन र  फेसबुकबाट हटाउन सकिन, दिन आएपछि त्यो पनि गर्नेछु । मोबाईमा बिहानको काम जाने टाईम आर्राम सेट गरेर मोबाईलाई सिरान माथिको टेबलमा राखी ब्ल्याङकेटले मुख ढाकी निदाउने कोसिसमा लागीपरे ।।।



via IFTTT

from SHYANE http://ift.tt/2g7Ljsb
via IFTTT

Wednesday, November 23, 2016

बाबु बेपत्ता भएपछि सहारा बिहिन परिवार, सहयोगको आशा

७ मंसिर, इटहरी-त्रिलोचन पौड्याल,
सुनसरीको इटहरीमा डेरा गरी बस्ने एक परिवारको बिचल्ली भएको छ। सिटी सफारी चलाउने बाबु बिना जानकारी घरबाट बेपत्ता भएपछि शान्ति बिश्वकर्मा र उनका दुई नावालक छोराछोरीको बिचल्ली भएको हो ।
इटहरीमा सिटी सफारी चलाएर जीवन यापन गरिरहेका ३३बर्षीय मदन बिश्वकर्मा करिव डेढ महिनादेखी बिना जानकारी डेराबाट बेपत्ता भएपछि २५ बर्षीय शान्ति बिश्वकर्मा र उनका डेढ बर्षीया छोरी जेनिशा र ५महिनाका छोरा राजकुमारको बिचल्ली भएको हो ।
२०६९साल जेठमा बैबाहिक सम्बन्धमा बाँधीएका मदन र शान्तीका बर्षेनी सन्तान जन्मिदा झनै समस्या थियो। त्यस माथी श्रीमान एक्कासी डेराबाट बेपत्ता हुँदा आँफुलाई झनै समस्या भएको शान्तिले गुनासो गर्नुभयो ।
उहाँले श्रीमान बेपत्ता भएपछि आँफुलाई एवं छोराछोरीलाई खान लाउन समस्या भएको भन्दै बिहान बेलुका छाक टार्न समस्या भएको बताउनुहुन्छ। छेउछाउमा डेराबस्नेहरुले खाद्यान्न लगायतको सहयोग गरिरहेको बताउँदै आँफुलाई सहयोग गर्न सबै समक्ष आग्रह गर्नुभएको छ ।
शान्तीका घरपट्टिका अरु भएपनि उनिहरुलाई पनि आफ्नै परिवार पाल्न धौ धौ छ। ससुरालाई सम्पर्क गर्दा आँफुनै समस्याग्रस्त रहेकोले चाहेर पनि केहि गर्न नसकेको गुनासो गर्नुहुन्छ ।
शान्तिको माईती पक्ष भएपनि दुख पर्दा कसैको साथ नपाएको गुनासो गर्नुहुन्छ। बुबा दाजु भएपनि आँफुले साथ नपाएको शान्तिको गुनासो छ ।
तपाँई शान्ति एवं उहाँका नावालक छोराछोरीलाई सहयोग गर्न चाहनुहुन्छ भने मोवाईल नम्बर ९८०२७४९३५१मा फोन गर्न सक्नुहुनेछ ।




via IFTTT

from SHYANE http://ift.tt/2foKJ7x
via IFTTT

Monday, November 21, 2016

भिडियो सार्बजनिक : तोडियो गायक प्रमोद खरेलको "संगै जिउने मर्ने कशम" (भिडियो सहित)

मंसिर ७, इटहरी,
नेपालि आधुनिक गायनका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको गीतको म्युजिक भिडियो हालै युटुब मार्फत सार्बजनिक गरिएको छ l 
पुर्व क्षेत्रलाई सुटिङ्ग स्थल रोज्दै भेडेटार, धरान र इटहरीमा छायांकन गरिएको उक्त भिडियोलाई डि थ्री प्रोडक्सन नेपालले बजारमा ल्याएको हो l 
"संगै जिउने मर्ने कसम" बोलको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ भने सब्द रोहित घिमिरे र रमेश श्रेष्ठ को संगीतमा देबेन्द्र नेवाले एरेन्ज गरेका छन् l त्यस्तै गीतकार रोहित घिमिरेले यो गीतमा सब्द भरेका छन् l मायामा धोका पछिको पिडा भाब झल्किने यस गीतको सब्दहरु रोहितको आफ्नै जीवन घटना हो भने भिडियोमा उनि आफैले पनि जिवन्त अभिनय गरेका छन् l 
उक्त गीतको भिडियोमा कन्सेप्ट तथा निर्देशन सुवास संकल्पको रहेको छ l त्यस्तै रोहित घिमिरे, एलिशा बास्तोला, दिपक श्रेष्ठ र अनु राईको अभिनय, निक बिष्टको छायांकन रहेको छ भने सोम मग्रातिले मेकअप गरेका छन् l
हेर्नुस भिडियो :









via IFTTT

from SHYANE http://ift.tt/2gffe2m
via IFTTT

कोखबाट काखमा : नायिका रेजिना उप्रेतीलाई पुत्री लाभ

मंसिर ६, इटहरी,
अभिनेत्री रेजिना उप्रेतीले छोरीलाई जन्मदिएकी छिन् । आइतबार बेलुकी नर्भिक अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् । 
 कुनै समयकी चर्चित नायीका रेजिनाले ३ बर्ष अगाडी सुरज पोखरेलसँग विवाह गरेकी थिइन् ।उनले करिब ३.३५ केजीको छोरीलाई सर्जरी मार्फत जन्म दिएको पोखरेलले बताए । 
कुनै समय निकै व्यस्त रहेकी रेजीना विवाह पछी भने  चलचित्र अभिनयमा सक्रिय छैनन् । उसो त रेजिनाझैँ बिहेपछि चलचित्र क्षेत्रबाट हराउने अन्य नायीकाहरु पनि थुप्रै छन् ।
                                                                                                                 समाचार फिल्मिबजार बाट 



via IFTTT

from SHYANE http://ift.tt/2fLara2
via IFTTT

Sunday, November 20, 2016

छोटो समयमै सफलताको स्वाद चाख्दै मोडेल कसिश दाहाल

मंसिर ५, (सुवास संकल्प)-इटहरी,
रंगीन दुनियामा रमाउने, सबै सामु चिनिने अनि चर्चित हुने सपना सबैले बोकेको हुन्छ l यो कुरामा कोहि सफल छन् त कोहि असफल हुदै रंगीन दुनियाबाटै पलायन छन्, रै पनि यो क्षेत्रमा प्रवेश गर्नेको लर्को भने कम छैन l 

सुन्दर अनुहार, हिस्सि परेकी, मिलेको फिगर अनि सबै संग छिटै घुलमिल हुने स्वभाब को कसिश दाहाल पनि यहि लर्को को एक पात्र हो l आफ्नो मुख्य कर्म थलो पुर्वको इटहरी र बिराटनगरलाई बनाएकी कसिशले बितेका समयमा मेडिकल लाईन मा निकै समय काम गरिन, संगै आफ्नो सपना साकार पर्न पनि लागि परिरहिन l 
पछिल्लो समय इटहरी छोडेर काठमाण्डो बाट कलाकारिता लाईन मा मात्रै लागि रहेकी दाहालले हाल सम्म दर्जनौ म्युजिक भिडियो मा अभिनय गरिसकेकी छिन भने आधा दर्जन भन्दा बढी ठुलो पर्दा को फिल्म मा मुख्य पात्रको भूमिका निर्भाह गरिसकेकी छिन l  
छोटो समयमै राम्रो सफलता हासिल गरेकी कसिश हाल आधा दर्जन बढी म्युजिक भिडियो शुटिङ्ग को लागि मलेसियामा छिन भने अहिले "भिडियो शुटिङ्ग सक्कीसके पनि क्यामेरा सहित भिडियोको फ़ुटेजहरु मलेसियामै लुटिएको कारणले अलि दुखि रहेको र सुरक्षा निकायलाइ खबर गर्दा पनि खासै चासो नदिएकोले अब के गर्ने भन्ने कुरामा दोधार भएको उनले जानकारी गराए l 
मोडल तथा नवनायिका कशिस दाहालको नेपाली कथानाक चलचित्र फुर्के, डिल्लीराम, राना लगायतका चलचित्र रिलिज हुने क्रममा रहेका छ l



via IFTTT

from SHYANE http://ift.tt/2eU1zzY
via IFTTT

Saturday, November 19, 2016

यम गुरुङको "कहानी एउटै " भिडियो सार्वजनिक (भिडियो सहित)

मंसिर ४, इटहरी,
गीतकार तथा संगीतकार यम गुरुङको "कहानी एउटै " भिडियो सार्वजनिक भएको छ l लामो समयको अन्तरालमा यम गुरुङले नेपाली सांगीतिक आकाशमा नयाँ भिडियो सहित कमव्याक गरेका हुन् l
कहानी एउटै बोलको गित उनको संगीतिक अल्बम आयुष्मा- २  मा समेटिएको छ l प्रमोद खरेलको स्वर स्वयं यम गुरुङको  संगीत र शब्द रहेको छ l सुरेश र मायाले फिचर गरेको यस गितमा कुमार केसीको निर्देशन अनुप सिवाकोटीको सम्पादन र अजय रेग्मीले क्यामेरा सम्हालेका छन् l
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2gpRB9G
via IFTTT

Friday, November 18, 2016

चलचित्र "ए मेरो हजुर २" मा ब्यस्त ड्रिम्स गर्ल साम्राज्ञी २१ औ बर्षमा प्रवेश (हेर्नुस तस्बिर)

मंसिर ३, (सुवास संकल्प)-इटहरी,
नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह आज अर्थात मङ्सिर ३ गते बाट २० औं वर्ष पुरा गर्दै २१ औं वर्षमा प्रवेश छिन् ।
 ड्रिम्स फिल्म बाट फिल्म दुनियामा होमिएका उनि ड्रिम्समा अनमोल केसी संग अन्स्क्रिन रोमान्स गरेका थिए, त्यस पस्चान राम्रो अभिनय को कारण चर्चा र प्रसंसा बटुल्दै सिनेप्रेमी हरु को ड्रिम्स गर्ल बन्न सफल भएकी छिन l उनी अहिले चलचित्र "ए मेरो हजुर २" को छायांकनमा ब्यस्त छिन् । 
हेर्नुस उनको सुन्दर तस्बिरहरु :
                                                                                                तस्बिर हरु : साम्राज्ञी को फेसबुक बाट 



via IFTTT

from SHYANE http://ift.tt/2g324ni
via IFTTT

किंग बनेका नायक निखिल उप्रेतीले खाए कुटाई : "किंग" ट्रेलर रिलिज (भिडियो सहित)

मंसिर ३, इटहरी,
एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'किङ'को अफिसियल टिजर रिलिज भएको छ । माघे संक्रान्तिको छेकोमा आउँदो पौष २९ गतेलाई फाईनल रिलिज मिति तय गर्दै निर्माण टिमले फिल्मको 'टिजर' सार्वजनिक गरेको हो । युट्युवमा सार्वजनिक १ मिनेट बढि लामो टिजरमा मुख्यतः एक्शनलाई प्राथमिकता दिईएको छ भने टिजरले प्रेमभाव पनि व्यक्त गर्छ । टिजरमा लिड कलाकार निखिलसँगै अभिनेत्री वेनिशा हमाल र अभिनेता अनुपबिक्रम शाही फिचरिङमा छन् । 
टिजर हेर्दा नै फिल्मको सिनेमाटोग्राफी, सम्पादनमा आशा गर्ने ठाउँ छ भने 'रीच मेकिङ'को अनुमान लगाउन सकिन्छ । सबिर श्रेष्ठ फिल्मका निर्देशक हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार फिल्मका निर्माता जयन श्रेष्ठ हुन् । फिल्मका उल्लेखित कलाकारसँगै रुपा राना, प्रज्वल सुजल गिरी र प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठ लिड अभिनयमा छन् । 
लामो समयको पर्खाईपछि पर्दामा आउँदै गरेका निखिलको यो फिल्म दर्शकमाझ प्रतिच्छित बनिसकेको छ । गत बर्ष रिलिज 'लुटेरा'पछि निखिल पहिलो पटक 'किङ' मार्फत पर्दामा आउँदैछन् । काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । फिल्मका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ ।
                                                                                                        समाचार : फिल्मीखबर बाट 
हेर्नुस ट्रेलर :




via IFTTT

from SHYANE http://ift.tt/2gncvpU
via IFTTT

Friday, November 11, 2016

तरकारीवाली कुशुम श्रेष्ठको मोडलवालि फोटोशुट हेर्नुस (फोटो र भिडियो सहित)

कार्तिक २६, इटहरी, 
गोर्खाको सामान्य परिवारमा जन्मेकी कुसुम परिवारकी एक्लो सन्तान हुन् । चलचित्र, मोडलिङ र फोटोशुटको अफर पाएकी उनी कान्तिपुर साप्ताहिकको आजको अंकमा छाएकी छिन् । 
उनको फोटो र समाचारलाई नेपाल बाहेक अन्य देशका समाचारपत्रले पनि स्थान दिएका छन् । लामो कपाल, सिलिक्क परेको शरीर अनि गहुँगोरी उनको सधै लामो कपडा लगाउनु एउटा अर्को बिशेषता हो । 
 तर उनले तरकीवाली भएर चर्चामा आएपछि पछि लामो कपडाको विषेशता बिर्सेर लामो, छोटो दुबै पहिरन लगाउन थालेकी छिन् । 
 उनले लामो र छोटो ड्रेसमा पहिलो फोटो शुट गरेकी छिन् । तस्वीरमा हेर्नुहोस् तरकारीवाली कुशुम श्रेष्ठ :
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://www.shyane.com.np/2016/11/blog-post_11.html
via IFTTT